मुख्य समाचार
जापान समाचार

टोकियो, जापान — ह्योगो प्रान्तीय प्रहरीका दुई प्रहरी अधिकृत गाँजासहित पक्राउ परेका छन्। उनीहरूले उक्त लागूपदार्थ आफ्नै प्रयोगको लागि राखेको स्वीकार गरेका छन्।

पक्राउ पर्नेमा अकाशी प्रहरी चौकीमा कार्यरत एक गस्ती प्रहरी र फुकिआई प्रहरी चौकीका एक सर्जन्ट रहेका छन्। दुवैजनाले गत अक्टोबर महिनामा आफ्ना-आफ्नै घरमा गाँजा राखेको आरोप लागेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार प्रहरीले गस्ती प्रहरी काटोलाई ...

टोकियो, अक्टोबर ७ (न्यूज अन जापान) — जापानको प्रमुख वित्तीय संस्था Mitsubishi UFJ Financial Group (MUFG) ले सन् २०२६ जनवरीदेखि लागू हुनेगरी जापानको राष्ट्रिय स्टेडियम को नामाङ्कन (naming rights) अधिकार प्राप्त गर्ने तयारी गरेको छ।
 
टोकियो ओलम्पिक तथा प्यारालम्पिक खेलहरूको मुख्य स्थलको रूपमा प्रयोग भएको यो स्टेडियम यस वर्षको अप्रिल महिनामा निजीकरण गरिएको थियो। निजीकरणपछि स्टेडियम ...
ओसाका, अक्टोबर ८ (न्यूज अन जापान) — जापानको प्रमुख बियर उत्पादक कम्पनी Asahi Group Holdings मा भएको ransomware साइबर आक्रमणका कारण बियरको आपूर्ति अवरुद्ध भएको छ, जसको प्रत्यक्ष असर देशभरका इज़ाकाया (स्थानीय बार) र रेष्टुरेन्टहरूमा देखिन थालेको छ।
 
कम्पनीले जनाएको अनुसार साइबर आक्रमणका कारण उत्पादन तथा वितरण प्रणाली पूर्ण रूपमा प्रभावित भएको छ, जसले गर्दा बियर ...
नाहा, अक्टोबर ७ (न्यूज अन जापान) – हालोङ नामक आँधी (Typhoon No. 22) अक्टोबर ७ को बिहानसम्ममा प्रशान्त उच्च चाप प्रणालीको दक्षिणी किनारालाई पछ्याउँदै उत्तर-पश्चिमतर्फ सर्दैछ। जापानको मौसम विभाग अनुसार यो आँधी अक्टोबर ८ मा उत्तरतर्फ मोडिने र त्यसपछि अक्टोबर ९ तिर पूर्वतर्फ मोडिने सम्भावना रहेको छ। समुद्रको तातो सतहबाट ऊर्जा लिँदै, आँधी तीव्र बन्दै ...
टोक्यो, अक्टोबर ७ (न्यूज अन जापान) – अक्टोबर ५ तारिखको रात टोक्यु डेन-एन-तोशी लाइनमा भएको रेल दुर्घटनापछि अक्टोबर ६ भरि ट्रेन सेवा अवरुद्ध हुँदा टोक्योका हजारौं यात्रु, विद्यार्थी र कर्मचारीहरू समस्यामा परेका छन्। विकल्पको रूपमा बस र ट्याक्सीको लाइन निकै लामो देखिएको छ भने इलेक्ट्रिक स्कूटरहरू समेत तुरुन्तै सकिएका छन्।
 
दुर्घटना राति ११ बजेपछि कावासाकी शहरको ...
ओसाका, अक्टोबर ६ (न्यूज अन जापान) – ओसाका विश्वविद्यालयका विशेष नियुक्त प्राध्यापक शिमोन साकागुचीले यस वर्षको "नोबेल पुरस्कार - शरीरक्रिया विज्ञान तथा औषधि" (Nobel Prize in Physiology or Medicine) जित्न सफल भएका छन्। उनीलाई यो पुरस्कार इम्युनोलोजी (प्रतिरक्षा प्रणाली) क्षेत्रमा गरेको क्रान्तिकारी अनुसन्धानका लागि प्रदान गरिएको हो।
 
साकागुची ‘रेगुलेटरी टी सेल’ (Regulatory T Cells) नामक प्रतिरक्षा ...
ओसाका, अक्टोबर ५ (न्यूज अन जापान) – अक्टोबर ४ तारिखका दिन जापानको ओसाका मेट्रो मिडोसुजी लाइनको एक ट्रेनभित्र मोबाइल ब्याट्री पड्किएर आगलागी हुँदा दुई महिला घाइते भएका छन्। उक्त घटना पश्चात् मेट्रोको उत्तर तथा दक्षिणतर्फको सेवा अस्थायी रूपमा अवरुद्ध भएको थियो।
 
