मुख्य समाचार
जापानको राष्ट्रिय स्टेडियमको नामाङ्कन अधिकार MUFG ले लिने तयारी
MUFG to Acquires Naming Rights for National Stadium


टोकियो, अक्टोबर ७ (न्यूज अन जापान) — जापानको प्रमुख वित्तीय संस्था Mitsubishi UFJ Financial Group (MUFG) ले सन् २०२६ जनवरीदेखि लागू हुनेगरी जापानको राष्ट्रिय स्टेडियम को नामाङ्कन (naming rights) अधिकार प्राप्त गर्ने तयारी गरेको छ।


 


टोकियो ओलम्पिक तथा प्यारालम्पिक खेलहरूको मुख्य स्थलको रूपमा प्रयोग भएको यो स्टेडियम यस वर्षको अप्रिल महिनामा निजीकरण गरिएको थियो। निजीकरणपछि स्टेडियम सञ्चालन गर्ने संस्थाले नामाङ्कन अधिकारका लागि आवेदन मागेको थियो।


 


प्रक्रियासँग सम्बन्धित स्रोतहरूले जनाए अनुसार, MUFG ले उक्त अधिकार प्राप्त गर्ने लगभग पक्का भएको छ र स्टेडियमको नयाँ नामसहितको औपचारिक घोषणा अक्टोबरको अन्त्यतिर हुने अपेक्षा गरिएको छ।


 


यो सम्झौतामार्फत MUFG ले स्टेडियमको व्यवस्थापनमा समेत सहभागी हुनेछ। स्टेडियममा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै, MUFG ले आफ्नो ब्रान्ड प्रभाव विस्तार गर्न र ग्राहकहरूसँगको अन्तर्क्रियामा वृद्धि गर्ने लक्ष्य लिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए पछि, जापान मौसम विज्ञान विभागले सुनामीको चेतावनी जारी गरेको छ । जापानको क्युशु टापुमा आएको कम्पन जापानको आफ्नै “शिन्डो स्केल” मा मापन गरिएको विभागले जनाएको छ । सुनामी एक मिटरसम्म मापन गर्न सकिने तथा साँझ ५ः०० बजेसम्म आइ पुग्न सक्ने जनाइएको छ । जापानी मिडीया एन एच ...
। विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा पोखरास्थित ‘ओसिस टुरिज्म इन्टरनेशनल’का दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले पोखरा–५ पर्स्याङमा सञ्चालित उक्त कम्पनीमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, सान्तीनगर बस्ने मोहम्मद यासेर ...
। जापानको राजधानी टोकियोस्थित प्रसिद्ध पर्यटकीय थलो ओदाइबामा जुलाई १८, १९ र २० गते तीनदिने ‘नेपाल फेस्टिभल २०२६’ आयोजना हुने भएको छ । नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ, आदिवासी जनजाति महासंघको संयुक्त आयोजनामा १५ औं संस्करणको महोत्सव आयोजना हुन लागेको हो । एनआरएनए जापानका प्रवक्ता सचिन आचार्यका अनुसार यसपटकको फेस्टिभललाई नेपाली समुदायभन्दा पर विस्तार गर्ने लक्ष्य छ ...
। जापानले भिसा शुल्क बढाउने निर्णय गरेको छ। ४८ वर्षपछि भिसा शुल्क संशोधन गर्ने निर्णय बुधबार जापान सरकारको मन्त्रिपरिषद बैठकले गरेको हो । सन् १९७८ यता भिसा शुल्कमा कुनै परिवर्तन गरिएको थिएन । कति बढ्यो भिसा शुल्क ? जापान टाइम्सका अनुसार, भिसा शुल्क बढाएर सिङ्गल-इन्ट्री भिसाका लागि हालको ३,००० येनबाट बढाएर १५,००० येन पुर्‍याइने निर्णय मन्त्रिपरिषद्ले गरेको ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दिपककुमार साहले यस पटकको बजेटलाई आवश्यकता र दिगो विकासलाई केन्द्रमा राखेर तयार गरिएको दस्तावेजको रुपमा व्याख्या गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले थिति बसाल्न र राष्ट्र निर्माणको महाअभियानका लागी आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रित गर्ने संकुचित सोचभन्दा माथि उठेर, समग्र देशको उत्पादन बढाउने बृहत्तर सोचका साथ बजेट आएको ...