मुख्य समाचार
गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते विवाह बन्धनमा बाँधिन लागेको बताए
गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते विवाह बन्धनमा बाँधिन लागेको बताए

। गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते विवाह बन्धनमा बाँधिन लागेको बताएका छन् ।

शनिबार सुनसरीको इटहरीमा सुरु भएको तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै उनले ठट्यौली शैलीमा विवाहको मिति घोषणा गरेका हुन् ।

‘सबैजनामा कौतूहलता र कन्फ्युजन पनि छ जस्तो लाग्छ, १७ गतेको कुरा बेसी आइरहेको छ,’ गृहमन्त्री गुरुङले रमाइलो शैलीमा भने, ‘देशको गृहमन्त्रीलाई पनि अर्को गृहमन्त्री चाहेको भएर चाहिँ खासमा १७ गते गर्ने भएको छ ।’

मंसिर १७ गते विवाह गर्न लागेको जानकारी दिँदै उनले खुसीको खबर पहिलोपटक सार्वजनिक रूपमा आफ्नै समुदायमाझ साट्न पाउँदा गर्व महसुस भएको बताए ।


सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले पूर्वी नेपाल आफ्नो मनमा विशेष स्थानमा रहेको बताए ।

विगतमा आफू सामान्य नागरिक हुँदा बेथिति र विसंगतिविरुद्ध काठमाडौँबाट दुई–तीन जना साथीहरूसँग धरान आएर सात महिनासम्म आन्दोलन गरेको दिन उनले स्मरण गरे ।

‘सात महिनासम्म धरानमा आन्दोलन गर्दाखेरि पूर्वले जसरी हरेक दिन साथ दियो, त्यही भएर पूर्व मेरो लागि एकदमै महत्त्वपूर्ण र विशेष ठाउँ हो, मेरो मनमा छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले मुलुकको उपलब्धि र जनताको अधिकारमाथि प्रहार गरिरहेको आरोप लगाएका छन् । नेकपा उपत्यका प्रदेश समितिले शनिबार काठमाडौंमा अयाोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो आरोप लगाएका हुन् । उनले नयाँ बनेको भनिएको सरकारले विगतका आन्दोलन र बलिदानबाट प्राप्त समावेशिता र प्रतिनिधित्वका अधिकारमा प्रहार गरिरहेको आरोप लगाए । मजदुर, सुकुमवासी, ...
: मकवानपुरमा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ परेका छन्। इन्द्रसरोवर गा.पा. ४ गोठभित्ता बस्ने ४० वर्षीय रमेश पाख्रिनले आफ्नै श्रीमती ३५ वर्षीया रुकु पाख्रिनलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गएराति अन्दाजी ९ बजे श्रीमान्-श्रीमतीबीच झैझगडा भएको भनी स्थानीयमार्फत प्रहरीलाई जानकारी प्राप्त भएको थियो। प्रहरी चौकी फाखेल, मकवानपुरबाट प्रहरी ...
: कोशी लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–२ होम्सस्थित सडक खण्डमा यात्रुवाहक बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। शनिबार बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५२३७ नम्बरको बसले बाटो काट्ने क्रममा स्थानीय ८२ वर्षीय भीमबहादुर खत्रीलाई ठक्कर दिएको थियो। इटहरी उपमहानगरपालिका–२० तरहरा शान्ति टोलका स्थायी बासिन्दा खत्री बसको ठक्करबाट गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै प्रहरी चौकी ...
: जनकपुरधाममा मनाइने विवाह पञ्चमी महोत्सवको निम्तो दिन आज एक टोली भगवान् श्रीरामको जन्मभूमि अयोध्या प्रस्थान गरेको छ। जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दू परिषद् तथा नागरिक समाजका प्रतिनिधि सम्मिलित टोली अयोध्या–जनकपुरधाम सञ्चालन भएको सरयू–कमला एक्सप्रेस रेलमार्फत अयोध्या गएको हो। दशकौंदेखि भगवान रामसीताको विवाहको दिनलाई जिवन्त पार्दै जनकपुरमा सीताराम विवाह पञ्चमी महोत्सव मनाउँदै आएको हो। जनकपुरधामका नगरप्रमुख ...
। सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टको म्याद एक वर्ष थप गर्न अर्थ मन्त्रालयलाई अधिकार प्रदान गरेको छ । अर्थमन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्को बैठकले लागत नबढ्नेगरी एमसीसी कम्प्याक्ट अन्तर्गतका परियोजना सम्पन्न गर्ने म्याद एक वर्ष थप गर्ने अधिकार अर्थमन्त्रालयलाई प्रदान गरेको हो । एमसीसी अनुदानमा सञ्चालित परियोजनाहरू पाँच वर्षभित्र सम्पन्न गर्नैपर्ने बाध्यात्मक व्यवस्था छ । तर, नेपालमा ...