: अमेरिकाको न्युयोर्कमा विश्वप्रसिद्ध ‘मेसीज थ्याङ्क्सगिभिङ डे परेड’ को १००औँ संस्करण शनिबार भव्य रूपमा सम्पन्न भएको छ ।
मौसम प्रतिकूल हुने र तीव्र हावाहुरी चल्ने पूर्वानुमानका कारण इतिहासमै पहिलोपटक स्थगित गरिएको परेड शनिबार आयोजना गरिएको हो । यसअघि हरेक वर्ष थ्याङ्क्सगिभिङ पर्वका दिन बिहीबार आयोजना हुँदै आएको परेड यसपटक दुई दिनपछि सञ्चालन गरिएको थियो ।
परेडमा हजारौँ दर्शकको उपस्थिति रहेको थियो । विभिन्न कलाकार, सांगीतिक समूह, मार्चिङ ब्यान्ड, नृत्य टोली तथा विशाल बेलुनहरूले न्युयोर्कका सडकलाई उत्सवमय बनाएका थिए ।
यस वर्षको परेडमा क्विन लाटिफा, एलएल कूल जे, नताशा बेडिङफिल्ड र केके पाल्मरलगायत कलाकारले प्रस्तुति दिएका थिए । साथै मिनियन, मिकी माउस, फेलिक्स द क्याट र अन्डरडगका विशाल बेलुन आकर्षणका केन्द्र बनेका थिए ।
सन् १९२४ मा सुरु भएको यो परेड दोस्रो विश्वयुद्धका कारण सन् १९४२ देखि १९४४ सम्म लगातार तीन वर्ष रोकिएको थियो । त्यसैले सन् २०२६ को संस्करण यसको १००औँ आयोजना बनेको हो ।