मुख्य समाचार
अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल (Joel B. Vowell) नेपाल आइपुगेका छन्
अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल (Joel B. Vowell) नेपाल आइपुगेका छन्

: अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल (Joel B. Vowell) नेपाल आइपुगेका छन्। नेपाली सेना र नेपालस्थित अमेरिकी दूतावासका अधिकारीले केही समय अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भोवेलको टोलीलाई स्वागत गरेको हो।


भ्रमण टोलीको नेतृत्व गर्दै भुटान हुँदै ‘ड्रुक एयर’बाट उनी ३ दिने भ्रमणका लागि काठमाडौंमा आइपुगेका हुन्। सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने, ‘यो उहाँहरुको पूर्व निर्धारित र नियमित भ्रमण हो। भ्रमणको क्रममा प्रधानसेनापतिसहित उच्चपदस्थ अधिकारीसँग भेटवार्ता हुनेछ।’


भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श हुनेछ। भ्रमण टोलीले पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्ने कार्यक्रम तय भएको बस्नेतले बताए।

बिहीबार नयाँ दिल्लीमा भारतीय प्रधानसेनापति उपेन्द्र द्विवेदीसँग भेटवार्ता गरेका उनी भुटान गएका थिए।

भोवेल फागुन २१ को प्रतिनिधि सभाको निर्वाचन पश्चात नेपाल आउने सबैभन्दा उच्च पदस्थ अमेरिकी सेनाका अधिकारी हुन् । यसअघि पनि फागुन १ गते अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका जनरल सामुयल जे. पापारो नेपाल आएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले जेनजी आन्दोलन सम्बन्धमा कार्की आयोगले बुझाएको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। प्रतिवेदन अध्ययनका लागि मन्त्रिपरिषद् बैठकले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। उनले मन्त्रिपरिषद्ले यस विषयमा अध्ययन गरेर विस्तृत जानकारी गराइने बताए।
— उज्यालो नेपाल पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्दै आगामी राजनीतिक कार्यदिशा निर्धारण गरेको छ । पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा केन्द्रीय समिति सदस्य, प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार, प्रदेश संयोजक, जिल्ला संयोजक तथा विभिन्न तहका जिम्मेवार नेता तथा कार्यकर्ताको सहभागिता भएको समीक्षामा अनेक चुनौतीका बीच पार्टीलाई प्राप्त सम्मानजनक मतप्रति सन्तुष्टि व्यक्त गरेको छ । पार्टी प्रवक्ता ...
: राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीविरुद्ध घुस/रिसवत लिएको तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन महानिर्देशक अधिकारीसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले कुटी रिसोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर एवं सेयरधनी देवेन्द्र केसी र बाँके नेपालगञ्जका रविन्द्र लामिछानेलाई प्रतिवादी बनाएको छ। आयोगले अधिकारीबाट ७० लाख,देवेन्द्र केसीबाट ...
सरकारले राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि ओम प्रकाश अर्याललाई मनोनीत गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस
: प्रधानमन्त्री सुशीला कार्की र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल पनि सहभागी थिए। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए। फागुन २१ गतेको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गरेको भन्दै कांग्रेस सभापति थापाले प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए।