मुख्य समाचार
गृहमन्त्री सुधन गुरुङले बिरामी खरिदबिक्री गर्नेलाई मानव बेचबिखनको मुद्दा लगाउने चेतावनी
गृहमन्त्री सुधन गुरुङले बिरामी खरिदबिक्री गर्नेलाई मानव बेचबिखनको मुद्दा लगाउने चेतावनी

। गृहमन्त्री सुधन गुरुङले बिरामी खरिदबिक्री गर्नेलाई मानव बेचबिखनको मुद्दा लगाउने चेतावनी दिएका छन् । शनिबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका गृहमन्त्री गुरुङले यस्तो चेतावनी दिएका हुन् ।

‘अझै पनि बिरामीहरू बेचबिखन भइरहेको छ भन्ने सुन्नमा आएको छ । आफ्ना नागरिक कसैले बेच्दाखेरि त गृहमन्त्रालय हेरेर बस्ने कुरा आउँदैन्,’ प्रतिष्ठानमा पत्रकारसँग कुराकानी गर्दै गृहमन्त्री गुरुङले भने, ‘प्रहरीलाई निर्देशन दिएका छौँ, विचौलियाविरुद्ध केही दिनभित्रमा केही न केही अपरेसन चलाउँछौं ।’

अस्पताल आएका बिरामीलाई उपचार हुन नसक्ने अवस्थामा मात्रै चिकित्सक र सम्बन्धित विभागले मात्र रिफर गर्नुपर्ने प्रावधान हुन्छ । तर, बीपी प्रतिष्ठानबाट विचौलियाहरूले ‘यहाँभन्दा अरु अस्पतालमा राम्रो र छिटो उपचार हुने’ भन्दै कमिसन लिएर निजी अस्पतालमा पठाउने गरेको गुनासो छ । जसमा एम्बुलेन्स चालकको समेत मिलेमतो हुनेगरेको बताइन्छ ।

बिरामीलाई एम्बुलेन्स चालक र औषधी व्याबसायीहरूले कमिसनको लोभमा अन्यत्र पठाएको आरोपमा केही महिनाअघि मात्रै प्रतिष्ठान हाताभित्रबाट १२ जना बढीलाई पक्राउ नै गरिइको थियो ।


यही कुरालाई मध्यनजर गर्दै गृहमन्त्री गुरुङले चेतावनी दिएका हुन् । गुरुङ निरीक्षणमा पुग्दा कोशी प्रदेश प्रहरी प्रमुख, सुनसरी जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलगायत सँगै थिए ।

गुरुङले प्रतिष्ठानका उपकुलपति प्राडा. स्मृति कार्की, अस्पताल निर्देशक डा. इन्द्र लिम्बू, रजिस्ट्रार धरणीधर बरालसँग पनि कुराकानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ स्थित इनर्वा नाकाबाट स्रोत नखुलेको चार लाख नेपाली रुपैयाँसहित दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण सर्लाहीका अनुसार शनिबार दिउँसो करिब १ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० आर २११९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम फेला परेको हो । पक्राउ पर्नेमा ...
: सुनसरीको रामधुनी नगरपालिका–५ झुम्का बजारबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र मोटरसाइकलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार साँझ ६ बजेतिर झुम्का बजार क्षेत्रबाटइनरुवा नगरपालिका–३ का ३१ वर्षीय अमित अधिकारी र २४ वर्षीय रोहन पोदारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। झुम्का बजारमा लागूऔषधको कारोबार भइरहेको जानकारी आएपछि लागूऔषध नियन्त्रण ब्युरो विराटनगर ...
: नेपाली कांग्रेसले संवैधानिक मर्यादामा रहन र जनसरोकारमा केन्द्रित हुन माग गर्दै सरकारको ध्यानाकर्षण गराउने भएको छ। केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकारमा कांग्रेसले सरकारलाई आफ्ना गलत निर्णय र कार्यशैली सच्याउन, संवैधानिक मर्यादामा फर्कन र विधिको शासन सुनिश्चित गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको जनाएको हो। बैठकले कांग्रेसको संयमलाई कमजोरी, रचनात्मकतालाई मौनता र ...
। नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले आफूहरूलाई कारबाहीको धम्की दिइएको भन्दै कारबाहीसँग नडराउने बताएका छन् । पूर्वसभापति शेरबहादुर देउवा पक्षमा खुलेका नेता बस्नेतले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै यस्तो बताएका हुन् । शनिबार सर्लाहीमा आयोजित देउवा समूहको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘म यस मञ्चबाट भन्न चाहन्छु, हिम्मत र ताकत छ भने कारबाही गरेर ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले मुलुकको उपलब्धि र जनताको अधिकारमाथि प्रहार गरिरहेको आरोप लगाएका छन् । नेकपा उपत्यका प्रदेश समितिले शनिबार काठमाडौंमा अयाोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो आरोप लगाएका हुन् । उनले नयाँ बनेको भनिएको सरकारले विगतका आन्दोलन र बलिदानबाट प्राप्त समावेशिता र प्रतिनिधित्वका अधिकारमा प्रहार गरिरहेको आरोप लगाए । मजदुर, सुकुमवासी, ...