मुख्य समाचार
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलका दुई विधामा चार टोली फाइनलमा
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलका दुई विधामा चार टोली फाइनलमा

। १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलका दुई विधामा चार टोली फाइनलमा पुगेका छन्।

महिला बास्केटबलको फुल कोर्ट (५×५) र थ्री एक्स थ्री (३×३) विधामा चार टोली फाइनलमा पुगेका हुन्।




शनिबार बिहान भएको फुल कोर्टको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिसलाई ४४–२८ अंकले पराजित गर्‍यो। अर्को खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ७४–१२ अंकले हरायो।

यससँगै आर्मी र एपीएफ फाइनलमा पुगेका छन्। पुलिस र सुदूरपश्चिम भने प्रतियोगिताबाट बाहिरिएका छन्।


थ्री एक्स थ्री विधामा कर्णाली प्रदेशले एपीएफलाई ११–१० अंकले पराजित गर्दै फाइनलमा स्थान बनायो। त्यस्तै, त्रिभुवन आर्मीले बागमती प्रदेशलाई १५–४ अंकले हराउँदै फाइनलमा प्रवेश गर्‍यो।

यस विधामा बागमती र एपीएफ प्रतियोगिताबाट बाहिरिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ भने सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन्। शनिबार भएका खेलमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेल्दा नेपाल पुलिसले गण्डकीलाई १–० ले पराजित गर्‍यो। जितसँगै पुलिसले अन्तिम चारमा स्थान बनाउँदा गण्डकी बाहिरिएको हो। एपीएफ पनि दुई खेलबाट सेमिफाइनलमा पुगेको ...
। पाकिस्तानमा आयोजना हुने १४औं दक्षिण एसियाली खेलकुद (साग) को मिति फेरि परिवर्तन भएको छ। अब प्रतियोगिता सन् २०२७ सेप्टेम्बर १८ देखि २७ सम्म आयोजना हुने भएको छ। पाकिस्तान ओलम्पिक संघले शुक्रबार विज्ञप्ति जारी गर्दै दक्षिण एसियाका सबै सहभागी राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी) सँगको परामर्श र सहमतिपछि प्रतियोगिताको नयाँ मिति तय गरिएको जनाएको छ। यसअघि १४औं साग ...
: शिरस्थान मन्दिर दैलेखस्थित नेपालकै एक प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल हो। यो दैलेखका पञ्चकोशी तीर्थस्थलमध्येको एक प्रमुख पीठ मानिन्छ। जहाँबाट यसपाली १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ओलम्पिक टर्च बालेर ट्रफी टुर शुभारम्भ गरिएको छ। कर्णाली प्रदेशमा आयोजना गरिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदको उत्सवलाई राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यसहित ओलम्पिक टर्च तथा ट्रफी टुर सुरु गरिएको ...
। नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणमा धरान, वीरगंज र सुर्खेतको टिम थपिएपछि लिग खेल्ने १० वटै टोलीको टुंगो लागेको छ । प्रतियोगिताका लागि थप तीन नयाँ टोली छनोट भएसँगै सहभागी हुने सबै टोली निश्चित भएका हुन् । एनएफएलका अध्यक्ष कल्याण गुरुङका अनुसार २० टोलीले बोलपत्र पेस गरेकामा धरान, वीरगञ्ज र सुर्खेतका टोली छनोट भएका छन् ...
: मध्यपुर थिमि नगरपालिकाले बागमती प्रदेशव्यापी अन्तरनगरपालिकास्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसँगै १० लाख २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । अन्तरनगरपालिका स्तरमा सर्वाधिक पुरस्कार राशि रहेको यस फुटबल प्रतियोगिताको उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले ...