मुख्य समाचार
मन्त्री सीता वादीले करारमा कार्यरत सरकारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीतिगत आधार तय गरिएको बताए
मन्त्री सीता वादीले करारमा कार्यरत सरकारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीतिगत आधार तय गरिएको बताए

: महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले करारमा कार्यरत सरकारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीतिगत आधार तय गरिएको बताएकी छन्।

नवौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री वादीले सामाजिक सुरक्षा कोषमा राहत शिक्षक र बाल विकास सहजकर्तालाई पनि समावेश गरिने आश्वासन दिइन्। उनले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि उक्त कोषमा आबद्ध गराउनका लागि स्थानीय तहसँग सहकार्य भइरहेको जानकारी दिइन्। सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आबद्ध गराउने योजना कार्यान्वयनमा सरकार गम्भीर भएर लागिपरेको मन्त्री वादीको भनाइ छ।

चालु आर्थिक वर्षको सामाजिक सुरक्षा कोषको खर्च शीर्षकमार्फत विनियोजन गरिएको १ अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट हाल सङ्घीय सरकारका करारमा कार्यरत कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने गरी नीतिगत आधार तयार गरिएको उनले बताइन्। त्यस्तै, उनले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई समेत राज्यको अपनत्व हुने गरी सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न राज्यले योगदान गर्नुपर्ने रकमका लागि स्थानीय तहसहितको सहकार्यमा व्यवस्था गर्ने तयारी गरिएको जनाइन्।

मन्त्री वादीले सामाजिक सुरक्षा कोषको प्रभावकारी परिचालनमा पनि सरकार क्रियाशील रहेको उल्लेख गरिन्। कार्यक्रममा मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष कृष्णबहादुर राउतले कोषको योजनाबारे विस्तृत विवरण पेस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता भएको छ। राष्ट्रपति निवासमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। उनीहरूबीच समसामयिक विषयमा पनि छलफल भएको थियो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए।
। नेपाल विद्युत् प्राधिकरणले भारतबाट १ सय ५० मेगावाट विद्युत् खरिद गर्न भारतीय विद्युत् व्यापारिक कम्पनीहरूसँग प्रस्ताव मागेको छ । प्राधिकरणले चौबिसै घण्टा (राउन्ड द क्लक-आरटीसी) विद्युत् आपूर्ति गर्ने गरी प्रतिस्पर्धात्मक प्रक्रिया मार्फत विद्युत् खरिद गर्न भारतीय कम्पनीहरूसँग प्रस्ताव मागेको हो । प्राधिकरणले शुक्रबार सूचना प्रकाशित गर्दै भारतका क्याटागोरी-१, २ र ३ अन्तर्गतका विद्युत् व्यापारिक अनुमतिपत्र प्राप्त ...
। नेपाल विद्युत् प्राधिकरणले भारतबाट १ सय ५० मेगावाट विद्युत् खरिद गर्न भारतीय विद्युत् व्यापारिक कम्पनीहरूसँग प्रस्ताव मागेको छ । प्राधिकरणले चौबिसै घण्टा (राउन्ड द क्लक-आरटीसी) विद्युत् आपूर्ति गर्ने गरी प्रतिस्पर्धात्मक प्रक्रिया मार्फत विद्युत् खरिद गर्न भारतीय कम्पनीहरूसँग प्रस्ताव मागेको हो । प्राधिकरणले शुक्रबार सूचना प्रकाशित गर्दै भारतका क्याटागोरी-१, २ र ३ अन्तर्गतका विद्युत् व्यापारिक अनुमतिपत्र प्राप्त ...
: परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदनका विषयमा दुवै पक्षको सहमतिअनुसार आवश्यक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको जनाएको छ। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ईपीजी प्रतिवेदन दुवै प्रधानमन्त्रीसमक्ष पेस गर्न समय प्राप्त हुने अपेक्षा रहेको बताए। उक्त विषय पनि नयाँ म्यान्डेट र दृष्टिकोणअनुसार अघि बढ्ने ...
। चीन भ्रमणबाट फर्किएको सत्तारुढ दल रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेका छन् । भेटमा भ्रमण टोलीको तर्फबाट पार्टी महामन्त्री विपिनकुमार आचार्यले लामिछानेलाई भ्रमणबारे ब्रिफिङ गरेका छन् । भेटमा आचार्यले चिनियाँ कम्युनिस्ट पार्टीका नेता ली शुलेईसँग भएको लामो तथा उच्चस्तरीय भेटवार्ताबारे सभापति लामिछानेलाई विशेष जानकारी गराए । केन्द्रीय तहदेखि काउन्टीसम्मका अन्य नेताहरूसँगको संवादमा दुई पार्टीबीचको ...