मुख्य समाचार
आफ्ना सांसदहरूको गतिविधि डिजिटल माध्यमबाट व्यवस्थापन र अनुगमन गर्ने उद्देश्यले ‘पल्सआरएसपी (PulseRSP)’ नामक डिजिटल प्रणाली सञ्चालनमा ल्याउने
आफ्ना सांसदहरूको गतिविधि डिजिटल माध्यमबाट व्यवस्थापन र अनुगमन गर्ने उद्देश्यले ‘पल्सआरएसपी (PulseRSP)’ नामक डिजिटल प्रणाली सञ्चालनमा ल्याउने

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको गतिविधि डिजिटल माध्यमबाट व्यवस्थापन र अनुगमन गर्ने उद्देश्यले ‘पल्सआरएसपी (PulseRSP)’ नामक डिजिटल प्रणाली सञ्चालनमा ल्याउने भएको छ ।

पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले शुक्रबार जारी गरेको सूचनाअनुसार उक्त प्रणालीबारे प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण गर्न बिहान साढे १० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बोलाइएको छ ।

पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुने अभिमुखीकरण कार्यक्रममा रास्वपाका सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

रास्वपाले सांसदहरूले बैठकपछि आफ्ना गतिविधि अनिवार्य रूपमा उक्त प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ । सांसदहरूबीच भेटघाटका लागि अनलाइनमार्फत समय माग्न सकिने, संसदमा उठाउने विषयवस्तु प्रणालीमै पहिले अद्यावधिक गर्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाटलगायत गतिविधिको विवरण पनि सोही पोर्टलमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।


पार्टीका अनुसार नागरिकले पनि आफ्नो निर्वाचन क्षेत्रका सांसदसँग यही प्रणालीमार्फत गुनासा वा सुझाव राख्न सक्नेछन् । ती गुनासोको ट्र्याकिङ हुने र त्यसकै आधारमा सांसदको कार्यसम्पादन मूल्याङ्कनसमेत गरिने व्यवस्था प्रणालीमा समावेश गरिएको छ ।

यसका साथै सांसदहरूलाई साइबर सुरक्षासम्बन्धी सचेतना पनि प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कारागार चलान गरिएको छ । महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका उनलाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेस गरेको थियो । अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए । दोस्रो मधेश आन्दोलनको बेला २०८२ मा सशस्त्र प्रहरीका असई थमन बिक हत्या ...
। नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तिय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छिन् । शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो आरोप लगाएकी हुन् । सांसद झाँक्रीले साना साना आयोजनहरूका लागि विनयोजन गरिएको बजेटलाई हेर्दा सरकारले वित्तीय अनुशासन पालना नगर्ने स्पष्ट भएको दाबी उनको थियो ...
। धनकुटामा दुई वटा नागरिकता बनाउने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-९ मुर्तिढुंगाका ४३ वर्षीय दोर्णराज काफ्ले रहेका छन् । जिल्ला प्रशासन कार्यालय धनकुटाले काफ्लेलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाको जिम्मा लगाएको छ । काफ्लेले जिल्ला प्रशासन कार्यालय धनकुटाबाट एउटै नाममा जन्म मिति फरक बनाइ नागरिकता र राहदानी बनाएको पाइएको धनकुटाका सहायक ...
। डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममार्फत सुरुङ निर्माणको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व तथा लगानीमा अघि बढेको यो आयोजना ...
। सरकारले २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १० हजार भन्दा बढी योगदान गर्नेलाई प्रमाणपत्र दिने भएको छ । अर्थ मन्त्रालयले एक सूचना प्रकाशित गर्दै यसरी योगदान गर्नेहरूका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेको धन्यवाद ज्ञापन प्रमाणपत्र तयार पारिएको समेत मन्त्रालयले जनाएको छ । प्रमाणपत्र ...