मुख्य समाचार
विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर कर्मचारीको मृत्यु
विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर कर्मचारीको मृत्यु

। धनकुटाको सहिदभूमि गाउँपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका वडा नं. २ कबिर टोलका ४३ वर्षीय रामकुमार राई रहेका छन् । उनी पिप्ले फ्युज सेवामा ज्यालादारी कर्मचारीका रूपमा कार्यरत थिए ।

शुक्रबार बेलुका स्थानीय ट्रान्सफर्मरमा समस्या आएपछि राई विद्युत् मर्मतका लागि पोलमा चढेका थिए । मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेपछि उनी पोलबाट खसेर गम्भीर घाइते भएका थिए ।

करेन्ट लागेर पोलबाट खसेका राईको नाकबाट रगत बगिरहेको र बोल्नसमेत नसक्ने अवस्था रहेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।


घाइते राईलाई एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल धनकुटा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

उपचारकै क्रममा चिकित्सकले उनलाई शुक्रबार राति मृत घोषणा गरेको प्रहरीको भनाइ छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न मंसिर १३ गते आइतबारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो । पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा नारायणगढ–मुग्लिङ ...
। नेपाली कांग्रेसका पूर्व सहभापति शेरबहादु देउवा समूहको महाधिवेशनमा नेता मोहनबहादुर बस्नेतले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उम्मेदवारी घोषणाका क्रममा उनले कांग्रेसका पार्टी सभापति गगन थापाहरू पार्टी कब्जा गर्ने शैलीमा अघि बढेको आरोप लगाए । त्यसै कारणले आफूहरुले अर्को महाधिवेशन ...
: नेकपा (एमाले)की सचिव पद्मा अर्यालले निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउने काममा निर्वाचन आयोग सफल नभएको दाबी गरेकी छन्। शुक्रबार ललितपुरमा आयोजित निर्वाचन आयोगको मध्यावधि समीक्षासम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले निर्वाचन मनि, मसल र मिडियाको प्रभावमा परेर निष्पक्ष नहुँदा पनि आयोगले समस्या निराकरण गर्न नसकेको आरोप लगाइन्। उनले आफ्नो निर्वाचन क्षेत्रबाट सयमा ९९ प्रतिशत मत खसेको ...
। बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुपप्र ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर शुक्रबार साँझ साढे ६ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो । दुर्घटनामा जगन्नाथ ...
: होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई हटाउने निर्देशनको विरोध गर्दै काठमाडौँमा प्रदर्शन भएको छ। भक्तपुरको बोडेस्थित कृषि विकास बैङ्कको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई सरकारले स्थान खाली गर्न निर्देशन दिएको भन्दै शुक्रबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन भएको हो। ‘जबरजस्ती उठिबास र भूमिहीन सुकुम्बासीप्रतिको अमानवीय व्यवहार विरुद्ध नागरिक ऐक्यबद्धता’ लेखिएको ब्यानरमा भएको प्रदर्शनमा ...