मुख्य समाचार
घरायसी विवादका क्रममा छोराले प्रहार गरेको दाउरा लागेर बुबाको मृत्यु
घरायसी विवादका क्रममा छोराले प्रहार गरेको दाउरा लागेर बुबाको मृत्यु

। डोटीमा घरायसी विवादका क्रममा छोराले प्रहार गरेको दाउरा लागेर बुबाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ५० वर्षीय रणबहादुर चन्द रहेको प्रहरीले जनाएको छ ।

२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले छोराले घरायसी विवादमा बुवाको हत्या गरेको बताए ।


उनकाअनुसार शुक्रबार बिहान ११ बजे घरायसी विवादका क्रममा दाउरा प्रहारबाट गम्भीर घाइते भएका रणबहादुरलाई उपचारका लागि दिपायलस्थित सुजङ अस्पताल पुगाइएको थियो ।

सुजङ अस्पतालले थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएपछि डडेलधुरा लैजाने क्रममा शुक्रबार साँझ करिब ५:३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको डडेलधुरा अस्पतालमा पोस्टमार्टम गरिएपछि शव परिवारले बुझिसकेको छ । घटनामा संलग्न आरोपित छोरा विकासबहादुरलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रहरीलाई छलेर भागेको कारबाट इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले शनिबार २३७ किलो लागूऔषध गाँजा बरामद गरेको छ । बाराको पथलैयामा रोक्न खोज्दा तिव्र गतिमा भागेको बा१७च २६३६ नम्बरको गाडीलाई पछ्याउँदै प्रहरी गाँजा बरामद गर्न सफल भएको हो । अमलेखगञ्जबाट आउँदै गरेको कार पथलैयाबाट पूर्वतर्फ फरार भएलगत्तै इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) ...
। नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन शाह ‘बालेन्द्र’को भारत भ्रमणका क्रममा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएको सीमा मुद्दाले अपेक्षित प्राथमिकता नपाएको भन्दै सरकारसँग जवाफ मागेको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री शाहको भारत भ्रमणबारे निर्णय गर्दै सीमा विवादलाई उच्चस्तरीय कूटनीतिक संवादमा प्राथमिकताका साथ उठाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । कांग्रेसले प्रधानमन्त्री शाहको विगतका अभिव्यक्ति ...
। हनुमानढोका दरबारको नासलचोक डबलीमा शनिबार नरदेवी श्वेतकाली(ङतभुलु अजिमा)को परम्परागत नाच देखाइएको छ । हरेक १२ वर्षमा‌ आयोजना हुने परम्परागत नरदेवी श्वेतकाली नाचको अन्तिम दिन आज नासल चोकमा नाच देखाइएको हो । शनिबार नाचको अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल पत्नी सहित नासलचोकमा पुगेका थिए । राष्ट्रपति बाहेक काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोल, कांग्रेस सभापति गगन थापा ...
: १० भदौमा आएको भोटेकोशी बाढीपछि अर्थ मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयले संयुक्त रूपमा हानि तथा नोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) लाई पत्राचार गरे। उक्त बाढी जलवायु परिवर्तनकै कारण आएको वैज्ञानिक पुष्टि भएको भन्दै सहयोग पाउनुपर्ने दाबी नेपालको थियो। जवाफमा कोषले भोटेकोशी बाढीलाई सम्बोधन गर्न करिब २१.६ मिलियन डलर ...
। नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनका लागि प्रचारप्रसार तथा सञ्चार व्यवस्थापन गर्न स्थापना गरिएको मिडिया सेन्टर शुभारम्भ गरेको छ । महाधिवेशनका लागि गठित देउवा समूहको प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले शनिबार मिडिया सेन्टरको उद्घाटन गरेका हुन् । मिडिया सेन्टर शुभारम्भ गर्दै नेता महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न ...