मुख्य समाचार
त्रिभुवन आर्मी क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताको महिला क्रिकेटतर्फ सहआयोजक कर्णाली प्रदेशलाई ९७ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश
त्रिभुवन आर्मी क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताको महिला क्रिकेटतर्फ सहआयोजक कर्णाली प्रदेशलाई ९७ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश

: विभागीय टोली त्रिभुवन आर्मी क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताको महिला क्रिकेटतर्फ सहआयोजक कर्णाली प्रदेशलाई ९७ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

कर्णाली आफ्नो दोस्रो हारसँगै प्रतियोगीताबाट बाहिरिएको छ । कर्णाली यसअघि कोशी प्रदेशसँग पराजित भएको थियो ।शुक्रबार वीरेन्द्रनगर रंगशालामा भएको प्रतियोगीतामा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १३८ रन बनाएको थियो ।

१३९ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ रनमै अलआउट भयो । अन्तिमतरि ब्याटिङ गर्न आएकी कर्णालीकी जयन्ती चन्दले १० रन बनाउनुबाहेक अरुले दोहोरो अंक छुन सकेनन् । कप्तान करुणा कुमारी कुँवर ८ रन बनाएर आउट हुँदा शिखा दवाडीले ६ रन बनाइन् । यस्तै रेखा सोनीले पाँच, रविना बुढामगरले तीन तथा उमा चौधरी, श्रुती बुढा र अञ्जु गुरुङले एक–एक रन बनाइन् ।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा आर्मीकी मनिषा उपाध्यायले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी मनिषाले जम्मा १० रन मात्रै दिइन् । यस्तै यमुना थारुले चार ओभर बलिङ गर्दै एक मेर्डन राखेर तीन विकेट लिइन् भने कविता कुँवरले तीन ओभर बलिङ गर्दै दुई विकेट लिइन् । लक्ष्मी साउँदको नाममा एक विकेट रह्यो ।

त्यसअघि, ब्याटिङ गरेको आर्मीका लागि सम्झना खड्काले ५८ बल खेल्दै सर्वाधिक ६२ रन बनाइन् । उनले १० चौका प्रहार गरिन् । यस्तै यशोदा विष्टले ३३ रन बनाउँदा कविता कुँवर ६ बलमा ११ रन बनाउँदै नटआउट रहिन् ।

आर्मीकी विन्दु रावलले सात तथा रुवि पोदारले पाँच रन थपिन् । आर्मीले २० रन अतिरिक्त पाएको थियो । कर्णालीका लागि बलर गंगा खड्का, रमा बुढाथोकी र सोना चन्द र किरणकुमारी कुँवरले एक–एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको ७ औं खेल अन्तर्गत शुक्रबार बिहान भएको पहिलो खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराएको छ । कोशीका लागि मिलन राईले १२ औं र ३२ औं मिनेटमा दुई गोल गरे भने अमित सन सतारले १४ औं तथा सौरभ लिम्बुले ६४ औं मिनेटमा गोल गरेका थिए । लुम्बिनीका ...
। आयरल्यान्डको पुरुष क्रिकेट टोलीले आगामी वर्ष पहिलोपटक पाकिस्तान भ्रमण गर्ने भएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र क्रिकेट आयरल्यान्डबीच भएको सहमतिअनुसार आयरल्यान्डले पाकिस्तानसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। सिरिजका तीन खेल जनवरी २०, २२ र २४ मा लाहोरस्थित गद्दाफी स्टेडियममा हुनेछन्। त्यसअघि आयरल्यान्डको सिनियर टोलीले जनवरी १३ देखि १७ सम्म पाकिस्तान शाहिन्ससँग तीन खेलको ...
: १० औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा आयोजक कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ। सुर्खेतस्थित कालिन्चोक क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ८ विकेटको क्षतीमा १२७ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको कर्णालीले १३.३ ओभरमा ४ विकेट गुमाउँदै १३३ रनसहित लक्ष्य पूरा गर्यो। कर्णालीका लागि विपिन रावलले ...
: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रोहितकुमार पौडेलले प्रेमिका सिम्रन खड्कासँग विवाह गरेका छन्। उनले थाइल्यान्डमा आज बिहीबार प्रेमिका खड्कासँग विवाह गरेका हुन्। लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै २४ वर्षीय रोहित र सिम्रनले थाइल्यान्डमा आयोजित एक समारोहबीच लगनगाँठो कसेका हुन्। ‘सपनाहरू निर्माण गर्ने सहयात्रीबाट जीवनभरका लागि सहयात्रीसम्म। सधैँभरि सँगै रहने वाचासहित,’ रोहितले सामाजिक सञ्जालमार्फत ...
: १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिम्न्यास्टिक खेलका प्रारम्भिक चरणका प्रतिस्पर्धा आजदेखि सुरु भएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको मिनी कभर्ड हलमा जिम्न्यास्टिकका विभिन्न विधामा प्रारम्भिक चरणका प्रतिस्पर्धा सुरु भएका हुन्। प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरूले आफ्नो सन्तुलन, लचकता र शारीरिक क्षमताको प्रदर्शन गर्दै फ्लोर एक्सरसाइज, भल्ट र बार्सलगायतका विधामा प्रतिस्पर्धा गरिरहेका छन्। ...