मुख्य समाचार
वीरगन्ज-१० आदर्शनगर चोकस्थित एक क्यासिनोमा प्रहरीले छापा मारेर १२ जना नेपालीलाई पक्राउ
वीरगन्ज-१० आदर्शनगर चोकस्थित एक क्यासिनोमा प्रहरीले छापा मारेर १२ जना नेपालीलाई पक्राउ

: वीरगन्ज-१० आदर्शनगर चोकस्थित एक क्यासिनोमा प्रहरीले छापा मारेर १२ जना नेपालीलाई पक्राउ गरेको छ । होटल सुरजमा सञ्चालित फर्चुन सिटी गेमिङ क्लब क्यासिनोमा बिहीबार राति प्रहरीले छापा मारेर १२ जना नेपालीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा क्यासिनो भित्र जुवा खेल्ने ९ जना र उनीहरूलाई जुवा खेलाउने ३ जना कर्मचारी रहेका छन् ।

क्यासिनोभित्र अनाधिकृत रुपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।उक्त सूचनाको आधारमा बिहीबार राति जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले क्यासिनोमा पुगेर छापा मारेको थियो।

त्यसक्रममा जुवा खेल्दै गरेको अवस्थामा पर्साको वीरगन्ज महानगरपालिकाका ६२ वर्षीय विजय अग्रवाल,३० वर्षीय सन्तोष यादव,२४ वर्षीय अनुराग कुमार,४८ वर्षीय दिपक साह,पर्सागढी नगरपालिकाका २६ वर्षीय दिनेश साह,बाराको कलैयाका ४० वर्षीय नरेश प्रसाद,काभ्रेको महाभारत गाउँपालिकाका ४७ वर्षीय गुन्जमान मोक्तान,सिन्धुलीको मरिन गाउँपालिकाका २७ वर्षीय विनोद कुमार र काठमाडौंको साँखुका ४० वर्षीय राजेश श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यस्तै क्यासिनोका कर्मचारीहरु बैतडीकको दोगराकेदरा गाउँपालिकाका ५४ वर्षीय तिलक भट्ट,पर्साको वीरगन्जका ३७ वर्षअंय प्रभु तुरहा र सिरहाको धनगढीमाईका ४६ वर्षीय दिपमराज पराजुलीलाई पनि नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

पक्राउ गरिएका सबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई राज्यको भौतिक पूर्वाधार विकाससँग जोड्न विशेष प्रकृतिको ऋणपत्र जारी गर्ने नीतिगत आधारमाथि छलफल भइरहेको बताएका छन् । शुक्रबार नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले अनिवार्य पेन्सनका लागि प्रयोग हुने रकम परिचालन गर्न सकिने गरी कोषको न्यूनतम दायित्व भुक्तानी सुनिश्चित हुने ब्याजदर ...
। नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष तथा रोजगारदाता परिषद् सभापति प्रबलजंग पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाउन तथा सामाजिक सुरक्षा प्रणाली थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् । नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम ...
। नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई अहिलेदेखि नै संगठनात्मक र राजनीतिक रूपमा तयारीमा जुट्न आह्वान गरेकी छन् । केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले ‘हामी तयार छौं’ अभियानलाई देशभरका वडा र बुथ तहसम्म विस्तार गरी संगठन सुदृढीकरणमा केन्द्रित गर्नुपर्ने बताएकी हुन् । निर्वाचन आयोगले पार्टीको विधानसम्मत विवरण र आधिकारिकता ...
: प्रतिनिधि सभा सदस्य डा. गङ्गालक्ष्मी अवालले व्यवस्थापन बिना होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीलाई हटाउन नहुने बताएकी छन् । सरकारले १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिवद्धतासहित होल्डिङ सेन्टरमा राखेका नागरिकलाई ८ महिना बितिसक्दा पनि व्यवस्थापन बिना हटाउन लागेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् । शुक्रबार बिहान बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रस्थित होल्डिङ सेन्टर अवलोकन गर्न ...
। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आगामी महाधिवेशनका लागि पाँच वटा समितिका संयोजक तोकेको छ । मूल तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले महाधिवेशन तयारीका लागि प्रचार प्रसार, अतिथि सत्कार एवं समन्वय, प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन, सांस्कृतिक र स्वास्थ्य समितिका संयोजक मनोनयन गरेका हुन् । सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलका अनुसार महाधिवेशन प्रचार प्रसार समिति ...