मुख्य समाचार
प्रधानमन्त्री बालेन शाहको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी
प्रधानमन्त्री बालेन शाहको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी

: नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एमाले रामेछाप–काठमाडौं सम्पर्क कमिटीको प्रथम अधिवेशनमा नेता भट्टराईले कसैसँग नबोल्ने, अन्तर्क्रिया नगर्ने बालेनको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरेका हुन्। null

उनले रवि लामिछानेको अभिव्यक्तिभन्दा बालेनको मौनतालाई मुख्य प्रतिद्वन्द्वीका रूपमा रहेको विश्लेषण गरे। भट्टराईले विगतमा अन्य प्रधानमन्त्रीले भारत भ्रमण गर्दा वा यस्तै सम्झौता गर्दा विरोध हुने गरेको तर बालेन शाहको भ्रमणमा भने बुद्धिजीवीहरूले प्रशंसा गरेकोप्रति आशंका व्यक्त गरे । उनले अदृश्य टुनामुना तन्त्रमन्त्र धेरै दिन नटिक्ने तर्क गरे।

भट्टराईले जेनजी आन्दोलनको निष्पक्ष छानबिन गर्न सर्वोच्चका बहालवाला न्यायाधीशको संयोजकत्वमा न्यायिक आयोग बनाएर छानबिन गर्नुपर्ने धारणा राखे। उनले आगामी स्थानीय चुनावमा गुटबन्दीभन्दा माथि उठेर पार्टी सदस्यको विवेक, स्थानीय अवस्था र तल्लो तहकै सिफारिसका आधारमा उम्मेदवार छान्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व सहमहामन्त्री परमेश्वर साहले लहान नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार नेपाल प्रेस युनियन सिरहा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा साहले आगामी स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । करिब ३० वर्षदेखि नेविसंघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय साह नेविसंघ सिरहाका पूर्वजिल्ला अध्यक्षसमेत हुन् ...
। झारफुक गरेर निको पार्ने भन्दै महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा झाँक्री पक्राउ परेका छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा देखिएका आधारमा ती झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका–१ का ४६ वर्षीय कालीबहादुर रोकाया रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार गते दिउँसो करिब १२ बजे प्रहरी ...
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहबीच अनुभव आदानप्रसाद र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्नसके नागरिकलाई प्रदान गरिने सेवा अझ प्रभावकारी बन्ने बताएका हुन् । तानसेन नगरपालिकाको आयोजना र एसिया फाउन्डेशनको सहयोगमा शनिबारदेखि तानसेनमा सुरु भएको अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रममा उनले ...
। नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीको आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरेर गतिविधिहरू सञ्चालन नगर्न आग्रह गरेको छ । देउवा समूहले रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरेर गतिविधिहरू सञ्चालन नगर्न आग्रह गरेको हो । बैठकका निर्णयहरू सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री ...
: नेपाली कांग्रेस देउवा पक्षको १५औँ केन्द्रीय महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले आफूहरूलाई कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महतले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक हुने जिकिर गरे। विगतमा न्याय निरूपण प्रक्रियामा त्रुटि भएकाले पुनरावलोकनका क्रममा आफूहरूले न्याय पाउने ...