मुख्य समाचार
मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरता लिनुपर्ने बताए
मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरता लिनुपर्ने बताए

: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरता लिनुपर्ने बताएका छन्।

नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले विद्युत् महसुल संकलन र ट्रान्सफर्मर जल्ने घटनामा आएको कमी सकारात्मक भए पनि चुहावट नियन्त्रण, पुराना संरचनाको स्तरोन्नति र सेवा प्रवाहमा थप सुधार आवश्यक रहेको बताएका हुन्।

श्रेष्ठले विद्युत् उत्पादन र आपूर्ति बढाउनु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उपभोक्ताले गुणस्तरीय, सुरक्षित र अविच्छिन्न विद्युत् सेवा पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने बताए। उनले चुहावट नियन्त्रण, पूर्वाधार स्तरोन्नति र विपद् प्रतिरोधी वितरण प्रणाली निर्माणमा प्राधिकरणका सबै तहले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए।
प्राधिकरणले गण्डकी प्रदेशका ११ जिल्लामा ५ लाख ३५ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा १ अर्ब ५८ करोड ११ लाख रुपैयाँभन्दा बढी विद्युत् महसुल संकलन गरेको छ।

प्रदेशमा १३ वटा वितरण केन्द्र, ४ हजार ७९६ वितरण ट्रान्सफर्मर र २८ वटा ३३/११ केभी सबस्टेसनमार्फत विद्युत् सेवा प्रवाह भइरहेको छ। प्राकृतिक विपद्का कारण गण्डकी प्रदेशमा विद्युत् वितरण संरचनामा करिब ११ करोड १० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। बाढीपहिरोले ६८ किलोमिटर ३३ केभी लाइन, ७९ किलोमिटर ११ केभी लाइन, ६३ किलोमिटर एलटी लाइन, ७३१ वटा पोल र ५७ वटा ट्रान्सफर्मरमा क्षति पुर्‍याएको छ। क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि विशेष बजेट व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख सुरज गौतमले कार्यालयको कार्यप्रगति, सेवा प्रवाहको अवस्था र आगामी दिनमा सुधार गर्नुपर्ने विषयबारे जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले सरकारलाई शैली सच्याएर विधि र संवैधानिक मर्यादामा रहेर जनसरोकारमा केन्द्रित हुन सचेत गराएको छ । केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्दै कांग्रेसले शैली सच्याउन, विधि र संवैधानिक मर्यादामा रहन र जनसरोकारमा केन्द्रित हुन सरकारलाई सचेत गराएको हो । बैठकले गरेको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेस सरकारलाई पुन: स्पष्ट पार्न चाहन्छ– हामी सरकारको असफलता चाहँदैनौ, देशको ...
: रास्वपाका सभापति रवि लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति कमजोर भएको बताएका छन्। कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्णालीबाट पार्टीले कम सिट जितेपनि विकासमा रास्वपाले प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। ‘कर्णालीमा हाम्रो उपस्थिति अन्य ठाउँमा जस्तो हुन सकेन। कर्णालीमा हाम्रो आवाज, दूरदराजमा पुग्न सकेन, पुर्‍याउन सकेनौं र कर्णालीबाट हाम्रो प्रतिनिधित्व अरू प्रदेशको तुलनामा कमजोर ...
। नेपाली कांग्रेसले ‘लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान’ स्थापना गर्ने निर्णय गरेको छ । चार दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी प्रयासहरूलाई थप संस्थागत, व्यवस्थित र प्रभावकारी बनाउन प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको हो । शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका बैठकका निर्णयअनुसार प्रतिष्ठानले महिला, बालबालिका, अपाङ्गता भएका लैङ्गिक तथा यौनिक ...
: भारत–नेपाल सीमास्थित खुनुवा नाकाबाट अवैध रूपमा भारतीय रुपैयाँ नेपाल भित्र्याउन खोज्ने दुई जनालाई भारतीय सुरक्षा टोलीले नियन्त्रणमा लिएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको कार जाँच गर्ने क्रममा ३ लाख ४७ हजार ५०० भारतीय रुपैयाँ बरामद गरेको हो। कारबाट ५ सय दरका ६९५ थान भारतीय नोट फेला ...
: झापाको बिर्तामोडस्थित विभिन्न होटल तथा लजमा यौनजन्य गतिविधि हुने गरेको गुनासो स्थानीय स्तरमा उठ्दै आएको छ। होटल तथा लजमा गैरकानुनी गतिविधि सञ्चालन हुने गरेको जनगुनासोका बीच प्रहरीले निगरानी र चेकजाँचलाई तीव्र पारेको छ। यसै क्रममा गएराति एक युवतीसहित तीनजना पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–१ अधुवा खोलाको छेउमा रहेको झरना होटल एन्ड लजबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा ...