मुख्य समाचार
परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदनका विषयमा दुवै पक्षको सहमतिअनुसार आवश्यक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको जनाए
परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदनका विषयमा दुवै पक्षको सहमतिअनुसार आवश्यक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको जनाए

: परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदनका विषयमा दुवै पक्षको सहमतिअनुसार आवश्यक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको जनाएको छ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ईपीजी प्रतिवेदन दुवै प्रधानमन्त्रीसमक्ष पेस गर्न समय प्राप्त हुने अपेक्षा रहेको बताए। उक्त विषय पनि नयाँ म्यान्डेट र दृष्टिकोणअनुसार अघि बढ्ने विश्वास रहेको उनको भनाइ छ। प्रधानमन्त्रीको भारत भ्रमणपछि भारतीय विदेश मन्त्रालयले भने ईपीजी प्रतिवेदन अब सान्दर्भिक नरहेको प्रतिक्रिया दिइसकेको छ। प्रवक्ता पौडेलले सीमासम्बन्धी विषय ‘जोइन्ट भिजन डकुमेन्ट’मा समेटिएको तथा संयुक्त स्थलगत निरीक्षण र सीमा स्तम्भ मर्मत–सम्भारको कार्य उल्लेख गरिएकाले परराष्ट्र र भारतीय विदेश सचिवस्तरीय बैठकमार्फत कूटनीतिक समाधान खोजिने बताए।

त्यस्तै, उनले साउदी अरबको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट र जजान क्षेत्रमा भएका पछिल्ला दुई आक्रमणमा घाइते चार नेपाली नागरिकमध्ये रियादस्थित अस्पतालमा उपचारका क्रममा एक जनाको निधन भएको जानकारी दिए। निधन भएका व्यक्तिको शव नेपाल ल्याउन आवश्यक प्रक्रिया सुरु गरिएको उनको भनाइ छ।

विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको र समस्याको समाधान शान्तिपूर्ण वार्ता तथा कूटनीतिक माध्यमबाट हुनुपर्नेमा मन्त्रालयको स्पष्ट जोड रहेको उनले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेकी सचिव एवं सांसद पद्मा अर्यालले नेपालको निर्वाचन प्रणाली अझै स्वच्छ बन्न नसकेको भन्दै आफूले चुनाव लड्दा भोगेको बुथ कब्जा र धाँधलीको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेकी छन् । शुक्रबार ललितपुरमा निर्वाचन आयोगले सरोकारवालाहरूसँग आयोजना गरेको छलफलमा बोल्दै अर्यालले आफ्नै निर्वाचन क्षेत्रमा अस्वाभाविक रूपमा ९९ प्रतिशत मत खसे पनि त्यसको कुनै उपचार नभएको ...
नागरिकलाई मतदान गर्न गाह्रो भो, निर्वाचन प्रणाली र प्रक्रिया बदलौं : निर्वाचन आयुक्त सुब्बा
:त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका ३३ वर्षीय शिवकुमार चौहान रहेका छन्। ब्यूरोको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखा कार्यालय गौचरणमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। बंगलादेश हुँदै बीजी–३७१ उडानमार्फत नेपाल आएका चौहानलाई शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा लागुऔषध फेला ...
। त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गा अतिक्रमण गरी बसेकालाई ७ दिनभित्र खाली गर्न अल्टिमेटम दिएको छ । त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डा. रविन्द्र शिवाकोटीले जग्गा खाली गर्न ७ दिनको समय दिइएको बताए । ‘७ दिनको समय सोमबार सकिन्छ । अतिक्रमण गरेर बसेकालाई खाली गर्न भनेका छौँ,’ उनले भने । त्रिविले यसअघि पनि ३५ दिनको समय दिएको थियो । तर जग्गा ...
: राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता भएको छ। राष्ट्रपति निवासमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। उनीहरूबीच समसामयिक विषयमा पनि छलफल भएको थियो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए।