मुख्य समाचार
जापानमा भालुको आक्रमण बढ्दै: २०२५ मा मृत्युदर रेकर्ड बराबरी
Why Are Bear Attacks Increasing Across Japan?


होक्काइडो, अक्टोबर १० (न्युज अन जापान) — जापानभर भालुको आक्रमण तीव्र रुपमा बढिरहेको छ। चालु आर्थिक वर्ष २०२५ मा भालुका आक्रमणबाट ज्यान गुमाउनेको संख्या सन् २०२३ को रेकर्ड स्तरमा पुगेको छ।


 


जापानको वातावरण मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार:


 


२०२३: २१९ पीडित, ६ जनाको मृत्यु


 


२०२४: ८५ पीडित, ३ जनाको मृत्यु


 


२०२५ (अक्टोबरसम्म): १०९ पीडित, ६ जनाको मृत्यु


 


यस वर्षको पहिलो छ महिनामै पीडितको संख्या अघिल्लो वर्षको तुलनामा बढी भइसकेको छ भने मृत्यु संख्या सन् २०२३ को रेकर्डसँग बराबरीमा पुगेको छ।


 


भालु स्वभावतः मानिसबाट डराउँछन्, तर अहिले ती शहरी क्षेत्रमा समेत देखिन थालेका छन्। HBC वाइल्डलाइफ साइट "कुमा कोको" की संवाददाता नाओ इकुशिमाका अनुसार, यो समस्या केवल भालुको संख्यामा वृद्धिका कारण मात्र होइन।


 


उनका अनुसार, “मानव समाजमा भएका परिवर्तनहरूमूल कारण हुन्। पहिला जंगल र बस्तीबीच खेत, बगैंचा र मानिसको उपस्थिति रहन्थ्यो। तर, जनसंख्या घटेपछि यी 'बफर जोन' हराएका छन्। फलस्वरूप, जंगलको छेउ बस्तीमा नै आइपुगेको छ।”


 


नदी किनार, खाली जमिन र झाडीले भरिएका खाली स्थानहरूले अब जंगललाई सिधै शहरसँग जोडिदिएका छन्। यसले भालुलाई अनायासै मानव बस्तीमा छिर्न सजिलो बनाएको छ।


 


इकुशिमाले थपिन्, “आजको युगमा हामी ‘हाम्रो क्षेत्रमा त भालु आउँदैन’ भनेर ढुक्क हुन सक्दैनौं।”


 


प्रहरी र स्थानिय निकायले भालुको गतिविधि बुझ्न जिपिएस कलर प्रयोग गरिरहेका छन्। यसै क्रममा टिभी प्रस्तोता ताकाहिरो इनोउएले स्थानीय तहले वैज्ञानिक रूपमा अनुसन्धान सुरु गरिरहेको बताए।


 


कमेन्टेटर दाइमाओ कोसाकाले भने, “पहिले मानिस र वन्यजन्तुबीच छुट्याउने ‘सातो’ भन्ने बफर जोन हुन्थ्यो। अहिले पनि अत्यधिक शिकार नगरी, तर मानव सुरक्षालाई प्राथमिकतामा राख्दै संयमित रूपमा व्यवस्थापन गर्नु जरुरी छ।”


 


इकुशिमाले जनाउँदै भनिन्, “धेरै मानिस भालुलाई नबुझेर डराउँछन्। यदि हामीले भालुको व्यवहार बुझ्यौं भने, तिनीहरूबाट कसरी जोगिने भन्ने ज्ञान पनि प्राप्त हुन्छ।”


 


उनी भालु समस्या समाधानको जड मानव समाजमै रहेको बताउँछिन्। उनका अनुसार, समाधान पनि स्थानीय परिस्थिति अनुसार भिन्न हुनुपर्छ:


 


फोहोरले आकर्षित गर्छ भने स्रोत हटाउनुहोस्।


 


खेतीपातीमा आउँछन् भने विद्युतीय तार लगाउनुहोस्।


 


हरियाली बाटोहरू बस्तीमा जोडिन्छन् भने घाँस काट्नुहोस्।


 


तर, स्थानीय बासिन्दाको रुचि पनि ध्यानमा राख्नुपर्छ — जस्तै, हरियाली संरक्षणसँगै विद्यालय जाने बाटो सुरक्षित बनाउने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए पछि, जापान मौसम विज्ञान विभागले सुनामीको चेतावनी जारी गरेको छ । जापानको क्युशु टापुमा आएको कम्पन जापानको आफ्नै “शिन्डो स्केल” मा मापन गरिएको विभागले जनाएको छ । सुनामी एक मिटरसम्म मापन गर्न सकिने तथा साँझ ५ः०० बजेसम्म आइ पुग्न सक्ने जनाइएको छ । जापानी मिडीया एन एच ...
। विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा पोखरास्थित ‘ओसिस टुरिज्म इन्टरनेशनल’का दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले पोखरा–५ पर्स्याङमा सञ्चालित उक्त कम्पनीमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, सान्तीनगर बस्ने मोहम्मद यासेर ...
। जापानको राजधानी टोकियोस्थित प्रसिद्ध पर्यटकीय थलो ओदाइबामा जुलाई १८, १९ र २० गते तीनदिने ‘नेपाल फेस्टिभल २०२६’ आयोजना हुने भएको छ । नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ, आदिवासी जनजाति महासंघको संयुक्त आयोजनामा १५ औं संस्करणको महोत्सव आयोजना हुन लागेको हो । एनआरएनए जापानका प्रवक्ता सचिन आचार्यका अनुसार यसपटकको फेस्टिभललाई नेपाली समुदायभन्दा पर विस्तार गर्ने लक्ष्य छ ...
। जापानले भिसा शुल्क बढाउने निर्णय गरेको छ। ४८ वर्षपछि भिसा शुल्क संशोधन गर्ने निर्णय बुधबार जापान सरकारको मन्त्रिपरिषद बैठकले गरेको हो । सन् १९७८ यता भिसा शुल्कमा कुनै परिवर्तन गरिएको थिएन । कति बढ्यो भिसा शुल्क ? जापान टाइम्सका अनुसार, भिसा शुल्क बढाएर सिङ्गल-इन्ट्री भिसाका लागि हालको ३,००० येनबाट बढाएर १५,००० येन पुर्‍याइने निर्णय मन्त्रिपरिषद्ले गरेको ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दिपककुमार साहले यस पटकको बजेटलाई आवश्यकता र दिगो विकासलाई केन्द्रमा राखेर तयार गरिएको दस्तावेजको रुपमा व्याख्या गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले थिति बसाल्न र राष्ट्र निर्माणको महाअभियानका लागी आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रित गर्ने संकुचित सोचभन्दा माथि उठेर, समग्र देशको उत्पादन बढाउने बृहत्तर सोचका साथ बजेट आएको ...