मुख्य समाचार
राष्ट्रपतिसँग प्रधानमन्त्रीको संवाद शून्यता, सभापति लामिछानेसँग घण्टौं ब्रिफिङ
राष्ट्रपतिसँग प्रधानमन्त्रीको संवाद शून्यता, सभापति लामिछानेसँग घण्टौं ब्रिफिङ

: मुलुकको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धका विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउने संवैधानिक व्यवस्था भए पनि प्रधानमन्त्री वालेन्द्र शाहले त्यसलाई बेवास्ता गरेका छन्।

भारतको औपचारिक भ्रमणबाट फर्किएको चार दिन बित्दासमेत राष्ट्रपति पौडेलसँग भेटवार्ता नगरेका प्रधानमन्त्री शाहले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भने घण्टौं छलफल गरेका छन्। बिहीबार बूढानीलकण्ठस्थित लामिछाने निवास पुगेर प्रधानमन्त्री शाहले करिब पाँच घण्टा समय दिई भारत भ्रमणका क्रममा भएका छलफल र उपलब्धिबारे विस्तृत ब्रिफिङ गरेका हुन्।

नेपालको संविधानको धारा ८१ मा प्रधानमन्त्रीले मन्त्रिपरिषद्का निर्णय, संघीय संसद्मा पेस गरिने विधेयक, मुलुकको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धका विषयमा राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने स्पष्ट व्यवस्था छ। प्रधानमन्त्री शाह मंसिर ६ गते दुईदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरी मंसिर ७ गते स्वदेश फर्किएका थिए।




भ्रमणअघि पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता नगरेका शाहले फर्किएको चार दिनसम्म भेटेर जानकारी गराउन चासो नदेखाएपछि संवैधानिक दायित्व पालनाबारे प्रश्न उठेको छ। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले प्रधानमन्त्री र राष्ट्रपतिबीच पछिल्लो भेटवार्ता भए, नभएकोबारे आफूलाई जानकारी नभएको बताए। उनले भने, ‘राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यूबीच पछिल्लो भेटवार्ता भएको बारे मलाई कुनै जानकारी प्राप्त भएको छैन।’

संविधानअनुसार विदेश भ्रमण र त्यसका उपलब्धिबारे राष्ट्रपतिलाई जानकारी गराउनु प्रधानमन्त्रीको संवैधानिक दायित्व तथा संवैधानिक संस्थाबीचको समन्वयको विषय हो। तर, राष्ट्रपतिसँग भेटवार्ता नगरेका प्रधानमन्त्री शाहले पार्टी सभापति लामिछानेसँगको छलफललाई भने निरन्तरता दिएका छन्। यसअघि भारत भ्रमणमा जानुभन्दा दुई दिनअगाडि मंसिर ४ गते पनि उनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा लामिछानेसँग करिब तीन घण्टा भ्रमणको तयारीबारे छलफल गरेका थिए।

रास्वपाका सहप्रवक्ता सुरेन्द्र चौधरीका अनुसार, बिहीबारको करिब पाँच घण्टा लामो भेटमा प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि, पार्टीले सातवटै प्रदेशमा सञ्चालन गर्न लागेको प्रशिक्षण अभियान तथा आसन्न प्रदेश र स्थानीय तह निर्वाचनको तयारीबारे छलफल भएको थियो। सहप्रवक्ता चौधरीले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमण र उपलब्धिका साथै पार्टीले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियानका विषयमा सभापतिज्यूसँग छलफल भएको हो।’

सचिवालयका अनुसार भेटमा सभापति लामिछानेले सरकारका कामकारबाही कानुन र विधिसम्मत ढंगले अघि बढाउन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए। साथै, अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा समेत कुराकानी भएको थियो।

संवैधानिक जिम्मेवारी राष्ट्रपतिसँग जोडिएको भए पनि प्रधानमन्त्रीले पार्टीगत राजनीतिक समन्वयलाई प्राथमिकता दिँदा सरकार सञ्चालनको राजनीतिक संरचना र प्राथमिकतामाथि संवैधानिक कानुनका विज्ञहरूले प्रश्न उठाउन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा भएको भनिएको ठगी र रकम विदेश पठाइएको प्रकरणमा श्रम मन्त्रालयबाट गायब भएको फाइल फेला परेको छ । मन्त्रालयले उक्त प्रकरणको सक्कल फाइल थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई हस्तान्तरण गरेको छ । मन्त्रालयबाटै अनुसन्धानसँग सम्बन्धित फाइल गायब भएपछि सीआईबीले पटक–पटक माग गर्दा पनि आवश्यक कागजात ...
: नेकपा संयोजक पुष्पकमल दाहालले शान्ति सम्झौता र संविधानसभाका सहयात्री दलबीच सहकार्यको प्रयास भइरहेको बताएका छन्। वामपन्थी एकताले मात्रै मुलुकको हालको संकट समाधान नहुने भन्दै दाहालले वाम–लोकतान्त्रिक शक्तिबीच सहकार्य आवश्यक भएको बताए। ‘वामपन्थीमात्रै मिलेर अहिलेको राष्ट्रिय संकट समाधान हुँदैन,’ दाहालले बिहीबार अन्नपूर्णसँगको कुराकानीमा भने, ‘१२ बुँदे समझदारीका सहयात्री र संविधानसभाका सहयात्री सबै मिल्नुपर्छ भनेर हामी संवादमा ...
। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पाँच घण्टा छलफल गरेका छन् । सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह उनको निवास बूढानीलकण्ठ गएका थिए । सभापति लामिछानेका स्वकीय अविनाश आचार्यका अनुसार सौहार्द रूपमा पाँच घण्टा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्रीको भारत भ्रमण, सरकारका कार्य लगायतमा प्रधानमन्त्री शाहले सभापति लामिछानेलाई जानकारी गराएका ...
: प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्कालीन मुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरेको छ। ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा अर्याललाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। ब्युरोका अनुसार नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा रकम संकलन गरी विदेशी मुद्रा अपचलन गरेको आरोपमा उनी पक्राउ परेका हुन्। समझदारीपत्र र कानुनी प्रक्रियाविपरीत ...
: सोनमा गाउँपालिकामा बिहीबार २२ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण हुने सडकको शिलान्यास गरिएको छ। मधेशका पूर्वमुख्यमन्त्री एवं महोत्तरी क्षेत्र नम्बर ४ (क)का प्रदेशसभा सदस्य सरोज कुमार यादवले उक्त २ सडक योजनाहरूको शिलान्यास गरेका हुन्।सोनमा बजार हुँदै सरस्वती जनता माध्यमिक विद्यालयदेखि सिंहासनीसम्म जोड्ने सडक निर्माणका लागि १३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको पूर्वमुख्यमन्त्री ...