। व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि सञ्चालन गरेको आरोपमा काठमाडौंका विभिन्न स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न स्पा तथा मसाज सेन्टरमा अनुगमन तथा जाँच गर्ने क्रममा गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रामेछापकी २९ वर्षीया पार्वती श्रेष्ठ, नुवाकोटकी २६ वर्षीया सुवु गुरुङ, खोटाङकी २५ वर्षीया चन्द्र बस्नेत, भोजपुरकी ३० वर्षीया पार्वती खत्री र नवलपरासीकी २० वर्षीया पूर्णिमा भोटे रहेका छन् ।
त्यस्तै, काभ्रेपलाञ्चोककी २४ वर्षीया पबिना खड्का, दोलखाकी ३१ वर्षीया अनु तामाङ, रामेछापकी २३ वर्षीया कविता मगर, रामेछापकै २१ वर्षीया सविता बोहरा, झापाकी ३३ वर्षीया अम्बिका कार्की र नुवाकोटकी २१ वर्षीया शर्मिला गिरी पनि पक्राउ परेका छन् ।
यसैगरी धादिङका २० वर्षीया रोसनी भुजेल, ३० वर्षीया मिना भुजेल र बंगलादेशका ३८ वर्षीय मसुद राना पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।