मुख्य समाचार
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति विघटन, १२ वर्षमा १६ अर्ब खर्च
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति विघटन, १२ वर्षमा १६ अर्ब खर्च

। सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति विघटन गरेको छ ।

कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार नेपाल सरकारले १७ कात्तिकमा समिति विघटन गरेको हो । विघटन निर्णय आज राजपत्रमा सूचना प्रकाशित भएपछि पुष्टि भएको हो ।




सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण आयोजना कार्यान्वयन गरिरहेको छ ।

पृथ्वीको सबैभन्दा कान्छो पहाडका रूपमा चिनिएको चुरे शृङ्खला संरक्षण गर्न सरकारले आर्थिक वर्ष २०६६/६७ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन सुरु गरेको थियो ।


यसलाई अझ सशक्त बनाउन २ असार २०७१ मा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन गरिएको थियो । साथै, नेपाल सरकारले २४ जेठ २०७४ मा गुरुयोजना स्वीकृत गरी समिति मार्फत गुरुयोजना कार्यान्वयन हुँदै आएको थियो ।

कृषि मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अब समिति मार्फत हुँदै आएका कामलाई मन्त्रालय मातहत सारिएको छ ।

मन्त्रालय अन्तर्गत रहेको चुरे तथा संवेदनशील जलाधार संरक्षण विभागले यस समितिबाट भइरहेका काम कार्यान्वयन गर्ने छ । समितिले एक स्वायत्त निकायका रूपमा काम गरिरहेको थियो ।



सरकारले समिति खारेज गरेसँगै अब उसको काममा सरकारको प्रत्यक्ष हस्तक्षेप हुनेछ । ‘सरकारले १० वर्ष गुरुयोजना कार्यान्वयन प्रगति हेरेरै यो निर्णय गरेको होला,’ ती अधिकारीले भने, ‘अब मन्त्रालयको एक विभागको अंशका रूपमा चुरे संरक्षण अभियान रहने छ ।

नेपालका ७७ जिल्लामध्ये ३७ जिल्लामा चुरे भूभाग फैलिएको छ । उत्तर–दक्षिण १० देखि ५० किलोमिटर क्षेत्रमा यसको फैलावट छ । गुरुयोजना अनुसार २० वर्षमा १ सय ६४ नदी प्रणाली व्यवस्थापनको काम अगाडि बढेको थियो ।

गुरुयोजना कार्यान्वयन गर्न २ खर्ब ४९ अर्ब ७० करोड १९ लाख बजेट प्रस्ताव गरिएको थियो । समिति गठन भएयता १६ अर्ब ४२ करोडभन्दा माथि बजेट सरकारले खर्च गरिसकेको छ ।

राष्ट्रिय योजना आयोगका अनुसार आव २०८२/८३ सम्म आयोजनाको वित्तीय प्रगति ६.४९ र भौतिक प्रगति ६.७ प्रतिशतमात्र थियो । सोहीकारण यस संरक्षण अभियानको सफलतामाथि अनेक प्रश्नसमेत यथावत थिए ।

पटक-पटक गरिएको थियो पुनर्संरचना प्रयास

सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण परियोजना पुनर्संरचना प्रयास भने पटक–पटक गरेको थियो । गत आव २०८२/८३ को नीति तथा कार्यक्रममा सरकारले उक्त घोषणा गरेको थियो । साथै, चुरे संरक्षण गुरुयोजना पुनरावलोकन घोषणा समेत नीति तथा कार्यक्रममा गरिएको थियो ।

यसलाई राष्ट्रिय चुरे संरक्षण आयोजनाका रूपमा अघि बढाउने घोषणा सरकारले गरेको थियो । नेपालको कूल जनसंख्याको करिब ५० प्रतिशत तराई मधेसमा बसोबास गर्ने भएकाले मानवीय गतिविधि चाप पनि चुरे क्षेत्रमा परेको छ ।



चुरे क्षेत्रमा साना ठूला गरेर १ सय ६४ नदी प्रणाली छन् । स्थानीय तहहरू चुरे क्षेत्रमा मात्रै १ सय ३७ र चुरे तराई मधेस क्षेत्रमा ३ सय २५ छन् ।

बर्सेनि बाढी प्रकोपले तराई मधेसका खेतीयोग्य जग्गामा बालुवा र पाँगो–माटो थुपार्ने तथा गाउँबस्ती समेत डुबान–कटानको चपेटामा पर्दै आएका छन् ।

महाभारतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो अत्यन्त संवेदनशील मानिन्छ । त्यसमा पनि चुरे क्षेत्रबाट हुने ढुंगागिट्टी र वनपैदावारको जथाभावी दोहनका कारण चुरे संकटमा छ । यसको असरले पानीको स्रोत सुक्ने गरेका छन् ।

त्यसैले सम्भावित भयावह संकट रोक्ने, चुरे क्षेत्रको पारिस्थितिकीय प्रणाली मजबुत बनाउने र चुरे क्षेत्रको माटो चुरेमै रोकेर तराई मधेसका बासिन्दालाई सर्वसुलभ ढंगले पानीको स्रोत उपलब्ध गराउने उद्देश्यले सरकारले २०६६/६७ देखि चुरे संरक्षणलाई अभियानका रूपमा सञ्चालन गर्न ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ सुरु गरेको थियो ।

अर्कातर्फ, नेपाली सेनाले समेत २०७२/७३ देखि वन तथा पर्यावरण सुरक्षा निर्देशनालय मार्फत विकास समितिसँगको सहकार्यमा चुरे संरक्षणको काम गर्दै आएको छ ।

समिति मार्फत के-के काम भइरहेको थियो ?

समितिले २०७१/७२ देखि २०७४/७५ सम्म साझेदार निकायहरूसँग समन्वय गरी काम गरिरहेको थियो । संघीयता कार्यान्वयनपछि भने स्थानीय तहमार्फत कार्यक्रम कार्यान्वयन सुरु गरिएको थियो । २०७६/७७ पछि भने समिति अन्तर्गतकै ५ वटा कार्यक्रम कार्यान्वयन इकाइ मार्फत कार्यक्रम सञ्चालन भइरहेको थियो ।



समिति मार्फत नदी तथा खोला किनारा स्थिरीकरण, घाट निर्माण तथा सौन्दर्यीकरण, तटबन्ध निर्माण, गल्छी, पहिरो, खहरे रोकथाम, सिमसार/तालतलैया संरक्षण तथा व्यवस्थापन, सिमसार पुनरुत्थान, पोखरी संरक्षणका काम भइरहेका थिए ।

यसैगरी भूमिगत जल पुनर्भरण पोखरी, सतहमुनिको पानी उपयोग, रेनवाटर भिरालो जग्गामा फलफूल रोपण, तारबार, नदी उकास जग्गामा घेराबार, कृषि वन प्रवर्द्धन लगायत कामसमेत समितिले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालिकाको चरित्रहत्या, ब्ल्याकमेलिङ तथा अनलाइन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्युरो तथा विभिन्न प्रहरी कार्यालयको सहकार्यमा सञ्चालन गरिएको ‘अपरेसन डिजिटल अनर’ अन्तर्गत उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न स्थानबाट पक्राउ ...
। रूपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ सुकुमवासी परिवारले १३ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । साविक हाटीबगाई गाविस–६ मा बसोबास गर्दै आएका उनीहरूको जग्गाको नापजाँच विसं २०७० मा सम्पन्न भएको थियो । नापजाँच र नक्साङ्कनको काम सकिए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा प्रमाणपुर्जा वितरण हुन सकेको थिएन । लामो समयदेखि रोकिएको प्रक्रिया ...
। सरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितताको आरोपमा झापाका एक पसललाई दुई लाख जरिबाना गरिएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिबाना गरेको छ । अनुदानित रासायनिक मल अनधिकृत रूपमा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार गरिएको आकस्मिक अनुगमनका क्रममा भण्डारको मल मौज्दात र ...
। सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण थालेको डेढ दशकपछि व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ । पहिलोपटक ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना ठेकेदारको समस्या, ठेक्का रद्द, पुनर्संरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावलगायतका कारण डेढ दशकपछि ...
। कांग्रेस देउवा पक्षको महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले महाधिवेशनलाई पार्टी एकताबद्ध गराउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् । बिहीबार देउवा पक्षको पर्सा जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले महाधिवेशनमा प्रतिस्पर्धा स्वाभाविक भएपनि यसमा एकताको भाव पनि कायम राख्नुपर्ने बताएका हुन् । ‘पार्टी अधिवेशन महाधिवेशनमा नयाँ नेतृत्व चयन हुन्छ, प्रतिष्पर्धा हुन्छ । यो स्वभाविक ...