मुख्य समाचार
योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई जासुरी उपन्यासको पात्रजस्तो भन्दै टिप्पणी
योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई जासुरी उपन्यासको पात्रजस्तो भन्दै टिप्पणी

। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई जासुरी उपन्यासको पात्रजस्तो भन्दै टिप्पणी गरेका छन् ।

शनिबार एमालेको रामेछाप–काठमाडौं सम्पर्क कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले एमालेको राजनीतिक प्रतिद्वन्द्वी मानिएका प्रधानमन्त्री बालेनबारे भेउ नपाइएको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

‘रवि लामिछाने अभिव्यक्ति आजको हाम्रो प्रतिद्वन्द्वी हो कि, बालेन शाहको मौनता हाम्रो प्रतिद्वन्द्वी हो ? त्यसको भेउ पाइएको छैन,’ भट्टराईले भने, ‘रवि लामिछानेको अभिव्यक्ति खास हो भनेर हामी तयारी गरौंला, उसको मौनता अर्कै छ । के छ के छ ? यो जासुरी उपन्यासका पात्रजस्तो छ । अदृश्य छ । न देख्न सकिन्छ, न बोल्छ, न अन्तर्क्रिया गर्छ, न प्रकट हुन्छ ।’

अहिले प्रधानमन्त्री बालेनको भारत भ्रमणमा भएका सहमतिमाथि पनि उनले प्रश्न उठाए । ‘दुई दिनको भारत भ्रमणजस्तै डोकुमेन्ट केपी ओलीजीले, प्रचण्डजीले अथवा शेरबहादुरजीले गरेको भए यहाँ उहाँहरूको पुतला जलाइन्थ्यो,’ उनले भने ।


दस्ताबेजबारे बुद्धीजीवीहरूले गरिरहेको टिप्पणीमाथि पनि उनले आशंका व्यक्त गरे ।

‘बालेनजी भ्रमण गरेर आउनुभयो । आज भयंकर नेपाल–भारतको सम्बन्धमा डिपार्चर भयो भनेर बुद्धीजीवीहरू पसिना निकालेर प्रशंसा गरिरहनुभएको छ,’ उनले भने,‘यीनै बुद्धीजीवी तीन जना नेताले भ्रमण गरेर आएको भए कालोमोसो दल्नुपर्छ भन्थे । यस्तै डकुमेन्टमा । त्यसकारण यो अदृश्य छ ।’

बालेनका पक्षमा अहिले देशमा टुनामुना र तन्त्रमन्त्र गरिराखेको पनि भट्टराईले टिप्पणी गरे । तर सधैँ यस्तो टुनामुना नचल्ने उनले दाबी गरे ।

‘नक्कली जोगीहरूले एक दिन ठग्छ, दुई दिन ठग्छ हामीलाई । तर, तेस्रो दिनपछाडि त्यो नक्कली जोगी प्रकट हुन्छ । त्यसले ठग्न सक्दैन,’ भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चोरी मुद्दाको अनुसन्धानका क्रममा हिरासतबाट जेन्जी आन्दोलनमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ घर भएका २७ वर्षीय उमेश भन्ने रघु तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। प्रहरीका अनुसार तामाङलाई काठमाडौंको बौद्धस्थित माकलबारी बस पार्क क्षेत्रबाट शुक्रबार साँझ ५:३० बजे नियन्त्रणमा लिइएको हो। प्रहरी वृत्त जनसेवाबाट २०८२ भदौ १५ गते ...
: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको स्वतन्त्रता र लोकतन्त्र जोगाउन कांग्रेस लागेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री पौडेलले नागरिकको स्वतन्त्रता र लोकतन्त्र जोगाउन कांग्रेस लागेको भन्दै प्रश्न गर्न वा बोल्न नछोड्ने बताएका हुन्। उनले तर्साउने, धम्क्याउने वा लाञ्छित गर्ने प्रयासले आफू नडराउने र कांग्रेस डराए देशको लोकतन्त्र समाप्त हुने उल्लेख गरे। उनले स्थानीय ...
: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरता लिनुपर्ने बताएका छन्। नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले विद्युत् महसुल संकलन र ट्रान्सफर्मर जल्ने घटनामा आएको कमी सकारात्मक भए पनि चुहावट नियन्त्रण, पुराना संरचनाको स्तरोन्नति र सेवा ...
। नेपाली कांग्रेसले सरकारलाई शैली सच्याएर विधि र संवैधानिक मर्यादामा रहेर जनसरोकारमा केन्द्रित हुन सचेत गराएको छ । केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्दै कांग्रेसले शैली सच्याउन, विधि र संवैधानिक मर्यादामा रहन र जनसरोकारमा केन्द्रित हुन सरकारलाई सचेत गराएको हो । बैठकले गरेको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेस सरकारलाई पुन: स्पष्ट पार्न चाहन्छ– हामी सरकारको असफलता चाहँदैनौ, देशको ...
: रास्वपाका सभापति रवि लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति कमजोर भएको बताएका छन्। कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्णालीबाट पार्टीले कम सिट जितेपनि विकासमा रास्वपाले प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। ‘कर्णालीमा हाम्रो उपस्थिति अन्य ठाउँमा जस्तो हुन सकेन। कर्णालीमा हाम्रो आवाज, दूरदराजमा पुग्न सकेन, पुर्‍याउन सकेनौं र कर्णालीबाट हाम्रो प्रतिनिधित्व अरू प्रदेशको तुलनामा कमजोर ...