मुख्य समाचार
एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ५ करोड ७५ लाख अमेरिकी डलर बराबर ऋण तथा अनुदान सहायता स्वीकृत
एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ५ करोड ७५ लाख अमेरिकी डलर बराबर ऋण तथा अनुदान सहायता स्वीकृत

। एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ५ करोड ७५ लाख अमेरिकी डलर बराबर ऋण तथा अनुदान सहायता स्वीकृत गरेको छ ।

एडीबीका अनुसार काठमाडौं उपत्यकाको खानेपानी आपूर्ति तथा ढल निकास परियोजनामा खर्च गर्ने गरी उक्त सहायता स्वीकृत गरिएको हो । यसमध्ये ५ करोड डलर (७ अर्ब ३८ करोड हाराहारी) ऋण र ७५ लाख डलर (१ अर्ब ११ करोड हाराहारी) अनुदान छ ।

‘काठमाडौं भ्याली वाटर सेक्टर रिफर्म प्रोग्राम’ मार्फत कार्यक्रम कार्यान्वयन हुने एडीबीले जनाएको छ । काठमाडौं उपत्यका लामो समयदेखि स्वच्छ खानेपानी सुविधाका लागि संघर्षरत छ ।

कमजोर संस्थागत क्षमता, व्यावसायिक कार्यसम्पादन अभाव, फोहोर पानी प्रशोधन सुविधाको कमी, एकीकृत योजना र विकास अभावजस्ता समस्या सम्बोधन लक्ष्य यस परियोजनामा राखिएको छ ।


खानेपानीसँग सम्बन्धित सरोकारवालाको क्षमता अभिवृद्धि गर्र्दै नागरिक लक्षित जल वितरण प्रणाली बलियो बनाइने एडीबीले जनाएको छ ।

एडीबीकाका कन्ट्री डाइरेक्टर अर्नोड काउचोइसले खानेपानी सेवामा आबद्ध संस्थाहरू सुदृढ पार्ने, क्षमता बढाउने र जलवायु परिवर्तनका असर सामना गर्न सक्षम पूर्वाधारमा लगानी गरिने बताए ।

सरकारको उपत्यकामा खानेपानी सेवा सक्षम बनाउने नेपाल सरकारको प्रयासमा एडीबीले हातेमालो गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउने लक्ष्यसहित युरोपेली बजारमा नेपाली वस्तुहरूको पहुँच विस्तार, निर्यात प्रवर्द्धन र लगानी आकर्षण गर्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उच्चस्तरीय छलफल भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र युरोपेली राजदूत चाल्र्स ह्वाइटलीबीच मंगलबार भएको शिष्टाचार भेटवार्तामा नेपाल र युरोपबीचको व्यापारिक सम्बन्ध विस्तार तथा आर्थिक सहकार्यलाई थप प्रभावकारी ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारेका छन् । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । उनले नेपाललाई प्राप्त ५६ अर्ब ...
। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आयोजित नेपाल–भारत बिजनेस राउन्डटेबलमा नेपालका उद्योग व्यवसायीले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप व्यावहारिक र परिणाममुखी बनाउन व्यापारका अवरोध हटाउन, पूर्वाधार विस्तार गर्न र भारतीय लगानी बढाउन आग्रह गरेका छन् । उनीहरूको आग्रहमा भारतीय वाणिज्यमन्त्री जितीनप्रसादले नेपालको उत्पादन क्षमता, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी तथा सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै ...
: अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकको सेयर बजारमा कारोबार सुरु भएको दोस्रो दिनमै उल्लेख्य गिरावट आएको छ । पहिलो दिन उत्साहजनक कारोबार गरेको कम्पनीको सेयर शुक्रबार एकैदिन १२ प्रतिशतभन्दा बढीले घट्दै प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मूल्यको आसपास पुगेको हो । क्लाउड (Claude) च्याटबोट निर्माता एन्थ्रोपिकले आईपीओमार्फत ८१ अर्ब अमेरिकी डलर जुटाएको थियो । बिहीबार नास्डाकमा ...
। नेपाल घुमफिरमा आउने पर्यटकले पछिल्लो तीन महिनामा २५ अर्ब ५२ करोड रुपैयाँ बराबर खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउन–असोज अवधिमा भ्रमण आय ३२.७ प्रतिशत बढेर उक्त रकम बराबर पुगेको हो । गत आव सोही अवधिमा १९ अर्ब २३ करोड बराबर खर्च गरेका थिए । तीन महिनामा भ्रमण व्यय भने १५.७ प्रतिशत घटेर ५४ ...