मुख्य समाचार
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको मित्रताप्रति असन्तुष्टि जनाए
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको मित्रताप्रति असन्तुष्टि जनाए

: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको मित्रताप्रति असन्तुष्टि जनाएका छन् । बीबीसीसँगको अन्तर्वार्तामा उनले पुटिनलाई ‘मित्र’ भनेर सम्बोधन गर्नु अनौठो भएको टिप्पणी गर्दै आक्रमणकारी र हत्यारा कहिल्यै मित्र हुन नसक्ने बताएका हुन् ।

किभस्थित आफ्नो कार्यालयमा बीबीसीसँग कुरा गर्दै जेलेन्स्कीले रुस-युक्रेन युद्ध अन्त्यका लागि भइरहेको शान्ति वार्तामा अमेरिकाले रुसमाथि पर्याप्त दबाब दिन नसकेको आरोप लगाए । ट्रम्पले पुटिनसँग अँगालो हालेको तस्बिर सार्वजनिक गरेको प्रसंग उल्लेख गर्दै उनले दोस्रो विश्वयुद्धका बेला एडोल्फ हिटलरसँग मित्रता रहेको भन्नुजस्तै भएको टिप्पणी गरे ।

जेलेन्स्कीले भने, ‘उनी आक्रमणकारी हुन्, हत्यारा हुन् । उनी मित्र हुन सक्दैनन् । कदापि सक्दैनन् ।’

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत जारेड कुश्नर र स्टिभ विटकफले रुस र युक्रेनबीच युद्ध अन्त्य गर्ने उद्देश्यले शान्ति सम्झौताका लागि पहल गरिरहेका छन् । तर, उनीहरूका अभिव्यक्ति र वार्ताको शैली रुसको पक्षमा बढी झुकेको देखिएको जेलेन्स्कीको असन्तुष्टि छ । यसअघि कुश्नरले पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग नगरेर संयमता देखाएको टिप्पणी गरेका थिए ।

यसै महिनाको सुरुमा अबुधाबीमा भएको शान्ति वार्ताबाट ठोस प्रगति हुन नसकेको जेलेन्स्कीले बताएका छन् । उनका अनुसार डिसेम्बरमा पुनः वार्ता हुने अपेक्षा गरिएको छ । यद्यपि, आगामी वार्तामा युरोपेली प्रतिनिधिहरू सहभागी हुने वा नहुने अझै स्पष्ट छैन ।

जेलेन्स्कीले अमेरिकालाई रुसमाथि दबाब सिर्जना गर्न सक्ने बलियो सहयोगीको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । आक्रमणकारी र पीडित दुवैप्रति समान व्यवहार गर्ने तटस्थ नीति उचित नहुने उनको भनाइ छ । उनले रुसलाई रोक्न सक्ने वास्तविक सहयोगी आवश्यक रहेको पनि बताए ।

अन्तर्वार्ताका क्रममा उनले युक्रेनको हवाई सुरक्षा प्रणालीमा क्षेप्यास्त्र अभाव रहेको विषय पनि उठाए । विशेषगरी रुसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न आवश्यक इन्टरसेप्टर मिसाइलको अभाव रहेको र अमेरिकाले प्याट्रियट प्रणालीका क्षेप्यास्त्र आपूर्तिमा ढिलाइ गरिरहेको उनको आरोप छ । अमेरिकाले मध्यपूर्वलाई बढी प्राथमिकता दिँदा युक्रेनले आवश्यक सहयोग पाउन नसकेको भन्दै उनले असन्तुष्टि जनाए ।

त्यस्तै, रुसी आक्रमणका कारण युक्रेनले कठिन हिउँदको सामना गर्नुपर्ने अवस्था रहेको उनले बताए । रुसले विद्युत् केन्द्र, पुल तथा अन्य पूर्वाधारलाई निशाना बनाउँदा राजधानी किभसहित विभिन्न क्षेत्रमा विद्युत् कटौती र जनजीवन प्रभावित भएको छ ।

यस्तो अवस्थाका बाबजुद राजधानीको रक्षा गर्न युक्रेन प्रतिबद्ध रहेको उल्लेख गर्दै जेलेन्स्कीले भने, ‘मानिसहरू बाहिर जान सक्छन्, तर हामी आफ्नो राजधानीलाई जसरी पनि रक्षा गर्ने प्रयास गर्नेछौँ । हामीलाई राजधानी चाहिन्छ, राजधानीबिना देश हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकामा आएको शक्तिशाली आँधीका कारण लाखौँ मानिस अन्धकारमा बस्न बाध्य भएका छन् भने हवाई यातायात प्रभावित भएको छ। आँधी गएको एक दिन बितिसक्दा पनि धेरैजसो क्षेत्रमा विद्युत् आपूर्ति सुचारु हुन सकेको छैन। बिहीबार अमेरिकाको पूर्वी तटीय क्षेत्रमा तीव्र वेगको हावाहुरी र भारी वर्षासहित भीषण आँधी आएको थियो। आँधीपछिको वर्षाले तटीय क्षेत्रहरूमा बाढीको जोखिम बढाएको ...
। अस्ट्रेलियाको प्रमुख विपक्षी दल लिबरल पार्टीकी छाया मन्त्रिपरिषद् सदस्य एवं सिनेटर लिआ ब्लिथले पार्टी परित्याग गर्दै पाउलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टीमा प्रवेश गरेकी छन् । दक्षिण अस्ट्रेलियाको प्रतिनिधित्व गर्ने ब्लिथको यस कदमले अस्ट्रेलियाको सङ्घीय तथा विपक्षी राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ । बिहीबार सार्वजनिक भएको निर्णयसँगै ब्लिथ दक्षिण अस्ट्रेलियाबाट वान नेशनको प्रतिनिधित्व गर्ने ...
। आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो । विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले बालविवाह, कम उमेरमा गरिने विवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ । बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह ...
: स्पेनको इबिजा टापुनजिकै ७ हजार टनसम्म डिजेल बोकेको माल्टा ध्वजावाहक ट्यांकर समुद्रमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । जहाजमा सवार १७ जना चालक दलका सदस्यको उद्धार गरिएकोमा सात जनालाई अस्पताल लगिएको थियो । उपचारका क्रममा एक जनाको मृत्यु भएको स्पेनको आपत्कालीन सेवाले जनाएको छ । अन्य छ जनाको अवस्था सामान्य रहेको बताइएको छ । ‘मेड ...
। इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले कुवेतमा भएको ड्रोन आक्रमणमा तेहरानको संलग्नता नरहेको बताएका छन्। उक्त आक्रमणमा दुई जना इटालियन नागरिकको मृत्यु भएको थियो। उनले यो घटनालाई शङ्कास्पद भन्दै यो ‘युद्धका लागि पहिले नै तयार पारिएको योजना’ हुन सक्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै अराघचीले मृत्युप्रति आफ्ना इटालियन र कुवेती समकक्षीहरूलाई समवेदना व्यक्त ...