। नरदेवीको श्री श्वेतकाली अजिमाको १२ वर्षे देवी नाच काठमाडौंमा जारी छ । श्री श्वेतकाली (ङयातभूलू अजिमा) नाच नरदेवीको श्री श्वेतकाली घ:छे बाट देवी नाचको आरम्भ भएको हो ।
सो नाच आज तलेजु भवानी मन्दिर परिसरमा रहेको डबलीमा प्रस्तुत गरी सर्वसाधारणलाई देखाइएको हो । यो नाच कुमारी घरअगाडि रहेको डबली, नरदेवीलगायत विभिन्न स्थानमा देखाइन्छ ।
यस नाचमा अजिमा, कुमारी, कुमार, नारायणी, महालक्ष्मी, महादेव गरी १९ देवीदेवता हुन्छन् ।
भोलि मंसिर ११ देखि हनुमानढोका दरबारको नासलचोक डबलीमा अन्तिम चरणको १२ वर्षे देवीनाच समापन पर्व सञ्चालन हुने बताइएको छ ।