मुख्य समाचार
मन्त्री लम्सालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट र प्यारापिटको लागत इस्टिमेट तयार गरेर पठाउन निर्देशन
मन्त्री लम्सालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट र प्यारापिटको लागत इस्टिमेट तयार गरेर पठाउन निर्देशन

। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट र प्यारापिटको लागत इस्टिमेट तयार गरेर पठाउन निर्देशन दिएका छन् ।

रामपुरमा निर्माणाधीन रंगशालाको निरीक्षणपछि मन्त्री लम्सालले तीन महिनाभित्र लागत इस्टिमेट तयार गरेर मन्त्रालयमा पठाउन निर्देशन दिएका हुन् । त्यसका लागि मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्ने बताए ।
मन्त्री लम्सालले उनले आगामी सिजनको नेपाल प्रिमियर लिग(एनपीएल) चितवनका गर्न सक्नेगरी तयारी अगाडि बढाउनुपर्ने बताए । रंगशालाको प्यारापिट, मैदान र दुईवटा भीआइपी टावर बनाउने काम जारी छ ।

रङ्गशालाको पहिलो चरणको कामका लागि भरतपुर महानगरपालिकाले २०८१ साल असार २४ गते हिमालयन जेभीलाई ठेक्का दिएको थियो ।


३० महिनाको समय दिएर भएको ठेक्का सम्झौताको मिति यही पुस २७ गते सकिँदै छ । काम जम्मा ६८ प्रतिशत मात्रै भएको छ । ठेकेदारले म्याद थप माग्ने तयारी गरेको छ ।

सुरुमा ७८ करोड ५० लाख ९१ हजारमा ठेक्का लिएको कम्पनीले भेरिएशन गराएर लागत रकम ८६ करोड २४ लाख ८४ हजार पुगेको छ ।

विसं २०७५ माघ १६ गते धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भई प्रारम्भिक काम २०७६ मङ्सिरदेखि सुरु भएको थियो ।

फाउन्डेसनले आर्थिक स्रोत जुटाउन नसकेपछि २०७८ सालबाट निर्माण रोकिएको थियो । फाउनडेशनले महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेपछि टेण्डर मार्फत काम अगाडि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं उपत्यकाका २० विद्यालयका करिब ९०० बालबालिकाको सहभागितामा आयोजित १४ औँ किन्डर ओलम्पिकको पहिलो चरणको खेलकुद कार्यक्रम भएको छ। शनिबार दशरथ रंगशालामा आयोजित कार्यक्रममा बालबालिकाले २१ प्रकारका विभिन्न खेलमा उत्साहपूर्वक सहभागिता जनाएका थिए। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोल, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा एकता टिमका प्रतिनिधिहरूले संयुक्तरूपमा बेलुन उडाएर गरेका थिए। ...
: १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश सेमिफाइनल प्रवेश गरेको हो । सुदूरपश्चिम, गण्डकी, मधेश र कोशी प्रदेशले समान दुई-दुई अंक प्राप्त गरेको भएपनि रनरेटका आधारमा सुदूरपश्चिम सेमिफाइनल प्रवेश गरेको हो । यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल ...
। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा शीर्ष चारभित्र पर्न नसकेको नेपालले सन् २०२७ को एकदिवसीय विश्वकप खेल्ने सम्भावना जीवित राख्न अब क्वालिफायर प्लेअफ खेल्दै छ। घरेलु मैदानमै हुने प्रतियोगितामा शीर्ष चारमा पर्न सके नेपालले विश्वकप छनोटको अर्को चरण अर्थात् ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ। यसअघि सन् २०२३ को विश्वकप छनोटमा सिधै प्रतिस्पर्धा गरेको नेपालले यसपटक भने ...
। १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुलकन्ट्याक्ट करातेका विभिन्न विधामा प्रारम्भिक चरणका खेल सम्पन्न भएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रतियोगितामा १२ विधाका ९६ खेलाडी क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। क्वार्टरफाइनलमा पुग्नेमा महिलातर्फ ४० र पुरुषतर्फ विभिन्न तौल समूहका ५६ खेलाडी छन्। त्यस्तै, महिला र पुरुष कातातर्फ समान चार–चार जना गरी आठ खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन्। फुलकन्ट्याक्ट करातेका मुख्य प्रशिक्षक कुमार ...
। १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ भने सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन्। शनिबार भएका खेलमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेल्दा नेपाल पुलिसले गण्डकीलाई १–० ले पराजित गर्‍यो। जितसँगै पुलिसले अन्तिम चारमा स्थान बनाउँदा गण्डकी बाहिरिएको हो। एपीएफ पनि दुई खेलबाट सेमिफाइनलमा पुगेको ...