मुख्य समाचार
सेवाग्राहीलाई अनावश्यक दुःख तथा हैरानी दिने ७ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा
सेवाग्राहीलाई अनावश्यक दुःख तथा हैरानी दिने ७ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा

: जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवाग्राहीलाई अनावश्यक दुःख तथा हैरानी दिने ७ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जनगुनासो बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरुलाई कार्यालय परिसरबाटै पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सिन्धुलीको सुनकोसी गाउँपालिका–२ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने ४२ वर्षीय कमल खड्का, झापाको गेरादह नगरपालिका–७ स्थायी घर भई हाल सोही स्थान बस्ने ५० वर्षीय गोपाल बहादुर बिष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौंको सानो भऱ्याङ बस्ने ४६ वर्षीय देवप्रसाद अर्याल, काठमाडौं महानगरपालिका–२९, अनामनगर घर भएका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी, ललितपुरका ईमाडोल घर भएका ५७ वर्षीय ओम शरण राना मगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ घर भएका ४८ वर्षीय रमेश प्रसाद पुडासैनी र तेह्रथुमको म्याङलुङ नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौंको शंखमुल बस्ने ५७ वर्षीय स्वयम कृष्ण निरौला रहेका छन्।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी)दान बहादुर थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता भएको छ। राष्ट्रपति निवासमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। उनीहरूबीच समसामयिक विषयमा पनि छलफल भएको थियो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए।
। नेपाल विद्युत् प्राधिकरणले भारतबाट १ सय ५० मेगावाट विद्युत् खरिद गर्न भारतीय विद्युत् व्यापारिक कम्पनीहरूसँग प्रस्ताव मागेको छ । प्राधिकरणले चौबिसै घण्टा (राउन्ड द क्लक-आरटीसी) विद्युत् आपूर्ति गर्ने गरी प्रतिस्पर्धात्मक प्रक्रिया मार्फत विद्युत् खरिद गर्न भारतीय कम्पनीहरूसँग प्रस्ताव मागेको हो । प्राधिकरणले शुक्रबार सूचना प्रकाशित गर्दै भारतका क्याटागोरी-१, २ र ३ अन्तर्गतका विद्युत् व्यापारिक अनुमतिपत्र प्राप्त ...

: परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदनका विषयमा दुवै पक्षको सहमतिअनुसार आवश्यक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको जनाएको छ। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ईपीजी प्रतिवेदन दुवै प्रधानमन्त्रीसमक्ष पेस गर्न समय प्राप्त हुने अपेक्षा रहेको बताए। उक्त विषय पनि नयाँ म्यान्डेट र दृष्टिकोणअनुसार अघि बढ्ने ...
। चीन भ्रमणबाट फर्किएको सत्तारुढ दल रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेका छन् । भेटमा भ्रमण टोलीको तर्फबाट पार्टी महामन्त्री विपिनकुमार आचार्यले लामिछानेलाई भ्रमणबारे ब्रिफिङ गरेका छन् । भेटमा आचार्यले चिनियाँ कम्युनिस्ट पार्टीका नेता ली शुलेईसँग भएको लामो तथा उच्चस्तरीय भेटवार्ताबारे सभापति लामिछानेलाई विशेष जानकारी गराए । केन्द्रीय तहदेखि काउन्टीसम्मका अन्य नेताहरूसँगको संवादमा दुई पार्टीबीचको ...