मुख्य समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानी संगठन (FATF)को ग्रे लिस्टबाट बाहिर निकाल्न आवश्यक कदम चालिरहेको जनाए
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानी संगठन (FATF)को ग्रे लिस्टबाट बाहिर निकाल्न आवश्यक कदम चालिरहेको जनाए

: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानी संगठन (FATF)को ग्रे लिस्टबाट बाहिर निकाल्न आवश्यक कदम चालिरहेको जनाएको छ। बुधबार आयोगको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न राष्ट्रिय रणनीति तयार पारिएको बताएका हुन्।


आयुक्त राईका अनुसार, देशलाई सुशासन र भ्रष्टाचारमुक्त बनाउन तीनै तहका सरकार सक्रिय हुन आवश्यक छ। उनले भने, 'ग्रे लिस्टबाट बाहिरिन सुधारात्मक गतिविधिहरू २०८२ को सुधार योजना र २०८५–८६ को राष्ट्रिय रणनिति कार्ययोजनाअनुसार अघि बढाइरहेका छौं।'



आयोगले तयार पारेका कार्य योजनाहरू अहिले कार्यान्वयनमा छन् र यसले देशलाई छिट्टै ग्रे लिस्टबाट बाहिर निकाल्ने अपेक्षा गरिएको छ। राईले आयोगले सञ्चालन गर्ने सम्पूर्ण कार्यहरू प्रभावकारी ढंगले अघि बढाइरहेको पनि बताए।



आयोगका प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण गर्न राज्यका कार्यकारी संयन्त्र नै बढी जिम्मेवार रहेको उल्लेख गरे। उनले सरुवा, बढुवा, मन्त्री नियुक्ति लगायतमा विचौलियाको दबदबा बढिरहेको भनेर असन्तुष्टि बढिरहेको जानकारी गराए।

तथ्य र प्रमाणका आधारमा जुनसुकै राजनीतिक र प्रशासनिक तहका मानिसलाई अभियोजनको दायरामा अख्तियारले ल्याएको उनको दाबी अनुसन्धानमा सम्बन्धित निकायबाट अपेक्षित सहयोग नभएको भन्दै उनले असन्तुष्टि जनाए । राईले तथ्य र प्रमाणका आधारमा राजनीतिक र प्रशासनिक तहका मानिसलाई अभियोजनको दायरामा ल्याइएको जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भिजन भएको नयाँ पार्टी नै आफ्नो भएको दावी गरेका छन् । पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोन गर्दै संयोजक प्रचण्डले आफ्नो पार्टीले आजको आवश्यकता अनुसारकै घोषणापत्र समेत ल्याएको दावी गरे । युवाहरूमा पहिला अलिअलि कन्फ्युजन जस्तो भएको, तीन वटा पार्टी, तीन वटा नेता भनेर निकै नै प्रचार ...
: नेपाली कांग्रेसले सामाजिक सञ्जालमा चर्चा गरे जस्तो अवस्था भूगोलमा नरहेको दावी गरेकाे छ । आज काठमाडौं अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले चुनावी माहोलको विश्लेषण गर्दै यस्तो निष्कर्ष सुनाएका हुन् । कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको पृष्ठभूमिमा सञ्चारकर्मीले बालेन शाहको लोकप्रियतालाई कत्तिको चुनौती ठान्नु हुन्छ ? भनेर सोधेका थिए ...
: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म जारी भएका चुनावी प्रतिबद्धता कुनै पनि राजनीतिक दलहरूले ५ प्रतिशत पनि कार्यान्वयन नगरेको बताएका छन्। पूर्वका जिल्लाहरूमा चुनावी अभियानका लागि आज बिहान झापा आइपुगेका अध्यक्ष घिसिङले भद्रपुरमा पत्रकारहरूसँग गरेको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन्। राजनीतिक दलहरूले लागू गर्न नसकेको चुनावी प्रतिबद्धता पत्र जारी गर्नुको कुनै अर्थ छैन। ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० ‘भीआईपी’ लाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रकाश पाठकमाथि अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ। जिल्ला अदालत काठमाडौंले पाठकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद दिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले पाठकमाथि अनुसन्धान गर्न जिल्ला अदालतले तीन दिनको म्याद ...
: बर्दिया मार्ग हुँदै अनधिकृत रूपमा भारत लैजान लागिएका तीन जना नेपाली बालबालिकाको नेपाल प्रहरीले उद्धार गरेको छ। दाङको घोराहीबाट एक जना दाङका र दुई जना रोल्पाका बालबालिकालाई भारतीय नागरिकहरूले बर्दियाको बाटो हुँदै भारत लैजाँदै गरेको अवस्थामा बर्दियाको गुलरिया नगरपालिका–७ भन्सार रोड क्षेत्रबाट प्रहरीले उद्धार गरेको हो। उद्धार गरिएका बालबालिकामा दाङ चौघेरा पुलवारीका ८ वर्षीय बालक, ...