मुख्य समाचार
कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान र अनुशासन नमान्ने छुट कसैलाई नभएको बताए
कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान र अनुशासन नमान्ने छुट कसैलाई नभएको बताए

। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान र अनुशासन नमान्ने छुट कसैलाई नभएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा हामी तयार छौं अभियानअन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुशासन र विधानको पालना नगर्ने निर्वाचित जनप्रतिनिधिहरू पदमा रहिरहन नपाउने चेतावनी दिएका हुन्।

कांग्रेसबाट निर्वाचित कुनै पनि गाउँपालिका अध्यक्ष वा वडाध्यक्षले पार्टीमा आबद्ध नभएको, अनुशासन नमान्ने, पार्टी कार्यालय नजाने वा सभापति नचिन्ने अभिव्यक्ति दिएमा त्यस्ता व्यक्तिलाई धन्यवाद दिएर बिदा गरिने उनको भनाइ छ ।
उनले भने, ‘कांग्रेसबाट निर्वाचित भएर वडाध्यक्ष वा पालिका अध्यक्ष पनि भइराख्छु तर कांग्रेस मान्दिनँ र चिन्दिनँ भन्न पाइँदैन। पार्टीको अनुशासन उल्लङ्घन गर्नेमाथि विधानअनुसार पार्टी अगाडि बढ्छ, यसमा कुनै अलमल छैन ।’

उनले फरक पार्टीबाट कांग्रेस प्रवेश गर्नेहरूको व्यवस्थापनका लागि उपसभापति मधु आचार्यको संयोजकत्वमा समिति गठन गरिएको बताए। त्यस्तै पार्टीका नेता-कार्यकर्ता जोड्न उपसभापति चन्द्र भण्डारीको समन्वयमा काम सुरु भएको थापाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि सञ्चालन गरेको आरोपमा काठमाडौंका विभिन्न स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न स्पा तथा मसाज सेन्टरमा अनुगमन तथा जाँच गर्ने क्रममा गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा रामेछापकी २९ वर्षीया पार्वती श्रेष्ठ, नुवाकोटकी ...
। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्न १२ वर्षअघि त्रिशूलीमाथिको निर्माण थालिएको पुल हालसम्म पूरा नभएको सन्दर्भमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। मन्त्री लम्सालले पुरानै संरचना वा नयाँमा पुल बनाउने निर्णय भइनसकेको बताए । निर्माणको जिम्मा पाएको ...
। सरकारले बृहत्तर जनकपुर क्षेत्र पूर्वाधार तथा सांस्कृतिक केन्द्र विकास सम्बन्धी कार्यक्रम उपहानगरपालिकालाई हस्तान्तरण गरेको छ । केन्द्र विकास सम्बन्धी कार्यक्रम हस्तान्तरण तथा कार्यान्वयन सम्बन्धी कार्यविधि बनाउँदै सरकारले उक्त कार्यक्रम तल्लो सरकारमा हस्तान्तरण गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको बजेटमा यसबारे उल्लेख छ । यसमार्फत जनकपुर क्षेत्रका धार्मिक, सांस्कृति, ऐतिहासिक ...
। जारी पर्वतारोहण सिजनमा हिमाल चढ्न १ हजार ६ सय ३३ जनाले अनुमति लिएका छन् । पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार यस सिजनमा कुल १ सय ९० समूहले आरोहण अनुमति लिएका छन् । जसमा ३ सय ८० महिला छन् । कुल ५० हिमाल आरोहण गर्न अनुमति जारी भएको विभागको तथ्यांक छ । यसमध्ये सबैभन्दा धेरै ...
: झापाको भद्रपुरस्थित देउनियाँ पुल माथिबाट मोटरसाइकल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भद्रपुर नगरपालिका-७ निवासी अन्दाजी ३५ वर्षीय रणबहादुर भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेची राजमार्गको चारआली केचना सडक खण्ड अन्तरगतको भद्रपुर-३ स्थित देउनियाँ पुलमुनि शनिबार राति प्र १–०१–०१३ प २५७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल ...