मुख्य समाचार
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले आफ्ना नौसेना कमाण्डर अलिरेजा ताङसिरीको मृत्यु भएको आधिकारिक पुष्टि
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले आफ्ना नौसेना कमाण्डर अलिरेजा ताङसिरीको मृत्यु भएको आधिकारिक पुष्टि

: इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले आफ्ना नौसेना कमाण्डर अलिरेजा ताङसिरीको मृत्यु भएको आधिकारिक पुष्टि गरेको छ। इजरायलले ताङसिरीलाई निशाना बनाएको दाबी गरेको चार दिनपछि इरानले उक्त घटनाको स्वीकारोक्ति गरेको बीबीसीमा उल्लेख छ ।


इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स निकट मानिने तस्निम समाचार एजेन्सीद्वारा प्रकाशित विज्ञप्ति अनुसार, ताङसिरी टापु र तटीय क्षेत्रहरूको रक्षा कवचलाई सुदृढ पार्न र सैन्य बल परिचालन गर्न व्यस्त रहेका बेला घाइते भएका थिए। उपचारका क्रममा 'चोटको गम्भीरता' का कारण उनको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ।


इरानी सेनाले आफ्ना कमाण्डरको अनुपस्थितिमा पनि ' इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स नेभी' ले हर्मोज जलडमरूमा आफ्नो निर्णायक नियन्त्रण कायम राखेको र शत्रुमाथि कडा प्रहार गरिरहेको दाबी गरेको छ। विज्ञप्तिमा भनिएको छ, 'शत्रु पूर्ण रूपमा विनाश नभएसम्म हामी शान्त रहने छैनौँ।'



को हुन् ताङसिरी?

ताङसिरी इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका सबैभन्दा वरिष्ठ कमाण्डरहरूमध्ये एक थिए। सामरिक रूपमा महत्वपूर्ण हर्मोज जलडमरूबाट हुने जहाजहरूको आवतजावतको निगरानी गर्ने मुख्य जिम्मेवारी उनकै थियो। उनले सामाजिक सञ्जाल 'एक्स' मार्फत इरानविरुद्ध आक्रामक हुने कुनै पनि जहाजलाई सो क्षेत्रबाट पार हुन नदिने चेतावनी दिँदै आएका थिए।

अमेरिका र इजरायलविरुद्ध कडा अभिव्यक्ति दिने नेताका रूपमा चिनिने ताङसिरीलाई सन् २०१९ मा अमेरिकाले प्रतिबन्ध लगाएको थियो। इरानले स्ट्रेट नजिकै अमेरिकी जासुसी ड्रोन खसालेपछि अमेरिकी अर्थ मन्त्रालयले उनलाई प्रतिबन्धित सूचीमा राखेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम