मुख्य समाचार
जापान समाचार
: जापानमा रहेका प्रवासी नेपालीहरूले बिहुकोट समाजको आयोजनामा तीज महोत्सव गरेका छन्। नेपाली राजदूतावास जापानका राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा भएको उक्त महोत्सवमा ठूलो संख्यामा नेपालीहरूले सहभागिता जनाएका थिए। महोत्सवलाई नेपाली देउडा गायिका लक्ष्मी आर्चाय, सुर्य खड्का , युवराज आचार्य, सान्ता रानि परियार , सरिता गुरुङ श्रेस्ठ, निशा क्षेत्री, मौलिक लोक भाकाको तीज गीत ...
। २२ जुनमा सीचेक (हवाईजहाजको प्राविधिक जाँच) का लागि इटाली पठाइएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० नाइन एन–ए.एल.वाई आज काठमाडौंमा अवतरण गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाज आज बिहान ८ः३६ मा काठमाडौं अवतरण गरेको हो । निगमसँग अब दुई न्यारोबडी र एक वाइडबडी गरी तीनवटा जहाज उडानयोग्य व्यवस्थामा आएका छन् । यो ...
पूर्णरुपमा तन्दुरुस्त रहनका लागि दिनहुँ कति घण्टाको निद्रा आवश्यक पर्छ भनेर सोध्यो भने सायद हामी कसैको जवाफ ८ घण्टा होला, कसैको ६ घण्टा हुनसक्छ र कसैले त आफ्ना लागि २ घण्टाकै निद पर्याप्त हुने जवाफ दिनपनि सक्छ । तर, जापानमा एकजना व्यक्तिले आफू पछिल्लो १२ वर्षदेखि हरेक दिन केवल ३० मिनेट मात्रै सुत्ने गरेको दाबी ...
: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शैक्षिक क्षेत्रको सुधारका लागि विद्यार्थी संगठनहरुले पनि योगदान दिनुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित बृहत शैक्षिक अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेपालले शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्याहरुको समिक्षा गर्दै यस क्षेत्रको सुधारका लागि विद्यार्थी संगठनहरुले पनि योगदान दिनुपर्ने बताएका हुन् । सरकारी नीतिमा रहेका कमजोरीलाई सुधार गर्नुपर्ने विषयमा विश्वविद्यालय,सरकार ...
: प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनको विषयलाई लिएर नेपाललाई बंगलादेश र श्रीलंकासँग तुलना गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनतामा निराशा छाएको,जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको भन्दै नेपाललाई बंगलादेश र श्रीलंकासँग तुलना गरेका हुन्। प्रचण्डले श्रीलंकाको सत्ताबाट बाहिरिएका महेन्द्रा राजपक्षे र बंगलादेशको सत्ताबाट ...
: जापानमा बोर्डिङ गेट नजिकैको पसलमा राखिएको कैंची हराएपछि जापानी विमानस्थलमा ३६ उडान रद्द गरिए भने २०१ उडानमा ढिलाइ भएको थियो। सोही कारण शनिबार बिहान होक्काइडोको नयाँ चितोसे विमानस्थलको आन्तरिक टर्मिनलको सुरक्षा जाँच दुई घण्टाका लागि स्थगित भएको थियो । जसका कारण सयौं यात्रु अलपत्र परेका छन् । प्रस्थान लाउन्जमा उपस्थित यात्रुहरूलाई फेरि सुरक्षा जाँच गर्न भनिएको ...
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय गर्न पन्छिने कर्मचारीउपर भ्रष्टाचारको मुद्दा चलाउने कठोर कानुनी व्यवस्था प्रस्ताव गरेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयकमा यस्तो प्रावधान राख्नुपर्ने प्रस्ताव अख्तियारले गरेको हो । प्रस्तावित विधेयकमा यो प्रस्ताव छैन । थप व्यवस्था प्रस्ताव गर्दै आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले निर्णय गर्नेले फाइल थन्काएर राखिदिने प्रवृत्ति बढेकाले ...
: जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को नेताका रुपमा पुनः निर्वाचनमा भाग नलिने निर्णय गरेका छन् । योसँगै जापानले अब नयाँ प्रधानमन्त्री पाउने निर्णय भएको छ । फुमियो किशिदाले निर्णयको बारेमा भने, 'पार्टीको प्रतिनिधित्वमा नयाँ मानिस चाहिन्छ।' ६७ वर्षीय किशिदाले सेप्टेम्बरमा पार्टीको नयाँ नेता चयन गरेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने अपेक्षा गरिएको छ ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरु दलबाट आएका नेताहरुलाई जिम्मेवारीविहीन नबनाइने बताएका छन्। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादी पार्टी प्रवेश गरेकाले जिम्मेवारी नपाएको गुनासो गरेकाले उनीहरुलाई जिम्मेवारी विहीन नबनाइने बताएका हुन् । उनले प्रदेश र स्थानीय तहमा पनि माओवादीमा समावेश भएकालाई उचित जिम्मेवारी दिन निर्देशन दिए । अहिले ...
। जापानका सरकारी निकायहरूले शक्तिशाली भूकम्प आउनसक्ने आकलन गरेर आफ्ना नागरिकलाई सचेत हुन आग्रह गरेका छन् । जापानले पहिलो पटक भूकम्प सम्बन्धी विशेष एड्भाइजरी जारी गरेको छ । यो एड्भाइजरी बिहीबार जापानको क्युसुमा शक्तिशाली भूकम्प आएपछि जारी गरिएको हो । एड्भाइजरीलाई भूकम्प आउन सक्ने सम्भावित जोखिमलाई ख्याल गर्दै सजगता अपनाउने उपायको एक हिस्सा भनिएको छ । यसलाई ...
: जापानमा ७.१ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प गएसँगै जापानको कोची, मियाजाकीलगायतका प्रिफेक्चरहरूमा सुनामीको चेतावनी दिइएको छ। जापानको मौसम विभागले ती स्थानहरूमा सुनामी जान सक्ने भन्दै उच्च सतर्कता अपनाउन भनेको छ। स्थानीय समयअनुसार ४:४३ मिनेटमा मियाजाकी भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। भूकम्प प्रभावित क्षेत्रहरूमा बुलेट ट्रेनको सेवा बन्द गरिएको एजेन्सीहरूले उल्लेख गरेका छन्। प्रारम्भिक ...
। जुवातास खेल्दै गरेको अवस्थामा पक्राउ परेका रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घलेसहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको छ । घलेसहित काठमाडौं महानगरपालिका–६ घर भएका ७३ वर्षीय रमेश लामा, मकवानपुरको थाहा नगरपालिका–११ का ३६ वर्षीय चीनकुमार गोले, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ घर भएका ३८ वर्षीय दिनेश सुनार, काठमाडौं–६ का ५२ वर्षीय प्रवीण लामाविरुद्ध पनि मुद्दा दर्ता ...
। जापानमा आयोजना हुने सेमिनारमा सहभागी गराउने भन्दै फर्जी कागजात बनाएर नेपाली नागरिक जापान प्रवेश गरेको खुलेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान र काठमाडौँ स्थित जिल्ला सहकारी लिमिडेटको आयोजनामा सेमिनार गर्न लागिएको भन्दै २३ जना नागरिकको भिसा आबेदन दिएको पाइएको छ । ती व्यक्तिहरुलाई जापान प्रवेश गराउन आवश्यक कागजातका लागि एनआरएनए जापानका पदाधिकारीको ...
। समलिंगी सम्बन्धलाई वैधानिकता नदिने विश्वको एक मात्र लोकतान्त्रिक मुलुक हो जापान । थोरै सेलिब्रेटीले मात्र खुलेर आफू समलिंगी रहेको बताएका छन् । त्यहाँको पुरातनवादी समूहले लैंगिक अल्पसंख्यक समुदायलाई संरक्षण गर्न भइरहेका विधायिकी प्रयासको खुलेर विरोध गर्दै आएका छन् । तर अब नेटफ्लिक्सले जापानमा पहिलोपटक समलिंगी डेटिङ रियालिटी श्रृंखला सुरु गर्दैछ । ‘द ब्वायफ्रेन्ड’ नाम दिइएको ...
जापानले सोमबार एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ । जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) का अनुसार ‘एच–थ्री नम्बर थ्री’ रकेट दक्षिणपश्चिमी जापानी टापुमा रहेको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट उडेको थियो र करिब १६ मिनेटपछि यसको ‘पे लोड’ लाई लक्षित कक्षमा राखिएको थियो । ‘एडभान्स्ड ल्यान्ड अब्जर्भेसन स्याटेलाइट (एएलओएस–४) लाई मुख्यतया ज्वालामुखी र भूकम्पीय गतिविधि र ...
: जापानको टोकियोस्थित नेपाली विद्यालयबाट जाम्बियाका एक विद्यार्थीले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । टोकियोको मध्यभागमा रहेको एभरेष्ट इन्टरनेशनल विद्यालयमा अध्ययनरत छात्र चिसा टाइरिस कावेजाले २.९५ जिपिए प्राप्त गरेका विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्टले राससलाई जानकारी दिए। सो विद्यालयबाट यस वर्ष नौ छात्र र १४ छात्रा गरी २३ जनाले एसइई परीक्षा दिएकामा शतप्रतिशत ...
1 2 3 4 5 Next Last