मुख्य समाचार
चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात
चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात

। नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशतर्फ निर्यात गरेको हो ।

प्राकिरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । साथै, द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरेक वर्ष जुन—अक्टोबरसम्म भारतका हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात भइरहेको छ । त्यस्तै, नेपाल, भारत र बंगलादेशका निकायबीचको त्रिपक्षीय सम्झौता बमोजिम बंगलादेश पनि विद्युत निर्यात हुँदै आएको छ ।

वर्षायामका छ महिनामा अर्थात् प्रत्येक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशतर्फ विद्युत् निर्यात हुँदै आएको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने व्यवस्था छ ।

चार महिनामा भारतर्फको विद्युत् निर्यात

महिना ऊर्जा निर्यात (युनिट) कारोबार रकम (रुपैयाँ) प्रतियुनिट औसत दर (रुपैयाँ)
साउन ६२ करोड ९८ लाख ५ अर्ब १३ करोड ३९ लाख ८.१५
भदौ ५७ करोड ८७ लाख ५ अर्ब २२ करोड ९२ लाख ९.०४
असोज ६५ करोड ९ लाख ६ अर्ब ५ करोड ८१ लाख ९.३१
कात्तिक ५२ करोड ९३ लाख ४ अर्ब ६ करोड २५ लाख ७.६८
जम्मा २ अर्ब ३८ करोड ८७ लाख २० अर्ब ४८ करोड ३७ लाख ८.५८
स्रोत- नेपाल विद्युत् प्राधिकरण

प्राधिकरण केन्द्रीय भुक्तानी विभागको प्रारम्भिक तथ्याङ्कअनुसार,उक्त अवधिमा विद्युत् निर्यातबाट २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ प्राप्त भएको छ । चार महिनाको औसत विद्युत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ ।

कात्तिक महिनामा ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ प्राप्त भएको छ । उक्त महिनाको औसत विद्युत बिक्री दर प्रतियुनिट ७ रुपैयाँ ६८ पैसा रहेको थियो ।

असोज महिनामा सबैभन्दा बढी ६५ करोड ९ लाख युनिट विद्युत निर्यात भएको छ । उक्त महिनामा ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यस महिनाको औसत बिक्री दर प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भदौ र असोज महिनामा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारणतर्फका संरचनामा क्षति पुगेर केही आयोजनाको उत्पादन बन्द हुँदा यस वर्ष विद्युत् निर्यात प्रभावित भएको बताए ।

उनले निर्यातका लागि स्वीकृति पाएका केही आयोजनामा क्षति पुगे पनि आन्तरिक खपतपछि बचत भएको विद्युत् उल्लेख्य परिमाणमा निर्यात गर्न प्राधिकरण सफल भएको बताए ।

गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युत निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ प्राप्त गरेको थियो । सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत् आयात गरी १० अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरिएको थियो । गत आवमा विद्युत् आयातभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो । यससँगै नेपाल विगत दुई वर्षबाट विद्युतको खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ५ करोड ७५ लाख अमेरिकी डलर बराबर ऋण तथा अनुदान सहायता स्वीकृत गरेको छ । एडीबीका अनुसार काठमाडौं उपत्यकाको खानेपानी आपूर्ति तथा ढल निकास परियोजनामा खर्च गर्ने गरी उक्त सहायता स्वीकृत गरिएको हो । यसमध्ये ५ करोड डलर (७ अर्ब ३८ करोड हाराहारी) ऋण र ७५ लाख डलर (१ ...
। नेपाली उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउने लक्ष्यसहित युरोपेली बजारमा नेपाली वस्तुहरूको पहुँच विस्तार, निर्यात प्रवर्द्धन र लगानी आकर्षण गर्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उच्चस्तरीय छलफल भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र युरोपेली राजदूत चाल्र्स ह्वाइटलीबीच मंगलबार भएको शिष्टाचार भेटवार्तामा नेपाल र युरोपबीचको व्यापारिक सम्बन्ध विस्तार तथा आर्थिक सहकार्यलाई थप प्रभावकारी ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारेका छन् । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । उनले नेपाललाई प्राप्त ५६ अर्ब ...
। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आयोजित नेपाल–भारत बिजनेस राउन्डटेबलमा नेपालका उद्योग व्यवसायीले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप व्यावहारिक र परिणाममुखी बनाउन व्यापारका अवरोध हटाउन, पूर्वाधार विस्तार गर्न र भारतीय लगानी बढाउन आग्रह गरेका छन् । उनीहरूको आग्रहमा भारतीय वाणिज्यमन्त्री जितीनप्रसादले नेपालको उत्पादन क्षमता, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी तथा सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै ...
: अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकको सेयर बजारमा कारोबार सुरु भएको दोस्रो दिनमै उल्लेख्य गिरावट आएको छ । पहिलो दिन उत्साहजनक कारोबार गरेको कम्पनीको सेयर शुक्रबार एकैदिन १२ प्रतिशतभन्दा बढीले घट्दै प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मूल्यको आसपास पुगेको हो । क्लाउड (Claude) च्याटबोट निर्माता एन्थ्रोपिकले आईपीओमार्फत ८१ अर्ब अमेरिकी डलर जुटाएको थियो । बिहीबार नास्डाकमा ...