मुख्य समाचार
सरकारले ८३८ विशेषज्ञ चिकित्सक सातै प्रदेशमा खटाएको छ
सरकारले ८३८ विशेषज्ञ चिकित्सक सातै प्रदेशमा खटाएको छ

। सरकारले ८३८ विशेषज्ञ चिकित्सक सातै प्रदेशमा खटाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडीएस उत्तीर्ण ८३८ विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा परिचालन गरेको छ।

विशेषज्ञ चिकित्सकको प्रदेशगत परिचालनसँगै नागरिकले विशेषज्ञ उपचारका लागि काठमाडौं तथा ठूला सहर धाउनुपर्ने बाध्यता कम हुने मन्त्रालय जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा २०८ जना विशेषज्ञ चिकित्सक खटाइएको छ। त्यस्तै कोशीमा १५४, लुम्बिनीमा १३३, गण्डकीमा १२९, मधेशमा ८६, सुदूरपश्चिममा ७६ र कर्णालीमा ५२ जना चिकित्सक परिचालन गरिएको छ।

परिचालित चिकित्सकमध्ये ५११ जनालाई प्रदेश स्वास्थ्य मन्त्रालयमा पठाइएको छ। संघीय सरकारले प्रदेशमा पठाएका यी चिकित्सकलाई सम्बन्धित प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्ययोजनाका आधारमा स्थानीय तहका स्वास्थ्य संस्थामा समेत खटाउन सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार चिकित्सक परिचालनपछि एनेस्थेसिया, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, हाडजोर्नी, मेडिसिन, आकस्मिक उपचार, आँखा, बालरोग, दन्त तथा मानसिक स्वास्थ्यलगायतका विशेषज्ञ सेवा विस्तार हुनेछन्।

विशेषज्ञ चिकित्सकको उपलब्धताले विशेषगरी सुरक्षित प्रसूति सेवा, शल्यक्रिया र आकस्मिक उपचारलाई प्रभावकारी बनाउन सहयोग पुग्ने मन्त्रालयको विश्वास छ।

यसबाट विशेषज्ञ स्वास्थ्य सेवाका लागि टाढाका सहर र ठूला अस्पताल पुग्नुपर्ने बाध्यता घट्ने तथा स्थानीयस्तरमै उपचारको पहुँच बढ्ने अपेक्षा गरिएको छ।

सरकारले विशेषज्ञ जनशक्तिको प्रदेश तथा स्थानीय तहसम्म विस्तारले स्वास्थ्य सेवामा रहेको भौगोलिक असमानता घटाउनुका साथै गुणस्तरीय स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रथम वर्षका आवासीय चिकित्सक र कलेज प्रशासनबीच सहमति भएपछि चिकित्सकहरूले आन्दोलनका कार्यक्रम रोकिएका छन् । सहमतिसँगै आवासीय चिकित्सकहरू आजैदेखि ड्युटीमा फर्किएका छन् । सहमतिमा आन्दोलनमा सहभागी भएको कारण कुनै पनि आवासीय चिकित्सकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दण्ड, सजाय, प्रतिशोध, मानसिक तनाव वा धम्की नदिने तथा कलेज वा छात्रावासबाट निष्कासन नगर्ने उल्लेख ...
। अब स्वास्थ्य बीमाको सेवा लिन भौतिक परिचयपत्र नै बोक्नुपर्ने बाध्यता हटेको छ । स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा स्वास्थ्य बीमा परिचयपत्रको स्पष्ट विवरण देखिने फोटोकपीका आधारमा पनि सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ । बुधबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै स्वास्थ्य बीमामा आबद्ध व्यक्तिलाई भौतिक कार्ड नभएकै कारण बीमाअन्तर्गतको सेवाबाट ...
। वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा स्नातकोत्तर (पीजी) तहमा अध्ययनरत प्रथम वर्षका आवासीय चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन् । कलेजको कार्यशैली र अभ्यासविरुद्ध दुई महिनादेखि आन्दोलन गर्दा पनि माग सम्बोधन नभएको भन्दै उनीहरूले पदबाट सामूहिक राजीनामा दिएका हुन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सम्बोधन गर्दै बुझाइएको राजीनामापत्रमा चिकित्सकहरूले असुरक्षित, अपमानजनक र विभेदपूर्ण वातावरणमा तालिमलाई निरन्तरता दिन नसक्ने ...
। गुल्मी जिल्ला भर यस वर्ष जिल्लाभर २ लाख ८१ हजार ६४१ वटा खुरफट्टा जनावरलाई खोरेत रोगविरुद्धको खोप लगाउने लक्ष्य निर्धारण गरिएको छ । अघिल्लो वर्ष जिल्लामा २ लाख ९२ हजार १६५ वटा खुरफट्टा जनावरलाई खोरेत रोगविरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जनाएको छ । जिल्लालाई खोरेतमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यसहित ...
। कर्णाली करिडोरको दक्षिणदेखि उत्तरी सीमासम्म सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढेको छ । भारतसँगको सीमा जमुनाहादेखि चीनसँगको सीमा हिल्सासम्म जोडिने ५०५ किलोमिटर लामो यस करिडोरअन्तर्गत दक्षिण खण्डको ४१ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । यसका लागि तीनवटा ठेक्काको बोलपत्र मूल्याङ्कन गरी निर्माण व्यवसायी छनोटको काम सुरु भएको छ । उत्तरी खण्डअन्तर्गत हिल्सा–सिमकोट सडक ...