मुख्य समाचार
जापानका इज़ाकायाहरूमा बियर अभाव
Beer Shortages Hit Japan's Izakayas


ओसाका, अक्टोबर ८ (न्यूज अन जापान) — जापानको प्रमुख बियर उत्पादक कम्पनी Asahi Group Holdings मा भएको ransomware साइबर आक्रमणका कारण बियरको आपूर्ति अवरुद्ध भएको छ, जसको प्रत्यक्ष असर देशभरका इज़ाकाया (स्थानीय बार) र रेष्टुरेन्टहरूमा देखिन थालेको छ।


 


कम्पनीले जनाएको अनुसार साइबर आक्रमणका कारण उत्पादन तथा वितरण प्रणाली पूर्ण रूपमा प्रभावित भएको छ, जसले गर्दा बियर आपूर्ति ढिलाइ भएको छ। केही बारहरूले त “अब केवल एउटा मात्र बियर बाँकी छ” भन्ने स्थिति आएको बताएका छन्।


 


यस घटनाले केवल असाही कम्पनी मात्र नभई, त्यसको बियरमा निर्भर रेष्टुरेन्ट, बार, र मदिरा वितरकहरूसमेत प्रभावित भएका छन्। जापानमा हालै यस्ता ransomware साइबर आक्रमणहरू तीव्र रूपमा बढेका छन्, जसले ठूला कम्पनीदेखि अस्पताल र सामान्य प्रयोगकर्तासम्मलाई निशाना बनाएका छन्।


 


एक जापानी समाचार संस्थाले हालै एक अस्पतालसँगको अन्तर्वार्तामा, पीडितहरूले उक्त साइबर आक्रमणलाई "प्राकृतिक प्रकोपजस्तै" महशुस भएको बताएका छन्। यसले अस्पताल सेवामा गम्भीर असर पारेको थियो।


 


साइबर सुरक्षा विशेषज्ञहरूका अनुसार यस्ता आक्रमणहरू दिनदिनै परिष्कृत हुँदै गइरहेका छन्, र अब मोबाइल फोनहरूमा समेत malicious एप्स र लिंकहरू मार्फत आक्रमण भइरहेको छ।


 


अहिले असाही कम्पनीले आफ्नो प्रणाली पुनः सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ, तर विशेषज्ञहरू भन्छन् कि यस्ता आक्रमणबाट पुनःस्थापना गर्न समय लाग्छ र प्रविधिक रूपमा निकै जटिल प्रक्रिया हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वासिङ्टन (रासस/एएफपी) । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले जापानी येनको स्थिरता केवल जापान वा अमेरिकाका लागि मात्र नभई समग्र एसियाली अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण रहेको बताएका छन्। उनले कमजोर येनका कारण क्षेत्रीय मुद्राबजारमा अस्थिरता फैलिन सक्ने चेतावनी दिएका छन् । उनले यही कारणले संयुक्त राज्य अमेरिका र जापानले येनलाई समर्थन गर्न संयुक्त रूपमा हस्तक्षेप गरेको स्पष्ट पारेका ...
। जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले त्यसलाई आफ्नो सुरक्षामाथिको गम्भीर चुनौतीका रूपमा व्याख्या गर्दै आवश्यक परे थप सैन्य विकल्प अपनाउने चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले बुधबार सार्वजनिक वक्तव्यमा जापान दोस्रो विश्वयुद्धपछिको शान्तिवादी नीतिबाट टाढिँदै ‘युद्ध राज्य’ मा रूपान्तरण भइरहेको आरोप लगाउँदै प्योङयाङ त्यसको ...
। जापानको दक्षिणी कुमामोटो प्रदेशमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा सपिङ मलमा भएको विस्फोट र विभिन्न संरचना भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् । कुमामोटो प्रान्तीय सरकारले बुधबार बिहान दिएको जानकारीअनुसार भूकम्पपछि एइअन मलमा भएको विस्फोटपछि रातभर सञ्चालन गरिएको उद्धार अभियानमा आठ जनालाई जीवित उद्धार गरिएको छ । ...
। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए पछि, जापान मौसम विज्ञान विभागले सुनामीको चेतावनी जारी गरेको छ । जापानको क्युशु टापुमा आएको कम्पन जापानको आफ्नै “शिन्डो स्केल” मा मापन गरिएको विभागले जनाएको छ । सुनामी एक मिटरसम्म मापन गर्न सकिने तथा साँझ ५ः०० बजेसम्म आइ पुग्न सक्ने जनाइएको छ । जापानी मिडीया एन एच ...
। विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा पोखरास्थित ‘ओसिस टुरिज्म इन्टरनेशनल’का दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले पोखरा–५ पर्स्याङमा सञ्चालित उक्त कम्पनीमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, सान्तीनगर बस्ने मोहम्मद यासेर ...