: डोटीबाट प्रहरीले ७ किलो ८५ ग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीकाअनुसार पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउपालिका–५, जाफ्रीका २८ वर्षीय वीरेन्द्र जप्रेल र ४८ वर्षीय ओमजंगबहादुर कडायत रहेका छन्।
उनीलाई जिल्लाको जोरायल गाउँपालिका–२, बुडर मिलचौराहस्थित बुडर–जोगबुढा भित्री सडकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए।
उनीहरूलाई लागूऔषध ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय, बुडरको संयुक्त टोलीले शंकाका आधारमा खानतलासी गर्दा पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।