मुख्य समाचार
विमानस्थलबाट चार किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ
विमानस्थलबाट चार किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ

:त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका ३३ वर्षीय शिवकुमार चौहान रहेका छन्।

ब्यूरोको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखा कार्यालय गौचरणमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। बंगलादेश हुँदै बीजी–३७१ उडानमार्फत नेपाल आएका चौहानलाई शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

उनले ल्याएको झोलाभित्र एयर ड्रायर र कुकीज बिस्कुटको बट्टामा लुकाएर राखेको अवस्थामा चार किलो थाई गाँजा बरामद गरिएको ब्यूरोले जनाएको छ। प्रहरीले उनको साथबाट एक थान राहदानी र एक थान मोबाइलसमेत बरामद गरेको छ। पक्राउ परेका चौहानमाथि ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कपिलवस्तुको कृष्णनगर नगरपालिकाका करार सेवामा कार्यरत प्राविधिक प्रमुख इन्जिनियर प्रदीपकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार चौधरीले सडक निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए। अनुसन्धानका क्रममा उनले निर्माण व्यवसायीसँग कमिसनबापत १ लाख ५० हजार रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ। चौधरीले ५० ...
। नेपाली कांग्रेसले देउवा समूहको महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न रुख र चारतारे झण्डाको प्रयोग रोक्न माग गर्दै निर्वाचन आयोग जाने तयारी गरेको छ । १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक भइसकेको अवस्थामा देउवा समूहले रुख र चारतारे झण्डा प्रयोग गर्दै समानान्तर महाधिवेशन अघि बढाएपछि कांग्रेस आयोग जान लागेको हो । कांग्रेसले जारी केन्द्रीय कार्यसमिति ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सभापति लामिछाने शुक्रबार बिहान राष्ट्रपति पौडेललाई भेट्न राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए। भेटका क्रममा उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारको कामकारबाही,संसद्को भूमिका तथा सरकारले अघि सारेका अध्यादेशलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। साथै भेटमा वर्तमान राजनीतिक परिस्थितिका विविध पक्षमा छलफल भएको ...
। नेकपा एमालेकी सचिव एवं सांसद पद्मा अर्यालले नेपालको निर्वाचन प्रणाली अझै स्वच्छ बन्न नसकेको भन्दै आफूले चुनाव लड्दा भोगेको बुथ कब्जा र धाँधलीको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेकी छन् । शुक्रबार ललितपुरमा निर्वाचन आयोगले सरोकारवालाहरूसँग आयोजना गरेको छलफलमा बोल्दै अर्यालले आफ्नै निर्वाचन क्षेत्रमा अस्वाभाविक रूपमा ९९ प्रतिशत मत खसे पनि त्यसको कुनै उपचार नभएको ...
नागरिकलाई मतदान गर्न गाह्रो भो, निर्वाचन प्रणाली र प्रक्रिया बदलौं : निर्वाचन आयुक्त सुब्बा