मुख्य समाचार
अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको जनसंख्या एक दशकको अवधिमा झन्डै पाँच गुणाले वृद्धि
अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको जनसंख्या एक दशकको अवधिमा झन्डै पाँच गुणाले वृद्धि

। अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको जनसंख्या एक दशकको अवधिमा झन्डै पाँच गुणाले वृद्धि भएको छ ।

इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले सन् २०२६ मा सार्वजनिक गरेको नेपाली डायस्पोरा इन अस्ट्रेलिया शीर्षकको अध्ययनअनुसार सन् २०२५ जुनसम्म अस्ट्रेलियामा नेपालमा जन्मिएका २ लाख १३ हजार ५८० जना बसोबास गरिरहेका छन् ।
अध्ययनअनुसार सन् २०१४ मा अस्ट्रेलियामा नेपालमा जन्मिएका नेपालीको संख्या ४२ हजार ९०० थियो । एक दशकको अवधिमा यो संख्या करिब पाँच गुणाले बढेको हो । सन् २०२१ को जनगणनामा नेपालमा जन्मिएका १ लाख २२ हजार ५०६ जना अस्ट्रेलियामा रहेको तथ्यांक सार्वजनिक भएको थियो ।

आईआईडीएसले अस्ट्रेलियास्थित नेपाली दूतावासको सहकार्यमा तयार पारेको उक्त अध्ययनले नेपाली समुदायको जनसंख्या वृद्धिसँगै सामाजिक, आर्थिक र व्यावसायिक अवस्थाको समेत विश्लेषण गरेको छ ।

अध्ययनका लागि १ हजार ८९ जनाबाट सर्वेक्षणमार्फत जानकारी संकलन गरिएको थियो । त्यसैगरी, विभिन्न सरोकारवालासँग १८ वटा अन्तर्वार्ता र दुईवटा समूहगत छलफल गरिएको थियो

अध्ययनमा सहभागीमध्ये ६१.१६ प्रतिशतले उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएको बताएका छन् । त्यस्तै, करिब २३ प्रतिशतले परिवारसँगको पुनर्मिलनलाई अस्ट्रेलिया आउनुको प्रमुख कारण बताएका छन् ।

अध्ययनअनुसार अस्ट्रेलियामा नेपाली समुदायको उपस्थिति विद्यार्थी र कामदारमा मात्र सीमित नरही व्यवसाय, व्यावसायिक सेवा, उद्यमशीलता, लगानी तथा विभिन्न सामाजिक क्षेत्रमा विस्तार हुँदै गएको छ ।

अस्ट्रेलियामा रहेका नेपालीको आर्थिक अवस्था पनि अध्ययनमा समेटिएको छ । सर्वेक्षणमा सहभागीमध्ये ४५.२७ प्रतिशतको वार्षिक आम्दानी ६५ हजारदेखि १ लाख २० हजार अस्ट्रेलियन डलरको बीचमा रहेको देखिएको छ । त्यस्तै, करिब ३५ प्रतिशतले अस्ट्रेलियामा औपचारिक रूपमा लगानी गरेको बताएका छन् ।

अध्ययनले नेपाली डायस्पोराको योगदानलाई नेपालमा पैसा पठाउने कार्यमा मात्र सीमित नगरी ज्ञान, सीप, प्रविधि, व्यापार, पर्यटन, लगानी र उद्यमशीलताको विकाससँग जोडेर हेरेको छ ।

आईआईडीएसका कार्यकारी अध्यक्ष डा. विश्वास गौचनले नेपाली डायस्पोराको आर्थिक तथा बौद्धिक क्षमतालाई नेपालको विकासमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । अध्ययन प्रस्तुत गर्ने स्नेहा घिमिरेले पनि नेपाली डायस्पोराको भूमिका र योगदान रेमिट्यान्सभन्दा फराकिलो बन्दै गएको उल्लेख गरेकी छन् ।

नेपालका लागि अस्ट्रेलियन राजदूत साइमन अर्नेस्टले पनि अस्ट्रेलियामा रहेको नेपाली समुदायलाई नेपाल र अस्ट्रेलियाबीच आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण सेतुका रूपमा व्याख्या गरेका छन् ।

आईआईडीएस र नेपाली दूतावासको संयुक्त आयोजनामा उक्त अध्ययनसम्बन्धी प्रतिवेदन सन् २०२६ मे १८ मा काठमाडौंमा सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएको छ । मंसिर १६ गतेदेखि २७ गतेसम्म औपचारिक रुपमा प्रतियोगिता सुरु हुने भनिए पनि केही खेलहरु ८ गतेदेखि सुरु भइसकेका छन् । ‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ (गैरआवासीय नेपाली संघ–खेलकुद प्रतिष्ठान) ले प्रतियोगितामा आफ्नो सहभागिता, तयारी र हालसम्मका नतिजाबारे ...
: तपाईं संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत हुनुहुन्छ ? तपाईंको राहदानी (पासपोर्ट) कम्पनीले राखेको छ ? यदि त्यसो हो भने यूएईको कानुनअनुसार तपाईंले आफ्नो पासपोर्ट आफैँसँग राख्न पाउनुहुन्छ । यूएईको संघीय श्रम कानुनले रोजगारदाताले श्रमिकका आधिकारिक कागजात नियन्त्रणमा राख्न नपाउने व्यवस्था गरेको छ । यसमा पासपोर्टसमेत पर्छ । पासपोर्ट श्रमिकको व्यक्तिगत अधिकार भएकाले रोजगारदाताले आफ्नो ...
। साउदी अरबमा भएको हवाई आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ । आक्रमणमा अन्य नेपाली घाइते पनि भएका छन् । गत मंगलबार भएको आक्रमणमा घाइते भएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको जानकारी विहीबार पाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । ‘ती नेपाली कामदारको ६८ प्रतिशत भाग जलेको रहेछ, उपचारको क्रममा दु:खद निधन ...
: संयुक्त अरब इमिरेट्स (यूएई) मा अनलाइन ठगी गर्ने गिरोहको जालोमा नेपाली श्रमिकहरु फस्ने गरेको पाईएको छ । विशेषगरी टेलिग्राममार्फत आकर्षक आम्दानी र पार्टटाइम कामको प्रलोभन देखाएर नेपालीको बैंक खाता प्रयोग गरी गैरकानुनी आर्थिक कारोबार गरेको पाएपछि उनीहरु कानूनी समस्यामा पर्ने गरेका हुन् । यसरी ठगीमा पर्ने नेपालीको यकिन तथ्यांक उपलब्ध नभए पनि संख्या ठूलो ...
। अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरदराज आरणले अमेरिका बस्ने नेपाली समुदायमार्फत पनि नेपाल–अमेरिका मैत्री सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको बताएका छन् । नेपाली महावाणिज्यदूतावास टेक्ससद्वारा मंगलवार आयोजित पत्रकार तथा स्थानीय नेपाली समुदायसँगको भेटमा कार्यवाहक राजदूत आरणले यस्तो बताएका हुन् । ‘नेपाली समुदायको बसोबास धेरै भएका स्थानमा त्यहाँका कांग्रेसम्यान र सिनेटरसम्म तपाईँहरूले हाम्रो पहुँच बनाइदिन सक्नुहुन्छ,’ भेटमा ...