मुख्य समाचार
करार कर्मचारी र राहत शिक्षकसम्मलाई सामाजिक सुरक्षा कोषमा ल्याउँछौं : मन्त्री बादी
करार कर्मचारी र राहत शिक्षकसम्मलाई सामाजिक सुरक्षा कोषमा ल्याउँछौं : मन्त्री बादी

। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले राज्यका उच्च पदाधिकारीदेखि आधारभूत तहका श्रमिकसम्म सबैलाई समेट्ने गरी प्रधानमन्त्री, मन्त्री तथा सङ्घीय सांसदलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाइएको बताएकी छन् ।

शुक्रबार नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बादीले सङ्घीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई कोषमा आबद्ध गराउने नीतिगत आधारसमेत तयार भइसकेको जानकारी दिइन् ।




‘सरकारका उच्च पदाधिकारीदेखि आधारभूत तहका श्रमिकसम्म सबैलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने हाम्रो सोच केवल नीतिगत अभिव्यक्ति मात्र होइन, सामाजिक सुरक्षा सबैका लागि हो भन्ने मान्यतालाई व्यवहारमा रूपान्तरण गर्ने प्रयास भइरहेको छ,’ बादीले भनिन्, ‘राज्यको नेतृत्व तहबाट सामाजिक सुरक्षाप्रतिको अपनत्व र प्रतिबद्धता अभिव्यक्त गर्न प्रधानमन्त्री, मन्त्री तथा सङ्घीय सांसदहरूलाई समेत कोषमा आबद्ध गराउने प्रक्रिया अगाडि बढाइएको छ ।’

उनका अनुसार निजी क्षेत्रका रोजगारदाता तथा श्रमिकसँगै सरकारी क्षेत्रका सामाजिक सुरक्षा सुविधा नपाएका कर्मचारीलाई पनि प्रणालीमा समेट्ने सरकारको निर्णय छ । चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषको खर्च शीर्षकमा विनियोजन गरिएको १ अर्ब ८० करोड ६३ लाख रुपैयाँमध्येबाट हाल सङ्घीय सरकारअन्तर्गतका करार कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई आबद्ध गराउने आधार तयार गरिएको उनले बताइन् ।


क्रमशः प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी अस्थायी प्रकृतिका सबै कर्मचारी तथा शिक्षकलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्ने सरकारको योजना रहेको उनको भनाइ छ ।

यसैगरी, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेत राज्यको अपनत्वसहित कोषमा आबद्ध गराउन सङ्घीय र स्थानीय तहको सहभागितामूलक व्यवस्था मिलाइएको मन्त्री बादीले जानकारी दिइन् । ‘राज्यले उपलब्ध गराउनुपर्ने सहयोगदानमध्ये स्थानीय तहबाट समेत सहयोगदान हुनेगरी प्रोत्साहन गर्ने र श्रमिकका लागि हाल १ प्रतिशतले हुन आउने रकम बराबरको सहयोगदान सङ्घीय सरकारले जम्मा गरिदिने आधार तयार गरिएको छ,’ उनले भनिन् ।

सार्वजनिक खरिद प्रक्रियामा सामाजिक सुरक्षा कोषमा आबद्धतालाई अनिवार्य बनाउने व्यवस्थाले सामाजिक सुरक्षालाई रोजगारी, श्रम बजार र सार्वजनिक नीतिसँग जोड्ने महत्त्वपूर्ण आधार तयार गरेको बादीको दाबी छ ।

नेपाल सरकारको कार्यविभाजन नियमावलीअनुसार विभिन्न निकाय र कार्यक्रममार्फत छरिएर रहेका सामाजिक सुरक्षासम्बन्धी व्यवस्थालाई समन्वय र एकीकृत गर्दै एकीकृत सामाजिक सुरक्षा कोषको संस्थागत विकासमा सरकार क्रियाशील रहेको उनले स्पष्ट पारिन् ।

मन्त्री बादीले सामाजिक सुरक्षा कोषलाई श्रमिकको योगदान, रोजगारदाताको जिम्मेवारी र सरकारको कल्याणकारी प्रतिबद्धताबाट निर्मित नागरिकको भविष्यसँग जोडिएको साझा भरोसाको पुँजीका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन् ।

कोषको संरक्षण, पारदर्शिता, प्रभावकारी व्यवस्थापन, योगदानको उचित परिचालन तथा दीर्घकालीन वित्तीय दिगोपना सुनिश्चित गर्न सरकार गम्भीर रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै नेताहरूले संघीय संसद् अधिवेशन छिटो बोलाउन दबाब बढाएका छन् । अधिवेशन नबोलाइँदा संसद्मा कतिपय छलफल र जनसरोकारको विषयमा समेत बहस हुन नसकेको तर्क रास्वपाका पदाधिकारीहरूकै छ । ‘एकातिर धेरै भन्दा धेरै कानुन बनाउने भनिएको छ । अर्कोतिर जनताका कुरा समेत उठ्न पाएको छैन । यो पृष्ठभूमिमा संसद् अधिवेशन बोलाउनुपर्छ भन्नेमा ...
। नेपाली कांग्रेसको देउवा पक्षीय नेता डा. प्रकाशशरण महतले नियमित महाधिवेशनको प्रक्रियामा सहभागी नेता तथा जनप्रतिनिधिलाई कारबाही गर्ने सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सप्तरी जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका महतले सभापति थापाले केही दिनअघि पार्टी छाडेर अर्को पार्टीमा लागेका नेता–कार्यकर्तालाई कारबाही गर्ने बताएको विषयमा प्रतिक्रिया दिँदै आपत्ति जनाएका हुन् । नेता महतले कांग्रेसको इतिहास, ...
। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आह्वान भएको छ । यही मंसिर १५ गते बस्ने गरी समितिको बैठक आह्वान भएको हो । बैठकमा गृहमन्त्रालयसँग सम्बन्धित समसामयिक विषयहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । शान्ति सुरक्षा र अपराध नियन्त्रण, कारागार व्यवस्थापनको विषयमा छलफल गर्ने भनिएको छ । यसअघि राज्य व्यवस्था समितिको अघिल्लो बैठक असोज ८ गते बसेको ...
। काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । शुक्रबार अदालतमा पेस गरिएका अर्याललाई चार दिन थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीले अनुमति प्रदान गरिएको काठमाडौं जिल्ला अदालतका प्रवक्ता शिव खतिवडाले जानकारी दिए । अर्याललाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत आज अदालतमा पेस गरेको थियो । मलेसियाको वैदेशिक रोजगारीका ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘शिक्षा संवाद’का क्रममा सातै प्रदेशबाट प्राप्त सुझावलाई शिक्षा ऐनको मस्यौदामा समेट्ने प्रतिबद्धता जनाएका छन् । शिक्षा मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक संघ नेपालको सहजीकरणमा सातै प्रदेशमा ‘शिक्षा संवाद’ कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा शिक्षाका विभिन्न सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरिएको थियो । संवादका क्रममा प्राप्त सुझाव समेटेर तयार पारिएको प्रतिवेदन ...