मुख्य समाचार
म्यान्माको सेनाले दुई दिनमा गरेका छुट्टाछुट्टै हवाई आक्रमणमा बालबालिकासहित ७० भन्दा बढीको मृत्यु
म्यान्माको सेनाले दुई दिनमा गरेका छुट्टाछुट्टै हवाई आक्रमणमा बालबालिकासहित ७० भन्दा बढीको मृत्यु

। म्यान्माको सेनाले दुई दिनमा गरेका छुट्टाछुट्टै हवाई आक्रमणमा बालबालिकासहित ७० भन्दा बढीको मृत्यु भएको विपक्षी समूह, उद्धारकर्मी र सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा ७० भन्दा बढी घाइते भएका छन् ।

नोभेम्बर २८ मा शान राज्यको पेखोन क्षेत्रमा विवाहको तयारी भइरहेका बेला लडाकू विमानले बम खसाल्दा २१ सर्वसाधारणको मृत्यु र ३० जना घाइते भएको करेन्नी राज्यको अन्तरिम कार्यकारी परिषद्का सचिव बान्या खुङ आङले बताए।

त्यसै दिन रखाइन राज्यको म्राउक–यू नगरपालिकाका दुई आवासीय क्षेत्रमा भएका आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु र दुई दर्जनभन्दा बढी घाइते भएको उद्धार अधिकारी वाइ हुन आङले जानकारी दिनुभयो । मृतकको सङ्ख्या अझै बढ्न सक्ने उनले बताए।

यसैगरी, नोभेम्बर २६ मा म्याग्वे क्षेत्रमा विद्यालय र बौद्ध गुम्बा रहेको परिसरमा भएको आक्रमणमा शिक्षक तथा बालबालिकासहित करिब २० सर्वसाधारण र लोकतन्त्र समर्थक नौ लडाकूको मृत्यु भएको राष्ट्रिय एकता सरकार ९एनयुजी० ले जनाएको छ । घटनामा २१ जना घाइते भएका थिए ।


सैनिक समर्थित सरकारले घटनाबारे तत्काल प्रतिक्रिया दिएको छैन । सेनाले यसअघि आफूले युद्धका वैध लक्ष्यमा मात्रै आक्रमण गर्ने र प्रतिरोधी समूहलाई आतङ्कवादी भन्ने गरेको थियो ।

सन् २०२१ मा सेनाले आङ सान सुकी नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि म्यान्मामा द्वन्द्व जारी छ । सैनिक समर्थित सरकारले विपक्षीको नियन्त्रणमा रहेका क्षेत्र पुनः कब्जा गर्न पछिल्ला महिनामा हवाई तथा स्थल कारबाही तीव्र बनाएको छ ।

रखाइनमा सन् २०१७ मा सेनाले रोहिङ्ग्या मुस्लिम समुदायमाथि गरेको कारबाही नरसंहार भएको अन्तर्राष्ट्रिय न्यायालयले एक साताअघि ठहर गरेको थियो । त्यसको एक सातापछि पछिल्ला हवाई आक्रमण भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेलायत आएर पढ्न, काम गर्न र यतै ‘सेटल’ हुने लाखौं आप्रवासीको सपना अब टुट्ने भएको छ । एकपछि अर्को अध्यागमन नियम कडाइले चारैतिर सम्भावनाका ढोका बन्द हुनलाग्दा आप्रवासीहरू चिन्तित छन् । यो चिन्ता उज्वल भविष्य खोजिरहेका हजारौं नेपाली विद्यार्थी र कामदारलाई समेत परेको छ । तीनैमध्येकी एक हुन्, सृजना भुसाल । सृजना गत अप्रिलमा बीपीपी युनिभर्सिटीमा ‘हेल्थ ...
। गत अक्टोबर २७ मा सम्पन्न आम निर्वाचनबाट कुनै पनि दलले स्पष्ट बहुमत नल्याएपछि इजरायलमा नयाँ सरकार गठनको प्रक्रिया थप अनिश्चित बनेको छ। मध्यमार्गी याशार पार्टीका प्रमुख गादी आइजनकोट र उनका मुख्य प्रतिद्वन्द्वी कामचलाउ प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीबीच संयुक्त सरकार गठनका लागि भइरहेका वार्ता निष्कर्षविहीन बनेका छन्। इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायल र सार्वजनिक प्रसारक कानका ...
। अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक विद्यालयनजिकै शनिबार भएको शक्तिशाली विस्फोटमा १० बालबालिकाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। तालिबान सरकारको गृह मन्त्रालयका प्रवक्ताले बीबीसीलाई उक्त जानकारी दिएका हुन्। यसअघि विस्फोटमा ६ देखि ७ जना बालबालिकाको मृत्यु भएको विवरण बाहिरिएको थियो। विद्यालयको ठिक छेउमा रहेको विस्फोटक पदार्थ (डाइनामाइट) भण्डारण गर्ने गोदाममा विस्फोट भएको ...
: अमेरिकाको न्युयोर्कमा विश्वप्रसिद्ध ‘मेसीज थ्याङ्क्सगिभिङ डे परेड’ को १००औँ संस्करण शनिबार भव्य रूपमा सम्पन्न भएको छ । मौसम प्रतिकूल हुने र तीव्र हावाहुरी चल्ने पूर्वानुमानका कारण इतिहासमै पहिलोपटक स्थगित गरिएको परेड शनिबार आयोजना गरिएको हो । यसअघि हरेक वर्ष थ्याङ्क्सगिभिङ पर्वका दिन बिहीबार आयोजना हुँदै आएको परेड यसपटक दुई दिनपछि सञ्चालन गरिएको थियो । परेडमा हजारौँ ...
। अस्ट्रेलियाले टुरिस्ट भिसासम्बन्धी नियममा परिवर्तन गर्दै थप कडाइ गरेको छ। शनिबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब टुरिस्ट भिसामा अस्ट्रेलिया जाने यात्रुले त्यहाँ पुगिसकेपछि आफ्नो भिसाको अवधि थप्न पाउने छैनन्। यो नियम भिजिटर भिसा (सबक्लास ६००) का सबै श्रेणीमा लागू हुनेछ। हाल अस्ट्रेलियाले अधिकतम १२ महिनासम्मको टुरिस्ट भिसा जारी गर्ने गरेको छ। यद्यपि, यात्रुले त्यहाँ कति ...