पुलिसका अनुसार, एक महिला यात्रुको झोलाभित्र राखिएको मोबाइल ब्याट्री अचानक विस्फोट भई आगो लाग्दा दुर्घटना ...
। जापानले पहिलो पटक महिला प्रधानमन्त्री पाउने भएको छ । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले पूर्व आर्थिक सुरक्षा मन्त्री साना ताकाइचीलाई नयाँ अध्यक्षका रूपमा चयन गरेको छ। जापानमा बहुमत प्राप्त दलको अध्यक्ष नै प्रधानमन्त्री बन्ने अभ्यास अनुसार, उनी जापानको प्रधानमन्त्री बन्ने लगभग निश्चित छ । ताकाइचीलाई पूर्व प्रधानमन्त्री सिन्जो आबेकी नजिककी नेतृ मानिन्छ। आबे जापानका सबैभन्दा ...
जापानको उत्तरी क्षेत्र होक्काइडोमा मंगलबार बिहानदेखि परेको भीषण वर्षाका कारण केही स्थानमा केवल ६ घण्टामै एक महिनाभन्दा बढी पानी परेको छ। यो असामान्य वर्षाले बाढीको चेतावनी र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने सल्लाह दिने अवस्था सिर्जना भएको छ। अक्टोबर १ तारिख बिहान ७:१० बजे सिराओइचो क्षेत्रबाट प्राप्त मौसम प्रतिवेदन अनुसार, अत्यधिक वर्षाका कारण दृष्टि क्षमता अत्यन्तै ...
ओसाका, अक्टोबर २ (न्यूज अन जापान) – जापानको हिगाशी-ओसाकामा एक महिलाको छुरा प्रहारबाट मृत्यु भएपछि एक पुरुष आफैं प्रहरीमा आत्मसमर्पण गरेका छन्।
 
अक्टोबर १ तारिख दिउँसो १:३० बजे तिर करिब ५० वर्ष उमेरका एक पुरुष हिराओका प्रहरी चौकीमा उपस्थित भई “मैले एकजनालाई छुरा हानेँ” भनी जानकारी गराएका थिए।
 
प्रहरी र दमकल अधिकारीहरू घटनास्थल पुगेपछि हाकोदोनो–चोस्थित एक भवनको ...

जापानको उत्तरी क्षेत्र होक्काइडोमा मंगलबार बिहानदेखि परेको भीषण वर्षाका कारण केही स्थानमा केवल ६ घण्टामै एक महिनाभन्दा बढी पानी परेको छ। यो असामान्य वर्षाले बाढीको चेतावनी र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने सल्लाह दिने अवस्था सिर्जना भएको छ। अक्टोबर १ तारिख बिहान ७:१० बजे सिराओइचो क्षेत्रबाट प्राप्त मौसम प्रतिवेदन अनुसार, अत्यधिक वर्षाका कारण दृष्टि क्षमता अत्यन्तै ...

। जापानको राजधानी टोकियोमा महँगीको मार यथावत् रहेको सरकारी तथ्याङ्कले देखाएको छ। विशेषगरी खाद्यान्नको मूल्य निरन्तर आकासिएको छ, जसले आम उपभोक्ताको भान्सामा प्रत्यक्ष असर पारेको छ। शुक्रबार आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, टोकियोको मूल उपभोक्ता मूल्य सूचकाङ्क अगस्ट महिनामा गत वर्षको सोही महिनाको तुलनामा २.५ प्रतिशतले बढेको छ। सन् २०२० लाई आधार वर्ष मानेर ...
: जापानको पश्चिमी यामागुची प्रान्तस्थित युद्धकालीन चोसेई खानीको स्थलमा फेला परेका हड्डीहरू मानव अवशेष भएको पुष्टि भएको छ। स्थानीय प्रहरीले बुधबार जानकारी दिँदै फेला परेका तीनवटा हड्डी र एउटा खोपडी मानव अवशेष नै भएको बताएको हो। जापानी नागरिक समूह ‘किजामु काई’का अनुसार ती अवशेष सन् १९४२ मा खानीमा भएको एउटा दुर्घटनामा मृत्यु भएका करिब १८० जना ...
। जापानको हिरोशिमा अमेरिकाले आणविक बम खसालेको ८० वर्ष पूरा भएको छ । आणविक बम बिस्फोटको ८० वर्ष पुगेको सन्दर्भ पारेर जापानको पश्चिमी शहर हिरोशिमा हजारौं मानिस भेला भएका छन् । उक्त विस्फोटको प्रभावमा परेर पनि बाँचेकाहरू, जापानका प्रधानमन्त्री शिगेरु इशिबा, हिरोशिमाका मेयर काजुमी मात्सुइसँगै सरकारी अधिकारीहरू, १२० देश तथा क्षेत्रका प्रतिनिधिहरू शान्ति पार्कमा भेला ...
। रुसमा शक्तिशाली भूकम्प गएपछि सुनामीको खतराको बढेको भन्दै जापानमा १९ लाखभन्दा बढी मानिसलाई घर छाड्न आदेश जारी भएको छ । मंगलबार रुसको सुदूरपूर्वी तटीय क्षेत्र कामचट्का प्रायद्वीप नजिक ८.८ म्याग्निच्युडको भूकम्प गएको हो । जापानको मौसम विज्ञान विभागले आफ्नो पूर्वी तटका अधिकांश क्षेत्रमा सुनामीको खतरा जारी भएको अलजजिराले उल्लेख गरेको छ । विभागले समून्द्री क्षेत्रमा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र जापानबिच एक प्रमुख व्यापार सम्झौतामा सहमत भएको घोषणा गरेका छन्। ट्रम्पले सम्झौताअन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्नेछ र १५ प्रतिशत पारस्परिक भन्सार शुल्क तिर्ने जानकारी गराएका छन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा भनेका छन्,'हामीले जापानसँग एक विशाल सम्झौता सम्पन्न गरेका छौं। सम्भवत: अहिलेसम्मकै सबैभन्दा ...