: भारत–नेपाल सीमास्थित खुनुवा नाकाबाट अवैध रूपमा भारतीय रुपैयाँ नेपाल भित्र्याउन खोज्ने दुई जनालाई भारतीय सुरक्षा टोलीले नियन्त्रणमा लिएको छ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको कार जाँच गर्ने क्रममा ३ लाख ४७ हजार ५०० भारतीय रुपैयाँ बरामद गरेको हो।
कारबाट ५ सय दरका ६९५ थान भारतीय नोट फेला परेको भारतीय सुरक्षा टोलीले जनाएको छ। बरामद रकमसहित नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।