मुख्य समाचार
नियमित महाधिवेशनको प्रक्रियामा सहभागी नेता तथा जनप्रतिनिधिलाई कारबाही गर्ने सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति
नियमित महाधिवेशनको प्रक्रियामा सहभागी नेता तथा जनप्रतिनिधिलाई कारबाही गर्ने सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति

। नेपाली कांग्रेसको देउवा पक्षीय नेता डा. प्रकाशशरण महतले नियमित महाधिवेशनको प्रक्रियामा सहभागी नेता तथा जनप्रतिनिधिलाई कारबाही गर्ने सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सप्तरी जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका महतले सभापति थापाले केही दिनअघि पार्टी छाडेर अर्को पार्टीमा लागेका नेता–कार्यकर्तालाई कारबाही गर्ने बताएको विषयमा प्रतिक्रिया दिँदै आपत्ति जनाएका हुन् ।

नेता महतले कांग्रेसको इतिहास, विचार र विरासत बोकेका नेताहरूलाई पन्छाएर स्वघोषणाका आधारमा कसैले आधिकारिक कांग्रेसको दाबी गर्न नसक्ने पनि जिकिर गरे ।

थापाको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै महतले कांग्रेस निर्माण गर्नेहरूकै पार्टी नहुने अवस्था कसरी आयो भन्दै प्रश्न गरे । कांग्रेस र लोकतन्त्रलाई कमजोर बनाउने उद्देश्यले कसैको नियोजित पात्रका रूपमा काम गर्नेहरूलाई वास्तविक उत्तराधिकारी मान्न नसकिने उनको तर्क थियो ।


‘नेपाली कांग्रेस जसले निर्माण गर्‍यो, उसको नहुने, अनि कांग्रेस र प्रजातन्त्र कमजोर बनाउन कसैको नियोजित पात्र बन्छ, उसको कसरी हुन सक्छ ?’ महतले प्रश्न गरे ।

उनले कांग्रेसका संस्थापक बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि र कृष्णप्रसाद भट्टराईको राजनीतिक विरासत आफूहरूसँग रहेको दाबी गरे ।

१४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा, बीपीपुत्र डा. शशांक कोइराला, गणेशमानपुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिजस्ता वरिष्ठ नेताहरू आफूहरूसँगै रहेको उल्लेख गर्दै उनले यही समूह आधिकारिक कांग्रेस भएको जिकिर गरे ।

महतले विधि र विधानले नचिनेको प्रक्रियाबाट स्वघोषणाका आधारमा बनेको नेतृत्वलाई आधिकारिक मान्न नसकिने बताए । उनले कार्यकर्तालाई यस्ता विषयमा अलमलमा नपर्न आग्रह गरे ।

कांग्रेसको विचार, नीति र सिद्धान्तमा प्रतिबद्ध नेता तथा कार्यकर्तालाई सेवा–सुविधा कटौती हुने वा कारबाहीमा पर्ने डरबाट विचलित नहुन पनि उनले आग्रह गरे ।

‘कांग्रेसको विचारमा लागेका नेता–कार्यकर्तालाई म भन्न चाहन्छु, हामी नीति, विचार र निष्ठा त्यागेर नियमित तलब र आयआर्जनका लागि राजनीतिमा लागेका होइनौं,’ महतले भने, ‘लोकतन्त्र र विधिका लागि हाम्रा अग्रजहरूले प्राण आहुति दिनसमेत तयार भएर काम गर्नुभयो । हामी पनि त्यही बाटोमा छौं । त्यसैले तपाईं–हामी सेवा–सुविधा काटिन्छ कि भनेर डराउनुपर्ने अवस्था छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै नेताहरूले संघीय संसद् अधिवेशन छिटो बोलाउन दबाब बढाएका छन् । अधिवेशन नबोलाइँदा संसद्मा कतिपय छलफल र जनसरोकारको विषयमा समेत बहस हुन नसकेको तर्क रास्वपाका पदाधिकारीहरूकै छ । ‘एकातिर धेरै भन्दा धेरै कानुन बनाउने भनिएको छ । अर्कोतिर जनताका कुरा समेत उठ्न पाएको छैन । यो पृष्ठभूमिमा संसद् अधिवेशन बोलाउनुपर्छ भन्नेमा ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले राज्यका उच्च पदाधिकारीदेखि आधारभूत तहका श्रमिकसम्म सबैलाई समेट्ने गरी प्रधानमन्त्री, मन्त्री तथा सङ्घीय सांसदलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाइएको बताएकी छन् । शुक्रबार नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बादीले सङ्घीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक ...
। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आह्वान भएको छ । यही मंसिर १५ गते बस्ने गरी समितिको बैठक आह्वान भएको हो । बैठकमा गृहमन्त्रालयसँग सम्बन्धित समसामयिक विषयहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । शान्ति सुरक्षा र अपराध नियन्त्रण, कारागार व्यवस्थापनको विषयमा छलफल गर्ने भनिएको छ । यसअघि राज्य व्यवस्था समितिको अघिल्लो बैठक असोज ८ गते बसेको ...
। काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । शुक्रबार अदालतमा पेस गरिएका अर्याललाई चार दिन थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीले अनुमति प्रदान गरिएको काठमाडौं जिल्ला अदालतका प्रवक्ता शिव खतिवडाले जानकारी दिए । अर्याललाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत आज अदालतमा पेस गरेको थियो । मलेसियाको वैदेशिक रोजगारीका ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘शिक्षा संवाद’का क्रममा सातै प्रदेशबाट प्राप्त सुझावलाई शिक्षा ऐनको मस्यौदामा समेट्ने प्रतिबद्धता जनाएका छन् । शिक्षा मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक संघ नेपालको सहजीकरणमा सातै प्रदेशमा ‘शिक्षा संवाद’ कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा शिक्षाका विभिन्न सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरिएको थियो । संवादका क्रममा प्राप्त सुझाव समेटेर तयार पारिएको प्रतिवेदन ...