मुख्य समाचार
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) बाट अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरफिर्ता स्थगित
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) बाट अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरफिर्ता स्थगित

: अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) बाट अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरफिर्ता स्थगित गरिएको छ। उनीहरूलाई लिन जाने मिसन क्रू-१० नासाले स्थगित गरेको छ। यो मिसन हिजो अर्थात् मार्च १२ मा स्पेसएक्सको रकेट फाल्कन ९ बाट प्रक्षेपण गरिने योजना थियो।


रकेटको ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्ममा हाइड्रोलिक प्रणालीमा विफलताका कारण मिसन स्थगित गरिएको हो। बुच विल्मोर र सुनिता विलियम्स विगत नौ महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा अलपत्र परेका छन्। उनीहरु जुन २०२४ मा त्यहाँ पुगेका थिए। उनीहरु आठ दिनपछि फर्कने योजना थियो।

यी दुवै अन्तरिक्ष यात्री बोइङको स्टारलाइनर अन्तरिक्ष यान मार्फत आइएसएस पुगेका थिए। यो अन्तरिक्ष यान सेप्टेम्बरमा कुनै पनि चालक दल बिना नै पृथ्वीमा फर्किएको थियो।



फक्स न्यूजका अनुसार ISS सँग डकिङ गर्दा स्टारलाइनरमा हेलियम चुहावट र अन्तरिक्ष यान प्रतिक्रिया नियन्त्रण थ्रस्टरहरूमा समस्या आएको जनाइएको छ।

नासाका अनुसार प्रक्षेपणको लागि अर्को समय मार्च १५ मा बिहान ४:५६ बजे पछि हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...