मुख्य समाचार
बंगलादेशको चटगाउँमा रहेको भारतीय भिसा आवेदन केन्द्र (इन्डियन भिसा एप्लिकेशन सेन्टर–IVAC) अनिश्चितकालका लागि बन्द
बंगलादेशको चटगाउँमा रहेको भारतीय भिसा आवेदन केन्द्र (इन्डियन भिसा एप्लिकेशन सेन्टर–IVAC) अनिश्चितकालका लागि बन्द

: बंगलादेशको चटगाउँमा रहेको भारतीय भिसा आवेदन केन्द्र (इन्डियन भिसा एप्लिकेशन सेन्टर–IVAC) अनिश्चितकालका लागि बन्द गरिएको छ। केन्द्रले जारी गरेको विज्ञप्तिअनुसार, चटगाउँस्थित भारतीय सहायक उच्चायोगको निवासमा हालै भएको सुरक्षा घटनापछि उक्त निर्णय लिइएको हो।

IVAC ले जनाएको छ,'चटगाउँस्थित भारतीय सहायक उच्चायोगमा भएको पछिल्लो सुरक्षा घटनालाई मध्यनजर गर्दै चटगाउँमा सञ्चालन भइरहेका सबै भारतीय भिसासम्बन्धी सेवाहरू डिसेम्बर २१ देखि अर्को सूचना नआएसम्म बन्द गरिएको छ।' केन्द्र पुनः सञ्चालनबारे अवस्थाको समीक्षा पछि जानकारी दिइने पनि विज्ञप्तिमा उल्लेख छ।


बंगलादेशी विद्यार्थी नेता उस्मान हादीको मृत्युपछि चटगाउँमा तनाव बढेको छ। यसै सन्दर्भमा बिहीबार राति भारतीय उच्चायोग अगाडि प्रदर्शन भएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा प्रदर्शनकारीहरूले भारतीय सहायक उच्चायुक्तको निवासमा ढुङ्गा हानेको देखिएको छ।

प्रहरीले लाठीचार्ज गर्दै प्रदर्शनकारीहरूलाई तितरबितर पारेको र घटनास्थलबाट कम्तीमा १२ जनालाई पक्राउ गरिएको जनाएको छ।

यसअघि पनि सुरक्षा चासो बढेपछि ढाकास्थित भारतीय भिसा आवेदन केन्द्र अस्थायी रूपमा बन्द गरिएको थियो। डिसेम्बर १७ मा ‘जुलाई ओइक्या’ नामक प्लेटफर्मले ढाकास्थित भारतीय उच्चायोग घेराउ गर्ने घोषणा गरेपछि जमुना फ्युचर पार्कमा रहेको IVAC बुधबार दिउँसो बन्द गरिएको थियो। तर उक्त केन्द्र भोलिपल्ट डिसेम्बर १८ मा पुनः सञ्चालनमा आएको थियो।

चटगाउँमा विकसित पछिल्लो घटनाक्रमसँगै बंगलादेशस्थित भारतीय कूटनीतिक नियोगहरूको सुरक्षा व्यवस्था थप सतर्क बनाइएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम