मुख्य समाचार
टाटासुमो गाडी दुर्घटना हुँदा ६ महिलासहित १२ जना घाइते
टाटासुमो गाडी दुर्घटना हुँदा ६ महिलासहित १२ जना घाइते

: नुवाकोटमा यात्रुवाहक गाडी दुर्घटना भएको छ। शिवपुरी गाउँपालिका–५, आलडाँडामा टाटासुमो गाडी दुर्घटना हुँदा ६ महिलासहित १२ जना घाइते भएका छन्।

गुर्जेभञ्ज्याङ–दुप्चेश्वर भित्री सडकखण्डअन्तर्गत आलडाँडामा मानेभञ्ज्याङबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४३७५ नम्बरको गाडी अनियन्त्रित भई पल्टिँदा १२ जना घाइते भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) इकवाल हवारीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ।

दुर्घटनामा टाटासुमो चालक नुवाकोटको दुप्चेश्वर–४ का २३ वर्षीय आकाश तामाङ, सोही स्थानकी ३० वर्षीया सुस्मिता तामाङ, सोही स्थानका ७ वर्षीय अनिश तामाङ, २३ वर्षीय शिव तामाङ र २६ वर्षीय पासाङ तामाङ घाइते भएको प्रहरीले जनाएको छ।

यस्तै दुप्चेश्वर–४ की २४ वर्षीया सुस्मिता तामाङ, उनका छोरा २ वर्षीय साहिल तामाङ, सोही स्थानका २० वर्षीय कर्मा तामाङ, २० वर्षीया विनिता तामाङ, ३२ वर्षीया अञ्जना तामाङ, ३९ वर्षीया माया तामाङ र काठमाडौंको गोकर्णेश्वर–४ का ३४ वर्षीय बलराम श्रेष्ठ घाइते भएको डीएसपी हवारीले जानकारी दिए।

घाइते हुनेहरूमा २ जना बालबालिका पनि रहेका छन्। उक्त दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय किसान सञ्जालले कृषि उत्पादन लागत घटाउन, किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था गर्न तथा बाढीपीडित किसानको पुनर्स्थापनासहित ११ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको छ । सञ्जालका संयोजक डा. प्रेम दंगालले प्रेस विज्ञप्तिमार्फत कृषि क्षेत्रका समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन् । किसानका समस्या पटकपटक सरकारसमक्ष प्रस्तुत गरे पनि अपेक्षित सम्बोधन नभएको भन्दै सञ्जालले सरकारको ...
। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको तल्लो तहका बैठकहरूमा स्थानीय नागरिकका मुद्दाहरूलाई अनिवार्य एजेन्डा बनाउनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार धारणा राख्ने क्रममा उनले वडा तहको बैठक बस्दा कम्तीमा पनि तीनवटा स्थानीय मुख्य समस्यालाई एजेन्डा बनाउनुपर्नेमा जोड दिए । समाजका हरेक वर्ग, समुदाय र उमेर समूहले कांग्रेसलाई आफ्नो अभिभावक ...
। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै नेताहरूले संघीय संसद् अधिवेशन छिटो बोलाउन दबाब बढाएका छन् । अधिवेशन नबोलाइँदा संसद्मा कतिपय छलफल र जनसरोकारको विषयमा समेत बहस हुन नसकेको तर्क रास्वपाका पदाधिकारीहरूकै छ । ‘एकातिर धेरै भन्दा धेरै कानुन बनाउने भनिएको छ । अर्कोतिर जनताका कुरा समेत उठ्न पाएको छैन । यो पृष्ठभूमिमा संसद् अधिवेशन बोलाउनुपर्छ भन्नेमा ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले राज्यका उच्च पदाधिकारीदेखि आधारभूत तहका श्रमिकसम्म सबैलाई समेट्ने गरी प्रधानमन्त्री, मन्त्री तथा सङ्घीय सांसदलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाइएको बताएकी छन् । शुक्रबार नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बादीले सङ्घीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक ...
। नेपाली कांग्रेसको देउवा पक्षीय नेता डा. प्रकाशशरण महतले नियमित महाधिवेशनको प्रक्रियामा सहभागी नेता तथा जनप्रतिनिधिलाई कारबाही गर्ने सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सप्तरी जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका महतले सभापति थापाले केही दिनअघि पार्टी छाडेर अर्को पार्टीमा लागेका नेता–कार्यकर्तालाई कारबाही गर्ने बताएको विषयमा प्रतिक्रिया दिँदै आपत्ति जनाएका हुन् । नेता महतले कांग्रेसको इतिहास, ...