मुख्य समाचार
देउवाको समूहलाई पार्टीको आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरेर गतिविधिहरू सञ्चालन नगर्न आग्रह
देउवाको समूहलाई पार्टीको आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरेर गतिविधिहरू सञ्चालन नगर्न आग्रह

। नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीको आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरेर गतिविधिहरू सञ्चालन नगर्न आग्रह गरेको छ ।

देउवा समूहले रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरेर गतिविधिहरू सञ्चालन नगर्न आग्रह गरेको हो ।

बैठकका निर्णयहरू सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले देउवाको समूहलाई पार्टीको आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरेर गतिविधिहरू सञ्चालन नगर्न आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

कांग्रेसको नाम, लेटर प्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला तथा महाधिवेशनका नाममा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको प्रति केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।


‘यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्‍याउनुका साथै आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ,’ महामन्त्री पौडेलले भने ।

उनका अनुसार केन्द्रीय कार्यसमिति बैठकको निर्णयमा ‘नेपाली कांग्रेसको नाम लेटरप्याड, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न नगराउन तथा त्यस्त गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रुपमा प्रस्तुत वा प्रचार प्रसार नगर्न केन्द्रीय कार्यसमिति सम्बन्धित सबैलाई आग्रह गर्दछ’ भनिएको छ ।

बैठकले देउवा समूहले भ्रमपूर्ण कार्य गरिरहेको भन्दै त्यस्ता कार्यमा विश्वास नगर्न, त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुक सबैमा हार्दिक अपिल गरेको छ ।

बैठकले पार्टीको आग्रहविपरित पार्टीको आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरेर गतिविधिहरू सञ्चालन गरे कानुनी प्रक्रियामा जाने चेतावनीसमेत दिएको छ ।

‘आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रुपमा भ्रामक ढंगले प्रस्तुत एवं प्रचार प्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुन बमोजिम आवश्यक कारबाही गर्न कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय यो बैठक गर्दछ,’ निर्णयमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। झारफुक गरेर निको पार्ने भन्दै महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा झाँक्री पक्राउ परेका छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा देखिएका आधारमा ती झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका–१ का ४६ वर्षीय कालीबहादुर रोकाया रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार गते दिउँसो करिब १२ बजे प्रहरी ...
: नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एमाले रामेछाप–काठमाडौं सम्पर्क कमिटीको प्रथम अधिवेशनमा नेता भट्टराईले कसैसँग नबोल्ने, अन्तर्क्रिया नगर्ने बालेनको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरेका हुन्। null उनले रवि लामिछानेको अभिव्यक्तिभन्दा बालेनको मौनतालाई मुख्य प्रतिद्वन्द्वीका रूपमा रहेको विश्लेषण ...
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहबीच अनुभव आदानप्रसाद र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्नसके नागरिकलाई प्रदान गरिने सेवा अझ प्रभावकारी बन्ने बताएका हुन् । तानसेन नगरपालिकाको आयोजना र एसिया फाउन्डेशनको सहयोगमा शनिबारदेखि तानसेनमा सुरु भएको अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रममा उनले ...
: नेपाली कांग्रेस देउवा पक्षको १५औँ केन्द्रीय महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले आफूहरूलाई कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महतले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक हुने जिकिर गरे। विगतमा न्याय निरूपण प्रक्रियामा त्रुटि भएकाले पुनरावलोकनका क्रममा आफूहरूले न्याय पाउने ...
: चोरी मुद्दाको अनुसन्धानका क्रममा हिरासतबाट जेन्जी आन्दोलनमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ घर भएका २७ वर्षीय उमेश भन्ने रघु तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। प्रहरीका अनुसार तामाङलाई काठमाडौंको बौद्धस्थित माकलबारी बस पार्क क्षेत्रबाट शुक्रबार साँझ ५:३० बजे नियन्त्रणमा लिइएको हो। प्रहरी वृत्त जनसेवाबाट २०८२ भदौ १५ गते ...