मुख्य समाचार
व्यवस्थापनबिना होल्डिङ सेन्टरबाट हटाउन खोजिएको भन्दै मध्यपुर थिमिको बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्रमा रहेका विस्थापित परिवारले सेन्टर छोड्न मानेनन्
व्यवस्थापनबिना होल्डिङ सेन्टरबाट हटाउन खोजिएको भन्दै मध्यपुर थिमिको बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्रमा रहेका विस्थापित परिवारले सेन्टर छोड्न मानेनन्

: व्यवस्थापनबिना होल्डिङ सेन्टरबाट हटाउन खोजिएको भन्दै मध्यपुर थिमिको बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्रमा रहेका विस्थापित परिवारले सेन्टर छोड्न मानेनन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार दिउँसो २ बजेसम्म स्थान खाली गर्न दिएको समयसीमा सकिए पनि उनीहरू सेन्टर छाड्न तयार भएनन्।

बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले एक सूचना जारी गर्दै शुक्रबार दिउँसो २ बजेभित्र सेन्टर खाली गर्न सूचित गरेको थियो। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भूमि समस्या समाधान समिति काठमाडौंको पत्रका आधारमा सूचना जारी गरेको बताएका थिए।

बिहीबार जिल्ला प्रहरी वृत्त थिमिका प्रमुख रहेका डीएसपी निशान थापाकै नेतृत्वमा प्रहरी टोली परिचालन गरी होल्डिङ सेन्टर खाली गर्न माइकिङ गरिएको थियो। प्रहरीले बल प्रयोग गरेर हटाउने संकेत देखाएता पनि शुक्रबार समयसीमा सकिँदासम्म प्रहरी प्रशासन मौन देखिएको छ।




१५ दिनमा व्यवस्थापन गर्ने आश्वासन दिएर होल्डिङ सेन्टरमा राखिएको र आठ महिना बितिसक्दा पनि कुनै व्यवस्थापन नगरी उल्टो अन्यायपूर्ण ढंगले हटाउन खोजिएको भन्दै विस्थापित परिवार असन्तुष्ट र आक्रोशित छन्। त्यहाँ बसिरहेका विस्थापित दलमर्दन कामीले सरकारले अन्यायपूर्ण ढंगले हटाउन खोजिरहेको र आफूहरूले त्यसको प्रतिरोध गरिरहेको प्रतिक्रिया दिए।

शुक्रबार नियमित खाना बन्द भएपछि उनीहरूले थाल ठटाएर आन्दोलन गरेका थिए। गत वैशाख १२ गते काठमाडौं उपत्यकाका नदीकिनारका सुकुम्बासी बस्ती हटाउने क्रममा थापाथली, मनोहरा र सिनामंगललगायत क्षेत्रबाट विस्थापित परिवारलाई बोडेस्थित होल्डिङ सेन्टरमा राखिएको थियो। यहाँ १९ परिवारका ५९ जना बस्दै आएका छन्। उनीहरूमध्ये १७ जना बालबालिका छन्। प्रशासन स्रोतले भने पछिल्लो तीन दिनमा तीन परिवारले होल्डिङ सेन्टर छोडेको दाबी गरेको छ।

सरकारले पुनर्वासको व्यवस्था गर्ने प्रतिबद्धतासहित अस्थायी रूपमा राखेका परिवार आठ महिनापछि पनि स्थायी व्यवस्थापनको टुंगो नलाग्दा अन्योलमा छन्। यो राष्ट्रिय बहसको विषयसमेत बनिसकेको र राज्य नागरिकप्रति निर्मम बन्न नहुने सामाजिक अभियन्ता प्रेमध्वज लामा बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिष्ट पार्टीले काठमाडौं उपत्यकाबाट विस्थापित भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू बस्दै आएका अस्थायी होल्डिङ सेन्टर खाली गर्न सरकारले जारी गरेको सूचना तत्काल फिर्ता लिन माग गरेको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै घरटहरामाथि डोजर चलाएर विस्थापित गरिएका नागरिकको उचित पुनर्बासको व्यवस्था गर्नुको साटो अस्थायी आश्रयस्थलसमेत खाली गर्न खोज्नु अमानवीय, ...
: राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्बाट सिफारिस गरिएका अध्यादेश जारी हुन ढिलाइ भएको विषयमा ध्यानाकर्षण गराएका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार अपराह्न भएको भेटवार्तामा प्रधानमन्त्री शाहले अध्यादेश जारी हुन नसकेको विषयलाई शिष्ट र कूटनीतिक ढंगले उठाएका हुन्। लामो समयपछि शीतल निवास पुगेका प्रधानमन्त्री शाहले भारतको औपचारिक भ्रमणबाट फर्किएको चार ...
: नुवाकोटमा यात्रुवाहक गाडी दुर्घटना भएको छ। शिवपुरी गाउँपालिका–५, आलडाँडामा टाटासुमो गाडी दुर्घटना हुँदा ६ महिलासहित १२ जना घाइते भएका छन्। गुर्जेभञ्ज्याङ–दुप्चेश्वर भित्री सडकखण्डअन्तर्गत आलडाँडामा मानेभञ्ज्याङबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४३७५ नम्बरको गाडी अनियन्त्रित भई पल्टिँदा १२ जना घाइते भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) इकवाल हवारीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी घाइते भएकाहरूलाई ...
। राष्ट्रिय किसान सञ्जालले कृषि उत्पादन लागत घटाउन, किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था गर्न तथा बाढीपीडित किसानको पुनर्स्थापनासहित ११ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको छ । सञ्जालका संयोजक डा. प्रेम दंगालले प्रेस विज्ञप्तिमार्फत कृषि क्षेत्रका समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन् । किसानका समस्या पटकपटक सरकारसमक्ष प्रस्तुत गरे पनि अपेक्षित सम्बोधन नभएको भन्दै सञ्जालले सरकारको ...
। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको तल्लो तहका बैठकहरूमा स्थानीय नागरिकका मुद्दाहरूलाई अनिवार्य एजेन्डा बनाउनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार धारणा राख्ने क्रममा उनले वडा तहको बैठक बस्दा कम्तीमा पनि तीनवटा स्थानीय मुख्य समस्यालाई एजेन्डा बनाउनुपर्नेमा जोड दिए । समाजका हरेक वर्ग, समुदाय र उमेर समूहले कांग्रेसलाई आफ्नो अभिभावक ...