मुख्य समाचार
दैलेखको ग्याँस खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौं : रवि लामिछाने
दैलेखको ग्याँस खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौं : रवि लामिछाने

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन् ।

सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शनिबार साँझ जलजलेस्थित ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्न पुग्नुभएका सभापति लामिछानेले खानीको वर्तमान अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका थिए ।




अवलोकनका क्रममा उनले दुई वर्षअघि नै चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ पूरा गरिए पनि एक वर्षयता परीक्षणको काम रोकिँदा करोडौँ मूल्य बराबरका संवेदनशील उपकरणमा खिया लाग्न थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

उनले भने, ‘पहिलो पटक यहाँ आएर यसको अवस्था हेरेँ । उत्पादनको आवश्यकता छँदैछ, तत्काल महँगा उपकरणको संरक्षणको पनि उत्तिकै खाँचो देखियो । प्राविधिक काम कहाँ र किन अड्किएको हो, त्यसबारे थप बुझनुपर्छ ।’


सभापति लामिछानेले लामो समयदेखि अड्किएको ‘वेल टेस्ट’ तथा व्यावसायिक उत्पादनको प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालय र विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता जनाए । उनले प्रयोगशाला परीक्षणबाट ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार पुष्टि भएकाले देशको करिब ५० देखि ६० वर्षसम्मको माग धान्न सक्ने हुँदा यो कर्णालीको मुहार फेर्ने राष्ट्रिय गौरवको आयोजना रहेको उल्लेख गरे ।

नेपाल र चीनबीचको समझदारीअनुरुप विसं २०७६ फागुनमा विस्तृत अन्वेषण सम्झौतामार्फत ४५ रोपनी जग्गा अधिग्रहण गरी यो परियोजना अघि बढाइएको हो । ‘हामीले आमनागरिकसँग गरेको बाचा र चाहेको समृद्धिका आधार यिनै गौरवका आयोजना हुन्’, सभापति लामिछानेले भने, ‘यसको उत्खननलाई पूर्णता दिन निरन्तर पहल रहनेछ । विस्तृत अध्ययन गरी ठोस कदम चालिनेछ, सिङ्गो कर्णालीवासीले छिट्टै सकारात्मक सन्देश पाउनुहुनेछ ।’

यसअघि उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको बिर्तामोडबाट लागुऔषध ब्राउन सुगरको कारोबार गर्ने एक महिला पक्राउ परेकी छन्। प्रहरीले उनको साथबाट १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर र १३ लाख ३९ हजार रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी स्थायी घर भइ हाल बिर्तामोड नगरपालिका-५ जिर्गाटोलस्थित वसन्त पवन तिम्सिनाको घरमा कोठा ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पति छानबिन गर्न सरकारलाई आग्रह गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौं अभियान अन्तर्गतको’ स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आफूहरू सार्वजनिक ओहोदामा बसेका सबैको सम्पति छानबिन होस् भन्नेमा रहेको र यसका निमित तयार रहेको बताएका हुन् ...
: सिन्धुलीको दुधौली नगरपालिका-३ झुंगास्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते भएका छन्। आइतबार दिउँसो १३:१५ बजेतिर काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१-०२८ च २७८३ नम्बरको जीप अनियन्त्रित भइ सडकबाट तल खस्दा दुर्घटना भएको हो। घाइते हुनेमा सुनसरी,बराहक्षेत्र नगरपालिका–८ बस्ने अन्दाजी ४२ वर्षीय चालक मातृका भट्टराई,उनकी श्रीमती अन्दाजी ३८ वर्षीया प्रमिला भट्टराई,निजका छोरा अन्दाजी ...
: नेपाली कांग्रेसका सभापति गगन थापाले विधान विपरित चल्ने पार्टीका नेता,कार्यकर्तामाथि कडा कारबाही हुने चेतावनी दिएका छन्। पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको प्रभावमा परेर सोही अनुसारको गतिविधि गर्नेंलाई पार्टीले कारबाही गर्ने उनको भनाइ छ। आइतबार पार्टी मुख्यालय सानेपामा आयोजित 'हामी तयार छौं' अभियानअन्तर्गतको स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसबाट ...
: प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने भएपछि कर्णाली प्रदेशमा आयोजना भइरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरक्षा व्यवस्था कडा पारिँदै छ। प्रतियोगिताको उद्घाटन समारोहसहित समग्र खेल अवधिको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुर्खेतमा विशेष सुरक्षा समन्वय बैठक भइरहेको छ। आगामी मङ्सिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रधानमन्त्री शाहको उपस्थितिमा प्रतियोगिताको औपचारिक उद्घाटन हुँदैछ। प्रधानमन्त्रीसहित अति विशिष्ट व्यक्तिको ...