मुख्य समाचार
हिजाब नलगाई गीत गाएको भन्दै इरानी गायिकालाई ७४ कोर्रा
हिजाब नलगाई गीत गाएको भन्दै इरानी गायिकालाई ७४ कोर्रा

: इरानमा चर्चित गायिका परस्तु अहमदीलाई हिजाब नलगाई सार्वजनिक रूपमा गीत गाएको अभियोगमा ७४ कोर्रा हानिएको छ। उनीसँगै उनका सांगीतिक टोलीका चार सदस्यलाई पनि समान सजाय दिइएको छ।

२९ वर्षीया अहमदीलाई गत नोभेम्बर २३ (सोमबार) मा इरानको धार्मिक सहर कोममा कोर्रा हानिएको हो। उनका वकिल मुस्तफा निलीलाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यम इम्तेदादले यसबारे समाचार सार्वजनिक गरेको छ। अहमदीले सन् २०२४ डिसेम्बर ११ मा कोम प्रान्तस्थित ऐतिहासिक देइर–ए–गचिन कारभान्सराईमा दर्शकबिनै सांगीतिक कार्यक्रम आयोजना गरेकी थिइन्।

कार्यक्रममा उनले हिजाब नलगाई र काँध देखिने पहिरनमा एक्लै गीत गाएकी थिइन्। उनको साथमा पुरुष संगीतकर्मीहरू थिए। कार्यक्रम युट्युबबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। उक्त भिडियोले लाखौं दर्शकको ध्यान खिचेको थियो।

इरानमा महिलाले सार्वजनिक स्थानमा अनिवार्य रूपमा हिजाब लगाउनुपर्ने व्यवस्था छ। त्यस्तै महिलाले सार्वजनिक रूपमा एकल गायन गर्नेमाथि पनि कडा प्रतिबन्ध छ। यही व्यवस्थाको उल्लंघन गरेको भन्दै अदालतले उनीहरूमाथि सार्वजनिक मर्यादा भंग गरेको र अनलाइनमा अश्लील तथा अनैतिक सामग्री प्रकाशन गरेको अभियोग लगाएको थियो।

क—कस्लाई हानियो ७४ कोर्रा ?
गायिका अहमदीसँगै चार पुरुष सदस्यलाई पनि ७४–७४ कोर्रा हानिएको हो। उनीहरूमा सोहेल फकिह नासिरी, अमिन ताहेरी, अमिरअली पिर्निया र मोहसेन लस्कारी छन्।

यस मुद्दामा गायिका र उनका सांगीतिक टोलीका अन्य सदस्यसहित नौ जनालाई सजाय सुनाइएको थियो। तर हालसम्म पाँच जनालाई कोर्रा हानिएको पुष्टि भएको छ। अदालतले उनीहरूलाई दुई वर्षसम्म सांगीतिक तथा कलात्मक गतिविधि गर्न र देशबाहिर यात्रा गर्न पनि प्रतिबन्ध लगाएको छ। पुनरावेदन अदालतले उनीहरूको सजाय सदर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
मुम्बईमा आतंकवादी हमलाको १८औँ वार्षिकीका दिन अभिनेता अमिताभ बच्चनको घर ‘जलसा’ र गायक दिलजीत दोसाँझको कन्सर्टमा बम विस्फोट गराउने धम्की आएको छ । मुम्बईकी मेयर ऋतु तावडेलाई धम्कीपूर्ण इमेल प्राप्त भएको हो । उक्त इमेलमा बृहन्मुम्बई महानगरपालिका मुख्यालयस्थित मेयरको कार्यालय, मुम्बई मेट्रो सञ्जालसहित विभिन्न महत्त्वपूर्ण स्थानमा विस्फोट गराउने चेतावनी दिइएको छ । त्यस्तै, नोभेम्बर २७ मा महालक्ष्मी ...
— हलिउड अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीबीच लामो समयदेखि चल्दै आएको फ्रान्समा रहेको वाइन कम्पनीको स्वामित्वको कानुनी विवाद अन्ततः अदालतबाहिरै साम्य भएको छ । सम्बन्धविच्छेदको कटुताका बीच अघि बढेको यो मुद्दा दुवै पक्षको आपसी सहमतिमा टुंगिएको हो । ‘हामीले हाम्रो परिवारको सर्वोत्तम हितलाई ध्यानमा राख्दै अदालतबाहिरै विवाद समाधान गरेका छौं र यस विषयमा थप ...
इरानियन म्युजिक हाउसले इरानी गायिका परस्तु अहमदी र ‘कारवानसराय कन्सर्ट’ ब्यान्डका चार सदस्यलाई ७४ कोर्रा हान्ने सजाय सुनाइएकोप्रति कडा आपत्ति जनाएको छ । इरानियन म्युजिक हाउसले विज्ञप्ति जारी गर्दै उक्त सजायको निन्दा गरेको हो । उसले यस घटनाका कानुनी तथा न्यायिक पक्षको तत्काल र पारदर्शी छानबिन गर्न माग गरेको छ । यसअघि उक्त फैसलाबारे न्यायपालिकाको सञ्चार केन्द्रका ...
‘ग्रान्ड थेफ्ट अटो’ (जीटीए) भिडियो गेम शृंखलाको छैटौं संस्करण धेरै हिसाबले विशेष छ । यो गेमको प्रतीक्षा खेलाडीहरूले १३ वर्षदेखि गरिरहेका छन् । अहिलेसम्मकै महँगो गेम मानिएको यसले व्यावसायिक रूपमा पनि ठूलो सफलता हासिल गर्ने अनुमान गरिएको छ । तर, करिब ३० वर्ष पुरानो लोकप्रिय गेम शृंखलामा पहिलोपटक महिला पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गरिनु पनि जीटीए ...
हलिउडकी चर्चित अभिनेत्री तथा ओस्कार विजेता ऐनी हैथवे तेस्रो सन्तानकी आमा बनेकी छिन् । ऐनी र उनका पति एडम शुलम्यानले तेस्रो सन्तानलाई परिवारमा स्वागत गरेका छन् । हालै अभिनेत्री न्युयोर्कका सडकमा आफ्नो नवजात शिशुलाई छातीमा टाँसेर हिँडिरहेको अवस्थामा देखिएकी छिन् । ऐनी र उनका पतिले अहिलेसम्म सन्तान जन्मिएको विषयमा भने कुनै आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन् ...