मुख्य समाचार
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रुकुमपश्चिमको चौरजहारीमा सम्पन्न शारीरिक सुगठनमा चार स्वर्ण पदक जित्दै गण्डकी प्रदेश पहिलो
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रुकुमपश्चिमको चौरजहारीमा सम्पन्न शारीरिक सुगठनमा चार स्वर्ण पदक जित्दै गण्डकी प्रदेश पहिलो

। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रुकुमपश्चिमको चौरजहारीमा सम्पन्न शारीरिक सुगठनमा चार स्वर्ण पदक जित्दै गण्डकी प्रदेश पहिलो भएको छ ।

प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार गण्डकीले चार स्वर्ण, एक रजत र तीन कास्य गरी कुल आठ पदक जित्यो ।
तीन स्वर्ण, दुई रजत र चार कास्यसहित नेपाली आर्मी दोस्रो हुँदा तीन स्वर्ण, पाँच रजत र दुई कास्य जितेको बागमती प्रदेश तेस्रो भयो । तीन स्वर्ण र एक रजत जितेको एपीएफ चौथो स्थानमा रह्यो ।

दुई स्वर्ण, ६ रजत र तीन कास्यसहित लुम्बिनी प्रदेश पाँचौँ तथा दुई स्वर्ण, एक रजत र दुई कास्य जितेको नेपाल पुलिस छैटौँ भयो ।


एक स्वर्ण, एक रजत र एक कास्यसहित कोशी प्रदेश सातौँ हुँदा एक रजत र एक कास्य जितेको सुदूरपश्चिम आठौँ भयो । दुई कास्य पदक जितेको मधेश प्रदेश नवौँ स्थानमा रहँदा कर्णाली प्रदेश पदकविहीन बन्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री आउने जानकारी दिएका हुन्। ‘प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री आउनुहुन्छ’ मन्त्री पोखरेलले भने, ‘उद्घाटनको समय भने १४ गतेपछि मात्रै थाहा हुन्छ ।’ उद्घाटनमा ...
: आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघले आज कप्तान सन्दीप लामिछानेको कप्तानीमा प्रतियोगिताका लागि १५ सदस्यीय टोली घोषणा गरेको हो । आइसिसी विश्वकप क्वालिफायर प्लेअफ यही मंसिर १८ देखि पुष ६ गतेसम्म काठमाडौंको टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। प्रतियोगितामा ८ वटा टोलीले प्रतिस्पर्धा ...
। आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार कप्तान सन्दीप लामिछानेको नेतृत्वमा टोली सार्वजनिक गरेको हो । टोलीमा आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण ...
। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले शनिबार कर्णाली प्रदेश रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा उद्घाटन कार्यक्रम र प्रतियोगिताको तयारीबारे जानकारी गराइएको हो ...
। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट र प्यारापिटको लागत इस्टिमेट तयार गरेर पठाउन निर्देशन दिएका छन् । रामपुरमा निर्माणाधीन रंगशालाको निरीक्षणपछि मन्त्री लम्सालले तीन महिनाभित्र लागत इस्टिमेट तयार गरेर मन्त्रालयमा पठाउन निर्देशन दिएका हुन् । त्यसका लागि मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्ने बताए । मन्त्री लम्सालले उनले आगामी सिजनको नेपाल ...