मुख्य समाचार
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समीकरण पूरा
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समीकरण पूरा

: १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश सेमिफाइनल प्रवेश गरेको हो ।

सुदूरपश्चिम, गण्डकी, मधेश र कोशी प्रदेशले समान दुई-दुई अंक प्राप्त गरेको भएपनि रनरेटका आधारमा सुदूरपश्चिम सेमिफाइनल प्रवेश गरेको हो । यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेका थिए ।

टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११७ रन बनाएको थियो । गण्डकीका लागि सिमाना केसीले सर्वाधिक ४० रनको योगदान दिइन् । ३४ बल खेलेकी सिमानाले तीन चौका प्रहार गरिन् । यस्तै सम्झना पौडेलले नटआउट ३८ रनको योगदान दिइन् ।
ओपनर दिपिका सापकोटा शून्यमै आउट हुँदा श्रेया शाहले १५ रन बनाइन् । रेखा तामाङ ४ रन बनाएर आउट हुँदा चन्द्रमाया बराल र कुशुम गोदारले एक-एक रन थपे । सुदूरपश्चिमकी स्नेहा महराले २ विकेट लिइन् भने अनु कडायत, करिष्मा थापा र यशु पाण्डेले एक-एक विकेट लिए ।

सुदूरपश्चिमलाई जिताउन अनु कडायतले महत्वपूर्ण पारी खेलिन् । ३३ बलको सामना गरेकी अनुले दुई छक्का र सात चौका प्रहार गरिन् । यस्तै मनिषा बोहराले २५ रन बनाउँदा यशु पाण्डेले ११, ऋतु कनौजीयाले ८, स्नेहा महराले दुई र ममता बोहराले एक रन बनाइन् । गण्डकीका लागि दिपिका सापकोटाले ४ तथा चन्द्रमाया बरालले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा शीर्ष चारभित्र पर्न नसकेको नेपालले सन् २०२७ को एकदिवसीय विश्वकप खेल्ने सम्भावना जीवित राख्न अब क्वालिफायर प्लेअफ खेल्दै छ। घरेलु मैदानमै हुने प्रतियोगितामा शीर्ष चारमा पर्न सके नेपालले विश्वकप छनोटको अर्को चरण अर्थात् ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ। यसअघि सन् २०२३ को विश्वकप छनोटमा सिधै प्रतिस्पर्धा गरेको नेपालले यसपटक भने ...
। १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुलकन्ट्याक्ट करातेका विभिन्न विधामा प्रारम्भिक चरणका खेल सम्पन्न भएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रतियोगितामा १२ विधाका ९६ खेलाडी क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। क्वार्टरफाइनलमा पुग्नेमा महिलातर्फ ४० र पुरुषतर्फ विभिन्न तौल समूहका ५६ खेलाडी छन्। त्यस्तै, महिला र पुरुष कातातर्फ समान चार–चार जना गरी आठ खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन्। फुलकन्ट्याक्ट करातेका मुख्य प्रशिक्षक कुमार ...
। १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ भने सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन्। शनिबार भएका खेलमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेल्दा नेपाल पुलिसले गण्डकीलाई १–० ले पराजित गर्‍यो। जितसँगै पुलिसले अन्तिम चारमा स्थान बनाउँदा गण्डकी बाहिरिएको हो। एपीएफ पनि दुई खेलबाट सेमिफाइनलमा पुगेको ...
। १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलका दुई विधामा चार टोली फाइनलमा पुगेका छन्। महिला बास्केटबलको फुल कोर्ट (५×५) र थ्री एक्स थ्री (३×३) विधामा चार टोली फाइनलमा पुगेका हुन्। शनिबार बिहान भएको फुल कोर्टको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिसलाई ४४–२८ अंकले पराजित गर्‍यो। अर्को खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ७४–१२ अंकले हरायो। यससँगै ...
। पाकिस्तानमा आयोजना हुने १४औं दक्षिण एसियाली खेलकुद (साग) को मिति फेरि परिवर्तन भएको छ। अब प्रतियोगिता सन् २०२७ सेप्टेम्बर १८ देखि २७ सम्म आयोजना हुने भएको छ। पाकिस्तान ओलम्पिक संघले शुक्रबार विज्ञप्ति जारी गर्दै दक्षिण एसियाका सबै सहभागी राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी) सँगको परामर्श र सहमतिपछि प्रतियोगिताको नयाँ मिति तय गरिएको जनाएको छ। यसअघि १४औं साग ...