मुख्य समाचार
कांग्रेसले सरकारलाई शैली सच्याएर विधि र संवैधानिक मर्यादामा रहेर जनसरोकारमा केन्द्रित हुन सचेत
कांग्रेसले सरकारलाई शैली सच्याएर विधि र संवैधानिक मर्यादामा रहेर जनसरोकारमा केन्द्रित हुन सचेत

। नेपाली कांग्रेसले सरकारलाई शैली सच्याएर विधि र संवैधानिक मर्यादामा रहेर जनसरोकारमा केन्द्रित हुन सचेत गराएको छ ।

केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्दै कांग्रेसले शैली सच्याउन, विधि र संवैधानिक मर्यादामा रहन र जनसरोकारमा केन्द्रित हुन सरकारलाई सचेत गराएको हो ।

बैठकले गरेको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेस सरकारलाई पुन: स्पष्ट पार्न चाहन्छ– हामी सरकारको असफलता चाहँदैनौ, देशको सफलता चाहन्छौं । सरकार विधिसम्मत ढङ्गले चलोस, षडयन्त्र र प्रियतावादमा होइन राष्ट्रिय हित र जनअपेक्षामा केन्द्रित होस् ।’

सरकारका राम्रा काममा साथ सहयोग रहने भन्दै कांग्रेसले सरकारको सफलता वा असफलताभन्दा पनि आफ्ना लागि संविधान, लोकतन्त्र, राष्ट्रिय हित र नागरिकको अधिकार एवम् जनजीविकाका सवाल सर्वोपरी रहेका स्पष्ट पारेको छ ।


निर्णयमा भनिएको छ, ‘कांग्रेसको संयमलाई कमजोरी, रचनात्मकतालाई मौनता र जिम्मेवारीपूर्ण व्यवहारलाई सरकारको स्वेच्छाचारिताप्रतिको सहमति नठान्न नेपाली कांग्रेस सरकारलाई सचेत गराउँछ ।’

कांग्रेसले बैठकबाट सशक्त प्रतिपक्षीय भूमिकालाई थप प्रभावकारी बनाउने समेत निर्णय गरको छ ।

‘नेपाली कांग्रेस संविधान र लोकतन्त्रको रक्षा, विधिको शासन तथा नागरिकका अधिकार र जनजीविकाका सवालमा संसद्, सार्वजनिक मञ्च र लोकतान्त्रिक विधिबाट निरन्तर निगरानी, खवरदारी र सशक्त प्रतिरोध गर्दै आफ्नो प्रतिपक्षीय भूमिकालाई थप प्रभावकारी बनाउने छ,’ निर्णयमा भनिएको छ ।

कांग्रेसले यी विषयलाई संसद्मा सशक्त ढङ्गले उठाउन संसदीय दललाई निर्देश गरेको पनि निर्णयमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरता लिनुपर्ने बताएका छन्। नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले विद्युत् महसुल संकलन र ट्रान्सफर्मर जल्ने घटनामा आएको कमी सकारात्मक भए पनि चुहावट नियन्त्रण, पुराना संरचनाको स्तरोन्नति र सेवा ...
: रास्वपाका सभापति रवि लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति कमजोर भएको बताएका छन्। कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्णालीबाट पार्टीले कम सिट जितेपनि विकासमा रास्वपाले प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। ‘कर्णालीमा हाम्रो उपस्थिति अन्य ठाउँमा जस्तो हुन सकेन। कर्णालीमा हाम्रो आवाज, दूरदराजमा पुग्न सकेन, पुर्‍याउन सकेनौं र कर्णालीबाट हाम्रो प्रतिनिधित्व अरू प्रदेशको तुलनामा कमजोर ...
। नेपाली कांग्रेसले ‘लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान’ स्थापना गर्ने निर्णय गरेको छ । चार दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी प्रयासहरूलाई थप संस्थागत, व्यवस्थित र प्रभावकारी बनाउन प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको हो । शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका बैठकका निर्णयअनुसार प्रतिष्ठानले महिला, बालबालिका, अपाङ्गता भएका लैङ्गिक तथा यौनिक ...
: भारत–नेपाल सीमास्थित खुनुवा नाकाबाट अवैध रूपमा भारतीय रुपैयाँ नेपाल भित्र्याउन खोज्ने दुई जनालाई भारतीय सुरक्षा टोलीले नियन्त्रणमा लिएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको कार जाँच गर्ने क्रममा ३ लाख ४७ हजार ५०० भारतीय रुपैयाँ बरामद गरेको हो। कारबाट ५ सय दरका ६९५ थान भारतीय नोट फेला ...
: झापाको बिर्तामोडस्थित विभिन्न होटल तथा लजमा यौनजन्य गतिविधि हुने गरेको गुनासो स्थानीय स्तरमा उठ्दै आएको छ। होटल तथा लजमा गैरकानुनी गतिविधि सञ्चालन हुने गरेको जनगुनासोका बीच प्रहरीले निगरानी र चेकजाँचलाई तीव्र पारेको छ। यसै क्रममा गएराति एक युवतीसहित तीनजना पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–१ अधुवा खोलाको छेउमा रहेको झरना होटल एन्ड लजबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा ...