मुख्य समाचार
जापानका इज़ाकायाहरूमा बियर अभाव
Beer Shortages Hit Japan's Izakayas


ओसाका, अक्टोबर ८ (न्यूज अन जापान) — जापानको प्रमुख बियर उत्पादक कम्पनी Asahi Group Holdings मा भएको ransomware साइबर आक्रमणका कारण बियरको आपूर्ति अवरुद्ध भएको छ, जसको प्रत्यक्ष असर देशभरका इज़ाकाया (स्थानीय बार) र रेष्टुरेन्टहरूमा देखिन थालेको छ।


 


कम्पनीले जनाएको अनुसार साइबर आक्रमणका कारण उत्पादन तथा वितरण प्रणाली पूर्ण रूपमा प्रभावित भएको छ, जसले गर्दा बियर आपूर्ति ढिलाइ भएको छ। केही बारहरूले त “अब केवल एउटा मात्र बियर बाँकी छ” भन्ने स्थिति आएको बताएका छन्।


 


यस घटनाले केवल असाही कम्पनी मात्र नभई, त्यसको बियरमा निर्भर रेष्टुरेन्ट, बार, र मदिरा वितरकहरूसमेत प्रभावित भएका छन्। जापानमा हालै यस्ता ransomware साइबर आक्रमणहरू तीव्र रूपमा बढेका छन्, जसले ठूला कम्पनीदेखि अस्पताल र सामान्य प्रयोगकर्तासम्मलाई निशाना बनाएका छन्।


 


एक जापानी समाचार संस्थाले हालै एक अस्पतालसँगको अन्तर्वार्तामा, पीडितहरूले उक्त साइबर आक्रमणलाई "प्राकृतिक प्रकोपजस्तै" महशुस भएको बताएका छन्। यसले अस्पताल सेवामा गम्भीर असर पारेको थियो।


 


साइबर सुरक्षा विशेषज्ञहरूका अनुसार यस्ता आक्रमणहरू दिनदिनै परिष्कृत हुँदै गइरहेका छन्, र अब मोबाइल फोनहरूमा समेत malicious एप्स र लिंकहरू मार्फत आक्रमण भइरहेको छ।


 


अहिले असाही कम्पनीले आफ्नो प्रणाली पुनः सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ, तर विशेषज्ञहरू भन्छन् कि यस्ता आक्रमणबाट पुनःस्थापना गर्न समय लाग्छ र प्रविधिक रूपमा निकै जटिल प्रक्रिया हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएका दुईजना जापानी नागरिकको शव फेला परेको छ। मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा उनीहरू बेपत्ता भएका थिए। जापानको टोकियो निवासी दुईजना पर्वतारोहीको शव शुक्रबार फेला परेको हो। उनीहरूको शव काठमाडौं ल्याउने तयारी भइरहेको छ। काठमाडौंमा पोस्टमार्टम गरेपछि नेपालस्थित जापानी ...
: मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा २ जापानी नागरिक बेपत्ता भएका छन्। मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा जापानको टोकियो निवासी २ जना पर्वतारोही बेपत्ता भएका हुन्। बेपत्ता हुनेहरूमा हिदे सुके टेनिसी र तेचु हासिमुदो रहेका छन्। बेपत्ता दुबैजना पुरुष हुन्। काठमाडौंस्थित कस्मो एडभेन्चरबाट नेपाली गाइडसहित भदौ २७ गते ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन् । विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडामा आयोजित आन्तरिक कार्यालयसम्बन्धी छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युत आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, ऊर्जा माग, लोड व्यवस्थापन, विद्युत् चुहावट नियन्त्रण तथा पूर्वाधारको नियमित मर्मतसम्भारमा ...
। जापानको बेरोजगारी दर अगस्टमा बढेर २.५ प्रतिशत पुगेको छ । जुलाईमा २.४ प्रतिशत रहेको बेरोजगारी दर पाँच महिनापछि पहिलोपटक बढेको जापान सरकारद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार ...
। जापानले बिहीबारदेखि लागू हुने गरी भिसा नवीकरण र स्थायी बसोबास (पीआर) जारी गर्ने शुल्कमा भारी वृद्धि गर्ने भएको छ। जापानको अध्यागमन सेवा एजेन्सीले तोकेको यो नयाँ शुल्क गत मे महिनामा पारित भएको अध्यागमन नियन्त्रण ऐनको संशोधनमा व्यवस्था गरिएको थियो । भिसा नवीकरण र बसोबासको हैसियत परिवर्तनका लागि लाग्ने शुल्क अब प्रदान गरिएको बसोबासको अवधिका आधारमा तय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम